भविन र होम वर्षिए आज…

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र १९, २०७२

Video_Barsiyo

काठमाडौं— गायक भविन ढुंगाना र गीतकार होमनाथ न्यौपानेको एल्बम ‘होराइजन’ को शीर्षक गीत ‘वर्षियो आज मन मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वर्षा ऋतुमा गाइने मलहार रागमा आधारित यो गीतमा आधुनिक, शास्त्रीय तथा पप विधाको एउटा आकर्षक फ्युजन सुन्न सकिन्छ । यो गीतमा प्रवेश मल्लिकको संगीत तथा रञ्जन झाको संगीत संयोजन सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा चकलेटी अभिनेता आर्यन सिग्देल र प्रतिभावान अभिनेत्री रीमा विश्वकर्माको केमेष्ट्रि हेर्न लायक देखिन्छ । लक्ष्मण पौडेलद्वारा निर्देशित यो भिडियोका छायांकार अर्जुन तिवारी हुन् ।
गायक ढुंगाना शास्त्रीय गायनमा दिल्ली विश्वविद्यालयका गोल्ड मेडलिस्ट ग्राजुएट हुन् भने गीतकार न्यौपाने विगत एक दशकदेखि गीत लेखनमा सक्रिय छन् । गीतकार न्यौपानेका दुईवटा गीति एल्बम ‘चेतना’ तथा ‘हिमालको चन्द्र’ यसअघि नै बजारमा आईसकेका छन् भने गायक ढुंगानाको यो पहिलो गीति एल्बम हो ।
भिडियोको लिंक :