जनसम्पर्क समिति अष्ट्रेलियाको पहिलो मेलबर्न अधिबेशन सम्पन्न 

सुरेश पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०७५
भिक्टोरियामा दर्ता भई भिक्टोरियामा रहेका नेपाली कांग्रेस प्रति आस्था राख्ने र अष्ट्रेलिया भरि नै रहेका नेपाली कांग्रेसका शुभचिन्तकहरुका बिचको एकता र भाइचारा हेतु गठन भएको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पहिलो अधिवेशन गत जुन २ का दिन मेलबर्नमा सम्पन्न भएको छ ।  दुइ सत्र गरि सम्पन्न उक्त अधिबेशनले वर्तमान अध्यक्ष सुरेश पोख्रेललाई पुनः उक्त जिम्मेवारीमा दोहोराउंदै आउने कार्यकालको सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले विनित राज शर्मालाई उपाध्यक्षमा, गणेश पौडेललाई सचिवमा, गोपाल काफ्लेलाई सहसचिवमा , वीपी कोइरालालाई कोषाध्यक्षमा निर्बाचित गरेको छ । यसै गरि संस्थाको सदस्यहरुमा सिजन थापा, सविता लामिछाने, अनिता पौडेल, प्रकाश कार्की, विनोद लामा, सुवास बराल, तिलक सापकोटा, गणेश कँडेल, सोभित प्रधान, कमल लामिछाने, राम कँडेल, नरेश रावल, शिशिर बस्ताकोटी, दिनेश बन्जारा, उमेश उप्रेति रहनु भएको छ । यसी गरि संस्थाले सोमप्रसाद गुरुंग, नारायण काफ्ले, देवेन्द्र बस्नेत, रमेश कार्की, प्रकाश आचार्य र हरि भुषाललाई  मनोनित सदस्यमा चयन गरेको संस्थाको तर्फ बाट गणेश पौडेलले जानकारी दिएका छन् । अधिवेशनले संस्थाको सल्लाहकारमा दुर्गा आचार्यलाई मनोनित गरेको छ ।
उद्घाटन सत्रको रुपमा आयोजित अधिबेशनको पहिलो सत्रमा अष्ट्रेलियाका बिभिन्न राज्यमा गठन भएका  जनसम्पर्क समिति अष्ट्रेलियाका पदाधिकारी र प्रतिनिधिहरुले मेलबर्न अधिबेशनको सफलताको कामना गर्दै यहाँको साथीहरुको मित्रवत व्यवहार र एकता सबै स्टेटका लागि ठुलो पेरणा बन्ने बताएका थिए । नेपाली काँग्रेस चितवन जिल्ला समितिका पूर्वसभापति टिकाराम न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न उक्त उद्घाटन सत्रमा  भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन बिशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि  न्यौपानेले बिश्वमा जहाँ जहाँ पुगेका छन् नेपालीले त्यहाँ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । खाडीका देश देखि अष्ट्रेलिया सम्म बल बुद्दिले ति देशको आर्थिक बिकाशमा ठुलो योगदान दिएका र अब यिनै प्रबासी नेपालीले सिकेका ज्ञान र शिपले नेपालको  समृद्दी सपना साकार पार्न सक्ने न्यौपानेले बताउनु भयो ।  त्यसै गरि माहावाणिज्यदूत चन्द्र योञ्जनले राजनीतिक विचार र आस्था आफ्नो ठाउँमा सबैको भए पनि विदेशमा हाम्रो फराकिलो परिचय नेपाली नै भएको र सोहि अनुसार समुदायको हितका लागि र प्रबासमा बसेर देशलाई गर्न सकिने जुन सुकै सहयोगको लागि मिलेर काम गर्नु पहिलो आबश्यकता रहेको बिचर व्यक्त गर्नु भयो ।  कार्यक्रममा मेलबर्नका पुराना समाज सेवी एबं संस्थाका सल्लाहाकार अग्रज दुर्गा आचार्यले मेलबर्नको यस कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।
कार्यक्रममा संस्थाका सदस्य नारायण काफ्लेले संस्थाको विधानबारे आफ्नो धारणा राख्नु भएको थियो भने अर्का सदस्य देवेन्द्र बस्नेतले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।  कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने,  जनसम्पर्क समिति नर्दन टेरेटरीका सविन बराल, जनसम्पर्क समिति क्वीन्सल्याण्डका अध्यक्ष अभिमन्यु केसी, जनसम्पर्क समिति क्यानबेराका अशोक सुवेदी,  जनसम्पर्क समिति एडिलेडका प्रेम पाठक,  नयाका पूर्वअध्यक्ष कोमल पाठक, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरे, जनप्रगतिशील मञ्चका निरञ्जन गौली लगायतक बक्ताले आ-आफ्नो विचार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापति एब संस्थाका नबनिर्बचित अध्यक्ष सुरेश पोखरेलले हिजोको बीपीको आदर्शलाई आत्मसाथ गर्ने युवाहरु अहिले संसारभर रहेको र तिनीहरुको बीचमा आपसी एकता अनि भाइचारा बढाउन जन सम्पर्क समितिको स्थापना भएको बताउनु भयो । उपस्थीत सम्पूर्ण इन्टर स्टेटका सहकर्मी साथीहरु सबैलाई मेलबर्नको यस अधिबेशनमा स्वागत गर्न पाउदा एकदमै खुसि लागेको र यो उत्साहले अष्ट्रेलिया भरि कै सबै जनसम्पर्क समिति बीच एकताबद्द भएर लाग्न थप बल पुग्ने बताउनु भयो ।  पोख्रेलले राजनीति गर्नका लागि होइन आ-आफ्नो ठाउँबाट देशका लागि केहि योगदान गर्न पनि संस्थागत रुपमा आफुहरुको यो सामिप्यता निक्कै फलदायी हुने बतउनु भयो । रमेश कार्कीले संचालन गर्नुभएको सो कार्यक्रम मेलबर्नको पास्कोभेल स्थित बेलस्ट्रीट क्यान्टिनको हलमा सम्पन्न भएको थियो।