‘फ्युजन टेक’ को ब्यबसायिक कार्यशाला सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ १७, २०७५

अस्ट्रेलिया भरि छरिएर रहेका ४५ जना इञ्जिनीएरहरु संगठित भै सन् २०१० मा स्थापित भएको संस्था  ‘फ्युजन टेक’ को एक दिने ब्यबसायिक कार्यशाला सिड्नीमा सम्पन्न भएको छ।   गत २६ मेका दिन  सम्पन्न उक्त कार्यशालामा नेपाल  अष्ट्रेलियामा गरिने सम्भावित लगानीको बारेमा गहन विचार बिमर्श गरेको कुरा संस्थाका निर्देशक इ.अर्जुन पोख्रेलले बताएका छन्। कार्यशालामा छोटो समयमा सम्पन्न हुने (short term) मझौला समय (medium term) र लामो समय (long term) इन्भेस्टमेन्टका बारेमा चार भिन्न भिन्न समुहले कार्यपत्र प्रस्तुत गरेका थिए।

संस्थाले करिब सम्भावनायुक्त २५ वटा परियोजनाको बारेमा सामुहिक छलफल गरि आगामी बर्षम रिसिडेण्टल/कमर्सियल प्रोपर्टी, रिटाइरमेन्ट भिलेज या एज्ड केयर,  चाइल्ड केयर,  होटेल एण्ड टुरिजम र इञ्जिनियरिङ्ग रोजगारीका क्षेत्रमा नेपाल र अष्ट्रेलियामा लगानी गर्ने संस्थाका अध्यक्ष इ. सानुकाजि महर्जनले बताएका छन्।