ज्ञानको महत्व

-- जगन्नाथ चापागाई / प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

मनुष्य जीवनको लक्ष्य के हो, ज्ञानले कसरी सिद्धि प्राप्त हुन्छ, ज्ञान विना कुनै पनि देह सम्बन्धी नाताको मोहमा जीवन यापन गर्दछ । ज्ञानले स्पष्ट सँग भनेको हुन्छ कि ईश्वर आस्था तोडेर देह सम्बन्धमा घुल्नाले मानिसमा तनाब, झन्झट, झगडा, अशान्ति, मनमुटाब र बेचैनी आदि दुःखको भुमरीमा फस्छ । तसर्थ जीवनमा मानिसले आफ्नो लक्ष्यलाई ठम्याएर ईश्वर प्रेमद्धारा सुख प्राप्त गर्न सक्छ ।

जीवनलाई पछितबाट पावन, विकारीबाट निर्विकारी, भोगीबाट योगी बनाउन पुरुषार्थ हदसम्म ईश्वर प्रेमको आधारमा भर पर्दछ । हाम्रो दृष्टि र बृष्टि ज्यादै पवित्र हुनु पर्दछ । जब ईश्वर प्रेमबाट हटेर काम, क्रोध, लोभ, मोह र अंहकार तर्फ आकर्षित भएको खण्डमा ज्यादै नै दुःख र अशान्ति पैदा हुन्छ । ईश्वर प्रेममा तल्लिन हुन सकेमा स्वतः यी विकारहरू समाप्त भै नयाँ जीवन प्राप्त हुन सक्छ ।

परमात्मा निराकार हुनुहुन्छ किनकी परमात्माको प्रिति र स्मृतिबाटै हाम्रो जीवन स्थिति निर्विकारका साथै निराकारमा रहन्छ, ईश्वरीय ज्ञानको उपलब्धिको महत्वपनि यही हो । स्पष्ट यो हो कि मानिस सम्पूर्ण जीवन आध्यात्मिक ईश्वरीय ज्ञान परमात्माप्रति प्रेममा टिकेको हुन्छ । ईश्वरीय ज्ञान यस्तो जादु हो मनलाई अनेक विकारबाट अलग गरी ईश्वरीय स्मृतिमा पुर्याएको हुन्छ, नष्ट मोहको स्थिति पैदा हुन्छ । जीवन मुक्तिको अर्को उपाय भनेको ईश्वरीय ज्ञान प्रभु मिलन गराउने विशेष साधन मानव जीवनको लक्ष्य हो ।

यस संसारमा दिब्यज्ञान जतिको महान र पवित्र बस्तु अरु छैन । यस्तो ज्ञान समय आइपुगेपछि सब ज्ञानी आत्माले मात्र प्राप्त गर्दछन् । श्रद्धालु योगीले मात्र आत्मा र परमात्मा ज्ञान प्राप्त गर्न सक्दछ । गीतामा ज्ञान प्राप्तिको उपाय र ज्ञान प्राप्त गर्ने साधनका बारेमा परमात्माले दिनुभएको सन्देश हो । परमात्मा भन्नुहुन्छ ज्ञानको तेस्रो आँखाले मलाई हेर, मलाई नै याद गर, परमात्माको अमुल्य महावाक्यबाट हाम्रो जीवनलाई सफल पार्न सजिलो हुन्छ । अब यसै शुत्रलाई केन्द्रविन्दुमा राखी परमात्माको भित्री सम्बन्धको महाबाणीहरूको सहाराबाट जान्ने कोशिष गरौं । अति सुक्ष्म गहन आत्मा कसरी प्राप्त गर्ने त यस विषयमा यो आत्मा सत्य ब्रह्मचार्यको पालनाद्धारा प्राप्त गर्न सकिन्छ ।

त्यसैले परमात्माले भन्नु भएको छ, मूर्खतालाई त्यागेर अन्तर्मुख अंगालेर आँफू स्वयंले स्वयंलाई तेस्रो नेत्रद्धारा अति शूक्ष्म निरिक्षण गर । आत्मालाई चिनिसकेपछि परमात्मालाई चिन्न सजिलो हुनेछ । ब्रह्मचार्य तपद्धारा पनि यथार्थ आत्मदर्शन गर्न सकिन्छ । त्यस अर्थ परमात्माले भन्नुभएको छ । मीठो बोल, सत्य बोल, कम बोल, पवित्र होउ ब्रह्मचार्यको पालना गर ।

आत्मालाई न आँखाद्धारा देख्न सकिन्छ न कुनै इन्द्रियद्धारा ज्ञान हुन सक्छ, यो तपस्यारुपि कर्मद्धारा मात्र प्राप्त गर्न सकिन्छ । राजयोगको साधनद्धारा आत्मा विशुद्ध चित्त बन्दछ, उसको अन्तस्करण शुद्ध हिरा समान निर्मल बन्दछ । त्यस अवस्था ध्यान मग्न भएर निस्कलंक, विशुद्ध आत्मालाई देख्न सकिन्छ । त्यसैले परमात्मा भन्नुहुन्छ आत्मालाई चिन्न जान्न दृढ इच्छाशक्तिद्धारा मात्र सम्भव हुन्छ । सदा कर्मयोगी स्थितिमा रहेर परमात्मास“ग हरहमेसा परमात्माको यादमा रहि आँफू शक्तिशाली बन्दै आत्मारुपि बन्नु छ । परमज्योति परमात्मा स“ग आत्माज्योति जगाउनु छ । ईश्वरीय प्रेम यादबाट नै शक्ति प्राप्त हुन्छ र आत्मलाई पनि बल पुग्दछ ।

हरहमेसा ईश्वरीय प्रेमको शक्तिबाट मायारुपि शुभज्योर्तिमय चम्किलो सूर्यको प्रकाश समान आत्मालाई बचाउन सकिन्छ त्यसैले ईश्वरीय ज्ञानको तेस्रो आँखा ईश्वरलाई याद गर, शरीरको मायाँ मोह बन्धनबाट मुक्त गर अनि साक्षतकार हुन सकिन्छ तब जीवन मुक्तिको बाटो सहज बन्न सक्छ । राक्षसरुपि विकारबाट पार हुन सहज बाटो खुल्न सक्छ । चम्किलो शुद्ध आत्माको गति, काम, क्रोध, लोभ, मोह र अहंकार आदिबाट मुक्त भएका राजयोगीले मात्र दर्शन पाउन सक्छन् ।