जोजिजुको ‘भावी तिम्ले’ सार्वजनिक

-- / प्रकाशित मिति : सोमवार, चैत्र २२, २०७२

Album_Release

काठमाडौं— गायक रामभक्त जोजिजुले गाएको आधुनिक शैलीका गीतको एल्बम ‘भावी तिम्ले’ सोमबार काठमाडौंमा विमोचन गरिएको छ । नेपाल वान टेलिभिजनको ‘हेल्लो नेपाल’ कार्यक्रमको प्रत्यक्ष प्रसारणमा यो एल्बम विमोचन गरिएको हो । गायक जोजिजु, गीतकार तथा संगीतकार रामचन्द्र भण्डारी (आरसी) तथा भिडियो जक्की तथा भिडियो निर्देशक सोनम पाख्रिनले संयुक्त रुपमा यो एल्बम विमोचन गरेका हुन् ।
विमोचित एल्बममा समावेश गरिएको ‘भावी तिम्ले….’ शीर्षकको गीतको म्युजिक भिडियो पनि आजै प्रिमियर गरिएको छ । विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबमार्फत यो भिडियो प्रिमियर गरिएको हो । सोनम पाख्रिनद्वारा निर्देशित यो भिडियोमा अभिनेता बिनोद न्यौपाने, ईश्वर तथा श्रीरामले अभिनय गरेका छन् । पोखरामा बसोबास गर्ने गीतकार तथा संगीतकार रामचन्द्रले आफ्नै जीवनभोगाइमा आधारित गीत तयार पारेका बताएका छन् । पछिल्लो समय पोखरामै सांगीतिक कर्म गरिरहेका गायक रामभक्त जोजिजूले सुगम संगीतमा आधारित यो गीतले मानवीय स्वभावको वर्णन गरेको प्रतिक्रिया दिए । यो गीतको म्युजिक भिडियोका छायांकार अर्जुन तिवारी हुन् भने टेकेन्द्र शाहले यो भिडियो सम्पादन गरेका हुन् ।
यो एल्बमलाई जोजिजू ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ ।

भिडियोको लिंक