नेपाल चिनाउँदै नेपाल महोत्सव डार्बिन सम्पन्न

-- कृष्ण रानाभाट, डार्विन / प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०७५

“एक देश, अनेकन कथा” भन्ने मूल नाराका साथ एनआरएनए अष्ट्रेलिया नर्दन टेरोटरि (एनटि) राज्य समिति र डार्विनको पुरानो संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि (एनएएनटी ) को संयुक्त आयोजनामा डार्विन शहर कै केन्द्र वाटर फ्रन्टमा गत अप्रिल १४ का दिन पहिलो पटक नेपाल चिनाउँदै नेपाल महोत्सब डार्बिन सम्पन्न भएको छ । अपरान्ह २:३० वजे डार्बिनको वाटर फ्रन्टमा बिभिन्न संस्कृतिक भेषभुषा सहित सयौंको संख्यामा झाँकी प्रर्दशन गर्दै सहभागिहरु ले सिंगो नेपाल प्रतिविम्वित गराएका थिए भने मुल स्टेजमा गएर समापन हुँदै गर्दा उपस्थित हजारौंको संख्यामा रहेका बिदेशी तथा नेपालिहरु ले तालिको गडगडाहट सँगै सबैलाई स्वागत गरेका थिए । औपचारिक कार्यक्रमको प्ररारम्भ अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा र नर्दन टोरिटोरिका मुख्य मन्त्री माईकल गनरले संयुक्त रूपमा उद्धाटन गरेका थिए । मुख्यमन्त्री गनरले नेपाली नयाँ वर्षको शुभकामना दिदै नेपाली समुदाय नर्दन टेरिटोरिको एक महत्वपूर्ण समुदाय भएको र नेपालीहरू लाई आफुहरु सदैव अष्ट्रेलियामा स्वागत गर्न चाहेको भन्दै कार्यक्रमको सफलताको कामना व्यक्त गरेका थिए ।
त्यस्तै समद्धि र समुन्नत नेपाल बनाउने दिशामा डार्विनमा भएको नेपाल महोत्सवले बिशेष भूमिका खेल्ने बताउदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पाले नर्दन टोरिटोरिका मुख्यमन्त्री माईकल गनरलाई पनि पहिलो नेपाल भ्रमण गर्न निम्तो दिनुभयो । सहि अबसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एबं नर्दन टेरोटारि राज्य संयोजक हरि रिजाल तथा नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि (एनएएनटी ) का सभापति सभापति सुदिप श्रेष्ठले डार्बिनमा नेपाल चिनाउने यस्तो कार्यक्रम गर्ने दशकौ देखिको समुदायले देखेको सपना हामी सबै मिलेर पूरा गर्न पाउँदा खुसी लागेको र नर्दन टेटोटरीक नेपाली समुदायमा नयाँ अध्यायको शुरुबात भएको भएको बताउदै सम्पूर्ण अतिथिहरुलाई स्बागत गर्नुभएको थियो । यस्तै समाजसेवी तथा एनआरएन आइसीसीका  पूर्व अध्यक्ष शेष घलेले अष्टे«लिया जस्तो बहुसंस्कृतिक देशमा सबै भाषा संस्कृतिहरु को सम्मान भएको र नेपालीहरु कडा परिश्रमी भएकोले प्रशस्त अबसरहरूको उपयोग गर्दै जुन सुकै कार्य क्षेत्रमा पनि पुग्ने र काम गरेर देखाउन सक्ने संयमता राख्ने बताउँदै नेपाल महोत्सबले नेपालको पर्यटन प्रबर्दनमा टेवा पुग्ने वताउनु भयो ।
सो कार्यक्रममा एनआरएनए ओसेनियाका डेपुटि को–आडिनेटर ईश्वर कुईकेल, एनआरएनए अष्ट्रेलियाका महासचिव नारायण कोईराला, सचिव देव गुरुङ, पूर्व उपाध्यक्ष दिनेश पोख्रेल, निरज गुरुङ, प्रकाश आचार्य, नारायण सुबेदी तथा नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि पूर्व सभापतिहरु राजु अधिकारी, रदिप थापा, नितेश राज पन्त, गणेश अधिकारि लगायत हजारौंको संख्यामा सहभागिता थियो । महोत्सबको सफलता संगै एनआरएनए अष्ट्रेलियाका  पूर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रिय सल्लाहकार निरज गुरुङले नेपाल महोत्सब हामी सबैको गौरव भएको बताउँदै आफुहरूले देखेको सपना आज पूरा भएको र यसले सबै नेपालीहरु लाई एउटै मालामा गाँस्ने बिश्वास व्यक्त गर्नु भयो ।
नेपाल फेस्टिभलको मुख्य आकर्षणको रुपमा नेपाल चिनाउने र पर्यटनलाई प्रबर्धन गर्ने उद्देश्य स्वरुप नेपाल हाउसको प्रदर्शन, कुमारी तथा बज्रयोगिनी । लाखे नाच, गुरुङ, थारु जस्ता नेपाली कला र संस्कृति झल्काउने बिभिन्न समुदाय र भेष–भुषाका नाचहरू स्थानिय नेपाली समुदायका तर्फवाट प्रस्तुत गरिएको थियो भने व्यवसायहरु लाई प्रबर्धन गर्नको लागि बिभिन्न नेपाली परिकार र नेपाली खाना पाइने स्टलहरु लाई दर्शकहरुको घुईचोले भ्याईनभ्याई थियो । साथै सो अवसरमा नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि स्थापनाको १०औं बर्षगाठ परेकोले समाजको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत मायाको चिनो तथा खादा लगाएर विभिन्न व्यक्तिहरु र संस्थाका पूर्व सभापतिहरु लाई पनि सम्मान गरिएको थियो । सो अबसरमा डार्विनबाट केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने लुक घोस्लिंगले आँफु ३० वर्ष पहिले नेपाल भ्रमण गरेको सम्झँदै ‘पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात…. भन्ने गीत गाएर नेपाल र नेपालीप्रतिको आत्मियता प्रदर्शन गर्दा सभामा अँझै रौनकता थपिएको थियो । त्यस्तै गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले नेपाल महोत्सवले हाम्रो कला संस्कृतिलाई विश्व माझ उजागर गर्दै अष्ट्रेलिया र नेपालको सामाजिक, सांस्कृतिक र भाबानात्मक सम्बन्ध अझ प्रगाढ हुने बिचार व्यक्त गर्दै डार्विनमा पहिलो पटक ऐतिहासिक रुपमा सम्पन्न हुन लागेकोमा हामी सबैको लागि गौरवको विषय भएको वताउनु भयो । कार्यक्रमको अन्त्यमा नेपालको चर्चित ब्याण्ड ‘द एज बैन्ड’ र स्थानीय ब्याण्डले बिभिन्न गीत संगीतबाट माहोल तताएको थियो । त्यस्तै कार्यक्रमको अपार सफलतामा खुसी प्रकट गर्दै एनआर एन एन्टीका सचिव कृष्ण ढुगाना, सहसचिव दिपेन्द्र तथा राज्य समिति सदस्य टिविष प्रधानले नेपाल महोत्सव ऐतिहासिक भएको भन्दै तमाम असहज परिस्थितीहरु लाई चिर्दै समाजलाई गरेको प्रतिबद्दता र अभिभारालाई आफुहरुले समयमै पूरा गर्न सफल भएको वताउनु भयो ।
त्यसै आरी नेपाल महोत्सबको पूर्व सन्ध्यामा डार्विनमा गाला डिनर एक भब्य समारोहका बीच सम्पन्न भएको थियो । एनआरएनए अष्ट्रेलिया नर्दन टेरोटरि (एनटि) राज्य समिति र नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि (एनएएनटी ) को संयुक्त आयोजनामा यो कार्यक्रम डार्विनमा पहिलो पटक गरिएको हो । बिशेष एनआरएनए अष्ट्रेलियाका बिभिन्न राज्य समिति र नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरिका (एनएएनटी ) पूर्व सभापतिहरु, सामाजिक व्यक्तित्वहरू तथा नेपाली समुदायका सदस्यहरूका बीचमा नेपाल महोत्सवमा भए गरेका कामहरु यसको तयारी तथा बिगतदेखि वर्तमानसम्म समुदायले गरेका प्रयासहरु को वारेमा बिभिन्न बक्ताहरुले चर्चा गर्नु भएको थियो । सो कार्यक्रम अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्कि शेर्पाको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन गाला डिनर ब्यबस्थापन प्रमुख कृण्ण रानाभाटले सबैलाई राष्ट्रिय भावनाले ओतप्रोत गराउंदै आकर्षण ढंगबाट गर्नुभएको थियो