ब्रिसबेनमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान-प्रदान 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०७५
नयाँ बर्ष २०७५ को अबसरमा जन सम्पर्क समिती क्वीन्स्ल्यान्डको आयोजनामा २६ अप्रिलका दिन शुभकामना आदनप्रादन एबम भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपालको नेपाली कांग्रेस पार्टी संग निकट रहेका र हालै हालै अष्ट्रेलियामा कानुनत दर्ता भएको जनसंपर्क समिती क्वीन्स्ल्यान्डका संयोजक अभिमन्यू के.सी को सभापतित्वमा ब्रिसबेनको चेर्मसाईड पार्कमा आयोजित उक्त भेटघाटको सँयोजन तथा सँचालन संस्थाका सचिब बसन्त पौडेलले गरेका थिए। 
३ बर्ष आगाडी नेपालमा गएको भुकम्पमा ज्यान गुमाएकाहरु को सम्झनामा १ मिनेट मौन धारण गरी सुरु भएको उक्त कार्यक्रममा समितिको साधारण सदस्य बितरण, भाबी कार्यक्रम एबम नेपालको समसामायिक राजनीतिक  रिस्थितिका बारेमा छलफल र कुराकानी समेत भएको सचिब पौडेलले जनाएका छन्।  कार्यक्रममा संस्थाको आगामी कार्यक्रम र उद्देश्य बारे प्रकाश पार्दै संयोजक अभिमन्यू के.सी ले आफुहरु अष्ट्रेलियाको नेपाली समाजमा अनाबश्यक राजनीति गर्ने पक्षमा नरहेको तर नेपालको पृष्‍ठभूमीमा समान बिचार भएका साथीहरु मिलेर संगठित भई प्रबासी नेपाली समाजको सुख दुखमा साथी हुन चाहेको धारणा राराखेका थिए । कार्यक्रममा पत्रकार डा. भरत राज पौडेलले नेपाली राजनीतिक पार्टीको संगठन प्रबासमा बढ्दै गए पनि आस्था र  बिचारका आधारमा यस्ता संस्थाहरुले समाजमा बिभाजन गर्ने काम नगर्न सुझाब दिएका थिए।  झन्डै एक सय जना उपस्थित यो संस्थाले अष्ट्रेलियाको नेपाली समाजको आगामी कार्यक्रमहरुमा हातेमालो गरेर बढ्नु पर्ने धारणा सहभागीहरुको रहेको थियो । कार्यममा एनआरएनए अष्ट्रेलियाका महासचिब नारायण कोइराला, एनआरएनए   क्वीन्स्ल्यान्डका संयोजक सन्तोष कुँवर, एनआरएनए ओसियनाका सह संयोजक ईश्वर कुइकेल,   एनआरएनए  क्वीन्स्ल्यान्डका पूर्वसंयोजक स्वतन्त्र प्रताप शाह, स्थानिय समाजसेबी राजन कोइराला, रदिप थापा, आशिस भण्डारी, अचुत अधिकारी, दिपक कंडेल, डा. सुदर्शन चालिसे र राजकुमार श्रेष्ठ  लगायत समाजका अगुवाहरु, विद्यार्थी एबं  स्थानिय ब्यबसायी र जनसंपर्क समितिका सदस्यहरुले  नेपाली नयाँ बर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए । हालै बिधिबत रुपमा अष्ट्रेलियामा दर्ता भई सँचालनमा आएको जनसंपर्क समिती क्वीन्स्ल्यान्डले आगामी जुलाईमा अर्को भेला आयोजना गर्ने तयारी रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो।