२० वर्षपछि नेपाललाई एसियादमा रजत
अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसीयामा सञ्चालित १८ अाैं एसियाली खेलदुक (एसियाड) मा नेपालले निराशाजनक प्रदर्शन गरे पनि एउटा खेलमा रजत पदक प्राप्त गरेर ईतिहास बनाएको छ । नेपालले प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रिमा रजत हात पारेको हो । यो पदकसंगै नेपालले २० वर्षपछि एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेको हो । यसअघि नेपालले सन् १९९८ मा रजत पदक जितेको थियो । नेपालकी सविता राजभण्डारीले यसअघि तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । प्याराग्लाइडिङमा स्वर्ण पदक जित्नबाट नेपाल २७ अंकले पछि पर्यो । जापानले कुल ११ हजार ३ सय ९१ अंक जोड्दा नेपालले ११ हजार ३ सय ६४ अंक जोड्यो । क्रस कन्ट्रि इभेन्टमा नेपालका लागि विमल अधिकारी, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ तथा विशाल थापाले प्रतिस्पर्धा गरेका थिए ।
वास्तवमा १८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले पदकविहिन हुन बाट बचाएको हो । प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम गरेको छ ।
‘सन् १९९८ पछि हामीले एसियाडमा इतिहास रचेका छौं’, नेपाली प्याराग्लाइडिङ टोलीका प्रशिक्षक योगेश भट्टराईको भनाइ छ–‘यो हामी नेपालीको गर्वको विषय हो ।’ भट्टराईले यो ऐतिहाँसिक जीत भएको समेत बताएका छन् । १० देशका ५० प्रतिस्पर्धिलाई उछिन्दै नेपालले दोस्रो स्थान हात पारेको हो । झिनो अन्तरले पहिलो स्थान जापानले प्राप्त गरेको थियो । ‘एकदमै खुशी लागेको छ’, प्रशिक्षक भट्टराईले खेल जितेपछि प्रतिक्रिया दिँदै भने– ‘पर्यटन विकासमा यो पदकले थप उर्जा दिनेछ ।’ मौसमका कारण पनि केही समस्या भएको भट्टराईको भनाय छ । ‘बिहानैदेखि मौसम राम्रो थिएन’, प्रशिक्षक भट्टराईको भनाइ छ–‘यसले पनि हाम्रा खेलाडीले प्रयास गर्दा–गर्दै पनि पहिलो हुन सकेनौं ।’
‘हामी गोल्ड मेडलको तयारीका साथ आएका थियौं’, प्रशिक्षक भट्टराईले मौसमका कारण केही अप्ठेरो भएको उल्लेख गरे । नेपाल र इन्डोनेसियाको हावा, मौसम र थर्मलका कारण केही टेक्निकल समस्या भएको उनले भनाइ छ । प्रशिक्षक भट्टराईले जीतको श्रेय सम्पूर्ण नेपालीलाई जाने बताएका छन् । ‘यो जीत सबै नेपालीको हो, उनको भनाइ छ ।
प्याराग्लाइडिङ झण्डै दुई दशकअघि पोखरामा साहसिक खेलको रुपमा भित्रिएको थियो । सरकारले पनि २० वर्षपछि मात्र प्याराग्लाइडिङलाई खेल गतिविधिको मान्यता दिएको थियो । यसपटकको एसियाली खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो । एसियाली खेलकुदमा एक मात्र पदक (रजत) जिताएर अहिलेसम्म पोखरामा मात्र सीमित रहेको प्याराग्लाइडिङले अब बल्ल सरकारी प्राथमिकतामा पार्ने गरी खेल पदाधिकारीको आँखा खोलिदिएको प्रतिक्रियाहरू आएका छन् । सरकारले ठूलो लगानी गर्दै आएका खेलका अन्य विधा एसियाली खेलकुदमा रित्तो हात घर फर्किंदा पोखराको सराङकोट आसपासका डाँडामा मात्र सीमित रहेको प्याराग्लाइडिङको टिम भने उपाधि लिएर स्वदेश फर्किएको हो ।
‘सरकारी लगानी रहेका खेलका अरू विधा रित्तो हात घर फर्किंदा पोखराको आकाशमा सीमित रहेको प्याराग्लाइडिङ रजत पदकसहित फर्किंदैछ,’ इन्डोनेसिया पुगेको प्याराग्लाइडिङ टिमलाई प्रशिक्षण दिलाएका सानोबाबु सुनुवार भन्छन्– ‘नेपालको नाम उँचो बनाउन प्याराग्लाइडिङ मात्र काफी बनेको छ । पोखरामा प्याराग्लाइडिङ उडान सुरु नहुँदो हो त अहिले पनि नेपाल रित्तो हात फर्किने रहेछ ।’
सहभागी पाइलटले खेलसामग्रीका लागि मात्र १५ लाख रुपैयाँजति व्यक्तिगत खर्च गरेका थिए । सहभागीले क्रसकन्ट्री र एक्युरेसीका लागि भिन्दाभिन्दै सेट किनेका थिए । एउटा सेटमा ग्लाइडर, हार्नेस, अल्टामिटर, ब्यारोमिटर, जिपिस सिस्टम, फ्लाई मास्टर, थप प्यारासुटसहितका सामग्री हुन्छन् ।
सरकारले अहिलेसम्म प्याराग्लाइडिङलाई खेल नभनी ‘व्यवसाय’ मात्र भन्दै आएको थियो । त्यसले गर्दा प्याराग्लाइडिङले उचित सहयोग पाएको थिएन । व्यवसायको मात्र पहिचान पाउँदा सरकारले प्याराग्लाइडिङलाई पेलाहा नीति मात्र अवलम्बन गर्दै आएकोमा यो उपाधिले साहसिक खेलको पहिचान दिलाउन सकेको बताउन थालिएको छ । ‘बाहिरबाट हेर्दा हामी सराङकोट डाँडामा मात्र सीमित थियौं, तर अब सराङकोटमा मात्र हामी रहेनौं, मुलुकले एक मात्र उपाधि ल्याउने खेलका रूपमा यसको पहिचान बदलिएको छ,’ सुनुवारको भनाइ छ– ‘अब बल्ल सरकार र राजधानीमा मात्र केन्द्रित खेलपदाधिकारीले प्याराग्लाइडिङलाई चिन्नेछन् ।’
पोखराको आकाशमा भने हरेक वर्ष प्याराग्लाइडिङ प्रतियोगिता आयोजना हुँदैै आएको थियो । ती प्रतिस्पर्धामा विदेशी र स्वदेशी पाइलटले प्रतिस्पर्धा गर्दै आएका थिए । यद्यपि, सरकारले त्यसलाई आधिकारिक रूपमा खेलको मान्यता दिएको थिएन । ‘सरकारले पहिलो पटक प्याराग्लाइडिङलाई खेलको मान्यता दिएर एसियाली खेलकुदमा सहभागी गरायो । त्यसैले नै उपाधि जितायो,’ प्रशिक्षक सुनुवार भन्छन्–‘पहिलो सहभागितामा हामीले प्याराग्लाइडिङको खुबी कत्ति रहेछ भन्ने सरकारलाई देखाउन सक्यौं ।’
‘हामी यो पटक स्वर्ण पदक नै हत्याउने तयारीमा थियौं । तर, हामीले सरकारी तहबाट उचित सहयोग पाएनौं,’ सुनुवारको गुनासो छ–‘ठूलो लगानीमा उडानका सामान किनेर तयारी गर्याैं । हामीलाई तयारी सामान किन्ने कि व्यासायिक उडान गरेर घरखर्च जोहो गर्ने भन्ने चिन्ता थियो । त्यही समस्याका बावजुद पनि यो उपाधि जित्यौं ।’ एसियालीपछि अब ओलम्पिक र दक्षिण एसियाली खेल (साग) मा स्वर्ण जितेर देखाउने चुनौती प्याराग्लाइडिङलाई रहेको सुनुवारको भनाइ छ ।
यसपटकको एसियाडमा ४५ देशका ११ हजार ५ खेलाडीले सहभागिता जनाएका थिए । उनीहरूले ४० खेलका ४ सय २० प्रतिस्पर्धामा भाग लिएका थिए । एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्ष्ँक, व्यवस्थापक, अफिसियल गरी कुल २ सय ८५ जना सहभागि थिए ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका हुन् । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...