एकल सांझमा अनुरागी

-- / प्रकाशित मिति : शनिबार, चैत्र २०, २०७२

BB Anuragi

भूकम्पले क्षतीग्रस्त धादिङ र सिन्धुपालचोकका विद्यालयको पूर्ननिर्माण तथा बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई सहयोग एवं पर्दापछाडि परेका कलाकारलाई अगाडि ल्याउने उद्येश्यले बिहीबार सााझ राजधानीमा संगीतकार, गीतकार तथा गायक बिबी अनुरागीको संगीतमा ख्यातिप्राप्त गायक गायिकाहरुले विभिन्न विधाका गीत गाएर दर्शकको मन जिते।
आयोजक नेपाली कला संगमका सल्लाहकार तथा कार्यक्रम संयोजक सुदर्शन महर्जनको सभापतित्व तथा सूचना तथा सञ्चार सचिव दिनेश थपलियाको प्रमूख आतिथ्यमा सम्पन्न ‘टेको सन्ध्या’ नाम दिइएको सांगितीक कार्यक्रम भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा १ मिनेट मौन धारण गरी आरम्भ भएको थियो। १८ जना भ्वाइलियन बादन समूहका साथ कुल ३५ जना बाद्यवादकले प्रत्यक्षरुपमा बाद्यवादन गरेको कार्यक्रममा संगीतकार अनुरागीले आफुद्धारा संगीतबद्ध एक दर्जनभन्दा बढी गित आफौ गाएका थिए । अनुरागीले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमै रहेकी आमालाई सम्झादै बहीन स्वरुपा रसाइलीका साथ मलाई संसार देखाउने मेरी दुखी आमा गाएर वातावरणलाई भावुक बनाएका थिए । त्यसपछि गाए सबैले त देशबाट लिन्छु केवल लिन्छु भने । अनुरागीले सुपरहिट गीत उडेर जुन छुन्छु भन्थे पनि गाए । त्यस्तै गायक गायिका जीवन परियार र सुनिता गुरुङले भूकम्पसम्बन्धी गीत विपत्तीलाई प्रगतिको अवसर बनाऔ गाए र माहौल बनाए भने गायिका जुनु रिजालले बीबीसंगै तिम्रो झल्को आउछ परदेशी गाएर दर्शकलाई आकर्षित गरिन् । कोरसमा समेत साथ दिएकी गायिका स्मृति शाहीले परदेशी फिल्मको विछोडको करौतीले बोलको गीत प्रस्तुत गरिन् भने टिका पुन र मुना थापाले बाटुलि फिल्मको झ्याउरे गीत सुनाए ।
निर्भाना कला केन्द्रको सहकार्यमा नेपाली कला संगमले आयोजना गरेको कार्यक्रममा गायिका चन्दा विश्वकर्माले एकल गीत आउन प्रिय मेरो लागी गाएसगै अनुरागसंगै शिर विनाको खोला हुदैन बोलको गीत सुनाईन ।
त्यस्तै मुना थापाले बीबीसंगै भेटै नहुने बोलको गीत प्रस्तुत गरेको कार्यक्रममा सत्यराज आचार्यले लिलु गुरुङको शव्दमा सजिएको गीत यसै बर्ष घरको धुरी छाउनु पर्ने थियो बोलको गीत प्रस्तुत गरेका थिए । त्यस्तै उनका भाई स्वरुपराज आचार्यले लिलु गुरुङकै रचनामा जहा तिमी त्यहा म हुन नपाउदा बोलको गीत प्रस्तुत गरेका थिए भने सत्य र स्वरुपले राष्ट्रिय भावले ओतप्रोत गीत संसारकै छानो हाम्रो बोलको गीत संयुक्तरुपमा प्रस्तुत गरेका थिए । उता गायक रामचन्द्र काफ्ले आफ्नो बहुचर्चित मेरो माया कलकल बग्ने खोलाको पानी प्रस्तुत गरे भने बिबीले सरिता शाहीसंग गोर्खा पल्टनको शिर्ष गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मिलन अमात्यले पनि आफ्नो गीत प्रस्तुत गरेकि थिईन् । खचाखच दर्शकले भरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रममा बि मानव आर्ट स्टुडियोका कलाकारहरुले महिला हिंसा र बलात्कारबिरुद्धको जनचेतनामूलक नृत्य नाटिका बेजोड अभिनयका समेत प्रस्तुत गरेका थिए । गायक शिशीर योगीले भने स्वास्थ्य समस्यका कारण आफ्नो प्रस्तुति राख्न सकेनन् । कार्यक्रममा आयोजक नेपाली कला संगम र कार्यक्रमका प्रमूख प्रस्तोता एवं व्यक्तित्व बिबी अनुरागीका विषयमा निर्माण गरिएको छोटो भिडीयो प्रस्तुति पनि देखाइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम संयोजक सुदर्शन महर्जनले महाभूकम्पलगत्तै प्रभावित विभिन्न जिल्लामा पुगेर राहत र सहयोगमा सक्रिय हुने क्रममा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको अवस्था देखेपछि त्यसको पूर्न निर्माणमा सघाउन कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट संकलित रकम ती स्कुल र केही बृद्धाश्रमको सहयोगका लागि उपलब्ध गराउने जानकारी गराए । त्यस्तै प्रमूख अतिथी सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले विद्यालयको पूर्न निर्माणजस्तो कार्यका लागि सांगितीक कार्यक्रम आयोजना गरेको पाउदा आफु प्रभावित भएको बताए ।