ब्रिसबेन र सिड्नीको नेपाल फेस्टिभल सम्पन्न, अबको पालो मेलबर्न नेपाल फेस्टिभलको

-- सुजित सिग्देल / प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो जिउँदो रगत सरि यो बल्दो यो सान हाम्रो ………….. ।

हट्ने होइन डटि लड्ने नेपाली को बानि हुन्छ ………….स्वम्भिमानी नेपाली हुन्छ ……… ।

नेपालदेखि हजारौं माइल पर परिदृश्यमा चन्द्र सूर्य झण्डा फहरिएका छन् अनि अगाडिको लाउड स्पिकरले सगर्व दोहोराइ रहेछ रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो जिउादो रगत सरि यो बल्दो यो सान हाम्रो ………….. । हट्ने होइन डटि लड्ने नेपाली को बानि हुन्छ ………….स्वम्भिमानी नेपाली हुन्छ …………. । अष्ट्रेलियाका गगनचुम्बी महलहरूको आगन झौ लाग्ने सिड्नीको डार्लिङ्क हर्बर र ब्रिसबेन अष्ट्रेलियामा बस्ने नेपालीहरू का लागि चाड जस्तै लाग्ने नेपाल फेस्टिभल २०१८ ब्रिसबेन र सिड्नीमा सम्पन्न भएको छ । अब सबै जना यस पछि हुादै गरेको नेपाल फेस्टिभल मेलबर्नको प्रतिक्षामा छन् ।

 

नेपाल फेस्टिभलमा नेपालमय बनेको सिड्नी

प्रत्येक २/२ वर्षमा सम्पन्न हुादै आइरहेको नेपाल फेस्टिभल सिड्नीको सातौं संस्करण २४ डिसेम्बरका दिन भब्यताका साथ सम्पन्न भएको छ । फेस्टिभल संयोजक एवं एनआरएनए अष्ट्रेलियाका संयोजक नन्द गुरुङका अनुसार अनुमानित पैतालिस हजारले (इन–आउट) फेस्टिभलमा सहभागिता जनाएका थिए । उक्त फेस्टिभल सम्पन्न डार्लिङ्क हार्बरको तोम्बोलन पार्क सहित सिड्नी सिटि आउने लगभग सबै जस्ता प्रमुख ट्रेन स्टेसनहरू ढाका टोपी, सारी र चोलीमय देखिएको थियो । अष्ट्रेलियन केन्द्रिय सरकारका इमिग्रेसन एण्ड सिटिजनशिप एबं मल्टीकल्चर मिनिस्टर डेबिड कोलम्यानको प्रमुख आतित्थ्यता, अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पा बिशेष अतिथि, न्युसाउथवेल्सका प्रिमियरका प्रतिनिधि एवं एमपी मार्क कुर्रे, यस्तै लेबर पार्टीकी नेतृ एवं एमपी मिशेल रोल्यान्ड र जुलिया फिन, एनआरएनएका पूर्ब केन्द्रिय अध्यक्ष शेष घले, संरक्षक इन्द्रा बन, क्षेत्रीय संयोजकहरू, आइसिसि सदस्यहरू, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्षहरू, एनएसडब्लुका महाबाणिज्यदूत दिपक खडका, फेस्टिभलका सदभावना दूत विश्व साइकलयात्री पुस्कर शाह लगायतको उपस्थिति रहेको थियो । नेपाली समुदाय र संघ संस्थाका प्रतिनिधिहरू, अन्य समुदायका प्रतिनिधिहरू अष्ट्रेलिया भरि बाटै उपस्थित नेपालीहरू र नेपाललाई माया गर्ने बिदेशी मित्रहरू को उपस्थितिमा महोत्सबको उद्घाटन इमिग्रेसन एबं सिटिजनशिप मिनिस्टर डेबिड कोलम्यानले अन्य अतिथिहरू सहित पानशमा बत्ति बालेर गर्नु भएको थियो । त्यसै गरि बिभिन्न झााकी र नेपालको विविधता झल्कने प्रस्तुतिहरू सहित पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको केन्द्र टाउन हलबाट बिहानै १०.०० बजे करिब १००० भन्दा धेरै सहभागीहरू बीच प्रभात फेरिमा सहभागी भएका थिए । उक्त परेड तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो ।

उद्घाटन पश्चात प्रमुख अतिथि इमिग्रेसन एण्ड सिटिजनशिप एबं मल्टीकल्चर मिनिस्टर डेभिड कोल्मायनले आाफू अघिल्लो पटकको नेपाल फेस्टिभलमा समेत सहभागी भएको स्मरण गर्दै नेपाली समुदाय अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा एक दम छिटो स्थापित समुदाय भएको बताए । यसै गरि न्यू साउथवेल्सका प्रिमियरका प्रतिनिधि एमपी मार्क कुर्रेले नेपालीको प्रशंसा गर्दै बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको ठूलो योगदान रहेको बताए । यसै गरि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल फेस्टिभल जस्तो कार्यक्रमको आयोजना गरेर नेपाली कला संस्कृति र पहिचानलाई अष्ट्रेलियामा चिनाउन ठूलो योगदान गर्ने फेस्टिभल आयोजक, प्रायोजक र सबै नेपाली समुदायका सदस्यहरूलाई धन्यबाद दिंदै यो महोत्सबले आउादै गरेको नेपाल भ्रमण वर्षलाई पनि ठूलो टेवा पुग्ने बताइन् । यसै गरि महोत्सबमा एमपी एवं लेबर पार्टीकी नेतृ मिशेल रोल्यान्ड, जुलिया फिनले पनि बिगतमा जस्तै यस पटक पनि नेपाल फेस्टिभलमा सहभागिता जनाउन पाउादा नेपाल र नेपालीलाई झन् नजिकबाट चिन्न र जान्न पाएकोमा  निक्कै खुसि लागेको बताए । यसै गरि कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष शेष घले, इभेन्ट पार्टनर मल्टीडायनामिक रियल स्टेटका प्रिन्सिपल मेघराज पौडेलले पनि फेस्टिभल सफलताको कामना गर्दै सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

यस पटकको नेपाल महोत्सबको प्रमुख आकर्षण बनेको नेपाल हाउसको धेरै भन्दा धेरै सहभगीहरूले अबलोकन गरेका थिए । कार्यक्रम स्थलको केन्द्रमा रहेको उक्त नेपाल हाउसको निर्माण र रेखदेखको जिम्मा एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले गरेको थियो । नेपालको स्वयम्भुनाथको झल्को दिने र सोहि शैलीको नेपाल हाउसमा नेपाल चिनाउने विविध सामग्रीहरू र कृषिजन्य कार्यमा प्रयोग हुने विविध सामग्रीहरू एकदमै आकर्षण शैलीमा प्रस्तुत गरिएको थियो भने सहभागी सबैले नेपाल हाउसको उच्च प्रंशसा गरेका थिए ।

फेस्टिभलमा यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रायोजकहरूलाई सम्मान गरिएको थियो, यसै गरि फेस्टिभल संग जोडिएका सबैलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने र नेपाल फेष्टिभल सिड्नीका संयोजक नन्द गुरुङ्गले धन्यवाद व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको समाप्ति संगै अष्ट्ेरलियामा रहेका नेपाली प्रतिभाहरू र नेपालबाट आएका गायकहरू पशुपति शर्मा र शिब हमालको लोक भाकादेखि बिश्व नेपाली, तृष्णा गुरुङ्ग हुादै राजेश पायल राईसम्मका गायक गायिकाहरूले आफ्ना गीत संगीतमा सहभागीहरू सबैलाई नचाउनुका साथै मनोरञ्जन दिएका थिए भने नेपाली नायिका आंचल शर्माले बिभिन्न गीतमा आकर्ष नृत्य प्रस्तुत गरेकी थिइन् । दिन भर जसो नै नेपालको बहुसंस्कृति झल्कने विविध प्रस्तुतिहरूमा यहााका स्थानीय प्रतिभाहरूले विविध नृत्यहरू प्रस्तुत गरेका थिए । नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रम अतिशबाजी सहित समाप्त भएको थियो ।

 

हाम्रो उपस्थिति आँफैमा सन्देशमूलक

अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा यस फेस्टिभलले देखाएको हाम्रो जबरजस्त उपस्थिति आाफैमा हाम्रो शक्ति हो । अंग्रेजीमा “पिपुल पावर” भने झौ, हाम्रो सहभागिता आाफैमा यहााको स्थानीय हुादै राज्य र केन्द्र सरकारसम्मका लागि सन्देश पनि हो । त्यहि शक्ति र सन्देशले अष्ट्रेलियन केन्द्रिय सरकारका इमिग्रेसन एवं सिटिजनशिप एवं मल्टीकल्चर मिनिस्टर डेबिड कोलम्यानलाई डार्लिङ्ग हर्बरसम्म ल्याई पुरायो । यसले पक्कै पनि आप्रबासीहरू माझ मिलनसार र मिहेनतीको परिचय बनाएका नेपालीहरूध नेपाली दूताबास, महाबाणिज्यदूतको कार्यलय र सामुदायिक संघ संस्थाहरू संग हाते मालो गर्दै २०१८ सम्म आइपुग्दा अष्ट्रेलियाका प्रमुख शहरहरू सम्पन्न हुादैछ र अझ बढी व्यापक, अझ सबैको अपनत्व बढ्दै गएको छ । हामीबीचको एकता र भाइचारा यसरी नै निरन्तरता रहेमा अबका केहि वर्षमा हामीले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नै हाम्रो फेस्टिभलको प्रमुख अतिथिको रुपमा पाउने छौं ।