डिसेम्बर १५ मा नेपाल फेस्टिभल मेलबर्न

-- सुजित सिग्देल / प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५

यस वर्षको अन्तिम फेस्टिभलको रुपमा डिसेम्बर १५ शनिबारका दिन मेलबर्नको फेडेरेसन स्क्वायरमा नेपाल फेस्टिभल मेलबर्नको आयोजना हुँदैछ । फेस्टिभलका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगी सकेको र भिक्टोरियाका सबै संघ संस्थाहरू ले यसलाई अपनत्व दिंदै अगाडि बढी रहेको मेलबर्न फेस्टिभलका संयोजक केशब कंडेलले जानकारी दिए । कंडेलका अनुसार एनआरएनए अष्ट्रेलियाले यस पटकको नेपाल फेस्टिभललाई दिएको स्लोगन नारा ‘वन कन्ट्री मेनी स्टोरीज’ लाई सार्थक बनाउने गरि फेस्टिभल पोस्टर डिजाइनदेखि सम्पूर्ण कार्यक्रमको रुप रेखा तयार गरिएको छ । फेस्टिभल आयोजक समितिले एक बक्तब्य जारि गरि उक्त कुराको जानकारी दिएको छ ।

बिज्ञप्तिमा नेपालका विभिन्न संस्कृति, भाषा भेषभूषा, खाना सहितको एकताबद्ध उपस्थिति भिक्टोरियाको बहुसांस्कृतिक समुदायमा गराउने फेष्टिभलको प्रमुख उद्देश्य रहेको जनाइएको छ । मेलबर्नको नेपाल फेष्टिभल सुरु भएको १० औ वर्षको अवसर पारेर यसलाई अझ व्यापक बनाउन संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष केशव कंडेलले सुरुवातबाट नै मेलबर्नको नेपाल फेष्टिभलले आँफूलाई विविधता, उत्कृष्टताको परिचायक बनाउन कुनै कसुर बाँकी नराखेको बताए । अझ बढी एकताबद्ध, अझ बढी समुदायको सहभागिता र अन्य समुदायसागको सहकार्यको दायरालाई फराकिलो बनाउने प्रतिबद्धता सहित फेस्टिभलको तयारी तीब्र गतिमा अगाडि बढी रहेको फेस्टिभका मिडिया संयोजक एवं गैरआवासीय नेपाली संघ भिक्टोरियाका उप–संयोजक युगेन्द्र रेग्मीले बताए रेग्मीका अनुसार “जब हामी नेपालको गौरबपूर्ण संस्कृतिको कुरा गर्छौं त्यो स्टेजमा देखाइने कुराहरू मात्र हुने छैनन् । पूरै फेडरेशन स्क्वायरलाई नै हामी सानो नेपालमा रुपान्तरण गर्नेछौं ।” नेपालका हरेक कुरा कुनाका कथालाई कला, गीत, संगीत, नृत्य, भेषभूषा, खाना अनि नेपालीपनको माध्यमबाट भिक्टोरियाका दर्शकहरूसामु पस्कन यो पटक फेस्टिभलको प्रयास रहने पनि रेग्मीले बताए ।

यसै गरि नेप्लिज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे यस पटक नेपाल फेस्टिभल मेलबर्नको उप–संयोजक रहनुभएको छ भने भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयको प्रतिनिधित्व गर्दै निरु त्रिपाठी सचिव र प्रेरणा मल्ल सह–सचिवको जिम्मेवारी सहित भिक्टोरियामा रहेका नेपाली समुदायका सबै संघ संस्थासंग हातेमालो गरि रहेका छन् ।

नेपाल फेष्टिभललाई सफल तुल्याउन विभिन्न कमिटीहरू गठन गरिएको छ भने यी कमिटीहरूले तयारीलाई तीव्र गतिमा अगाडि बढाएका छन् । फेस्टिभलको महत्व पूर्ण पाटो मानिएको सांस्कृतिक गतिविधिका संयोजक प्रेम कंडेलले भिक्टोरियामा रहेका नेपाली प्रतिभाका साथै नेपालबाट पनि ख्यातिप्राप्त कलाकारहरूले नेपाल फेष्टिभलको स्टेजको रौनक बढाउने बताए कंडेलका अनुसार अहिलेसम्म अभया एण्ड स्टीम व्याण्ड, प्रसिद्ध लोकगायक मिलन लामा आउने निश्चित गरिएको छ । यस पटकको नेपाल फेष्टिभलको व्यवस्थापन सोलाङचरले गर्दैछ भने अडियो भिडियो प्रोडक्सनको काम एमएनटीभी अष्ट्रेलियाले गर्ने भएको छ । विज्ञापन तथा प्रबद्र्धन कमिटीका तर्फबाट सुरेन्द्र सेढाईका अनुसार मेल्बर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजी, यश स्टडीज, सिटी अफ मेलबर्न ईभेन्ट पार्टनरका रुपमा रहेका छन् । सेढाईका अनुसार नेपाली विजनेस समुदायले नेपाल फेष्टिभललाई एउटा अवसरको रुपमा लिएर जुन किसिमको सहयोग गर्नुभयो यो निकै उत्साहप्रद रहेको र प्रायोजकहरूको सहयोग विना नेपाल फेष्टिभल सम्भव नभएको बताउादै सबैलाई धन्यबाद व्यक्त गरे ।

यस पटकको सांस्कृतिक परेडलाई अझ विशेष बनाउने तयारी भएको यसका संयोजक तारा गैरेले जानकारी दिएका छन् गैरेका अनुसार यस पटक एक हजारभन्दा बढीको सहभागितामा मेलबर्नको मुटुमा नेपाली झााकीहरूको साथ सांस्कृतिक परेडको आयोजना गरिनेछ । यो परेड कार्यक्रमस्थल फेडरेशन स्क्वायरमा पुगेपछि नेपाल फेष्टिभल औपचारिक रुपमा सुरुहुनेछ । फेडरेशन स्क्वायरमा यस पटक ‘नेपाल भिलेज’ स्थापना गरी नेपालको संस्कृति, परम्परा, रहन सहनको प्रबद्र्धन गर्ने तयारी गरिएको छ । नेपाल फेष्टिभलको स्टल व्यवस्थापन संयोजक निराजन गौलीका अनुसार फेस्टिभलमा १५ वटा व्यवसायिक स्टल र ६ वटा खानाका स्टल रहने निश्चित गरिएको छ । उनका अनुसार यस पटक हामीले १५ वटा स्टललाई नेपालका विभिन्न पर्यटकीय स्थलहरूको जानकारीसहितको थिममा प्रस्तुत गर्ने नयाा प्रयास गरिएको छ जसले नेपालका विभिन्न पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिन मद्दत गर्दै नेपाल पर्यटन बोर्डसागको सहकार्यमा यसलाई मूर्तरुप दिने प्रयास गरिएको छ ।

अर्कोतर्फ फेस्टिभलमा विदेशी पर्यटकहरूको माझ लोकप्रिय नेपालको ठमेल बजारलाई प्रतिनिधित्व हुने गरी त्यस्तै थिममा बजार सञ्चालन गरिनेछ । बिगतमा जस्तै यस पटक फेडरेशन स्क्वायरमा सात वटा नेपाली झण्डा फहराइने क्रमलाई निरन्तरता दिइनेछ । नेपाल फेष्टिभलको स्वयंसेवा संयोजक गौतम लामिछानेले व्यवस्थित रुपमा नेपाल फेष्टिभल सञ्चालन गर्न सयौंको संख्यामा स्वयंसेवक परिचालन गरिएको बताउदै फस्र्ट एड र आकस्मिक उपचार सेवा समेत व्यवस्था गरिएको जानकारी दिईन । अघिल्लो पटकको नेपाल फेष्टिभलमा करिब २० हजारले अवलोकन गरेका थिए भने यस पटक स्थानीय अष्ट्रेलियन दर्शकहरूको संख्यालाई बृद्धि गर्ने र अघिल्लो पटक को भन्दा अझ ठुलो संख्यामा नेपाल फेस्टिभलमा धेरै भन्दा धेरै सहभागी हुने विश्वास पनि फेस्टिभल आयोजक समितिले लिएको छ ।