फ्रान्स बन्यो विश्व विजेता
फाइनलमा ४–२ को अन्तरले विजयी
काठमाडौं– आइतबार राती खेलिएको फिफा वल्र्डकप २०१८ को फाइनल खेलमा क्रोएसियालार्इ ४–२ गोलअन्तरले पछि पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बन्न सफल भएको छ । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि प्राप्त गरेको थियो ।
फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो भने मस्कोको लुजनिकी स्टेडियममा फ्रान्सलार्इ च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १–१ गोल गरे । क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले १–१ गोल फर्काएका थिए ।
खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । जुन विश्वकप फाइनलको इतिहासमा भएको पहिलो आत्मघाती गोल समेत हो ।
इभान पेरिसिकले २८ औँ मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए । १६ यार्ड बाट उनले प्रहार गरेको सटले जाली चुमेको थियो । ३६ औँ मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलार्इ २–१ को अग्रता दिलाएका हुन् । इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।
क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...