राजदुत प्रकरणले झुकाएको नेपाली शीर
अष्ट्रेलियाको समृद्धि जति लोभलाग्दो छ, त्यति नै नेपाली समुदायको योगदानको ‘ग्राफ’ बढ्दो छ, यो माटोमा । ‘खास लक्ष्य’ प्राप्तिमा सबेरै देखि रातभर परिश्रमी नेपाली हातहरु एकै रफ्तारमा दौडिरहेको हुन्छ । एउटा निश्चित विन्दुमा पुग्दा व्यक्तिगत रुपमा त्यो ‘खास लक्ष्य’ पूरा हुन्छ या हुदैन् तर, अनवरत खियाइने औलाहरुले अष्टे«लियाको उन्नतिमा भने जरुर योगदान पुगीरहेको छ । देशका रुपमा नेपाल र अष्टे«लिया बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६ दशक पुरा हुदैछ । देशको कुटनीति, नागरिकको हकहित र नेपाल प्रति अष्टे«लियन समुदायको चासो र सहभागिता बढाउन सेतुका रुपमा काम गर्ने जिम्मा पाएका राजदुत लक्की शेर्पा आफै ‘मानव तस्करी’ जस्तो जघन्य अपराध प्रकरणमा मुछिएकी छन् ।
यसले, परिश्रम, इमान्दारिता र लगनशीलताको नेपाली पहिचान माथि कालो दाग लागेको छ । राजदुत शेर्पा माथि उनकै चालक वाङछु शेर्पाले लगाएको आरोप, त्यसपछि राजदुतावासको प्रतिकात्मक प्रेस–विज्ञप्ति, परराष्ट्र मन्त्रालयको लिखित स्पष्टीकरण माग र राजदुतको मौखिक बयान जस्ता घटनाले को सहि र गलत ? तथ्यहरु खुल्दै जानेछन् । तर, प्रवासमा नेपाली आत्मसम्मानको रक्षार्थ खटिने अधिकारिक निकायको नेतृत्व तहबाट हुने नाजायक कर्मले सिँगो देश र नागरिकको शीर झुकाउने काम भएको छ ।
चालक वाङछुको आरोप
वाङछु शेर्पा सन् २०१७ को जून ९ तारेख राजदुत शेर्पाकी अर्दलीका रुपमा अष्ट्रेलिया आएका हुन् । सवारी सञ्चालनमा पोख्त उनले करिब ४ महिना सवारी चालक र भान्छेका रुपमा दुतावासमै काम गरे । हालै उनले नेपालको एक टेलिभिजन कार्यक्रम मार्फत राजदुत लक्की र उनकी श्रीमान सोनामले आफुसँग ३३ लाख रुपैयाँ असुली गरेर अष्टे«लिया लिएको र अन्य व्यक्तिहरुलाई अष्टे«लिया ल्याउन आफु र आफ्नो श्रीमति परिचालन गरेको आरोप लगाएपछि घटना सार्वजनिक भएको हो । बाङछुको श्रीमति नेपालमा अष्टे«लिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा जेल परेकी छन् । यसैबारे वाङछुले एक टेलिभिजन अन्र्तवार्तामा भनेका छन् –‘मेरी श्रीमती अहिले काठमाडौंको सेन्ट्रल जेलमा छिन् । हप्तामा एकचोटि उनले मलाई फोन गर्छिन् । बैदेशिक रोजगारीको कागज गर्न लगाएर उनलाई त्यहाँसम्म पु¥याइएको छ । जेलभित्रको माहोल ठीक छैन । तीन हप्ताजति भो, श्रीमतीले मलाई फोनमा आत्महत्या गर्छु भनिन् ।
मैले लिएको पैसा फिर्ता गर्छु भनेर सही गरेपछि मेरी श्रीमती जेल परेकी हुन् । यसरी परिचालन गर्ने उनै लक्की परिवार हुन् ।’ वाङछुले यस्तो सार्वजनिक आरोप लगाएको केहि दिनपछि क्यानवेरास्थित नेपाली दुतावासले प्रेस विज्ञप्ति जारी गर्दै राजदुत माथिको आरोप निराधार भएको दाबी ग¥यो । विज्ञप्तिमा भनिएको छ, ‘आङ्छु शेर्पाले अस्ट्रेलियामा लुकीछिपी बसेर सम्मानित अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले अत्यन्त भ्रामक, मनगढन्ते, कपोकल्पित रूपमा लगाइएको आरोप मिथ्या, तथ्यहीन र आधारहीन छ । निजले लगाएको झूठा आरोपको सम्बन्धमा विश्वास नगर्न, कुनै पनि भ्रममा नपर्न र सत्यतथ्य अविलम्ब आउने हुनाले त्यतिन्जेलसम्म धैर्य राख्न हुन समेत यसै विज्ञप्तिमार्फत सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
परराष्ट्रको छानविन
परराष्ट्र मन्त्रालयले तीन सहसचिवको टोली बनाएर राजदुत शेर्पा माथि छानविन अघि बढाएको छ । प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलिया समेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टचारमाहापाल दीपक अधिकारी सम्मिलित टोलीले मन्त्रालय र उनका साथीहरूसँगको सम्पर्क लगायतका विषयमा छानबिन गरिरहेका छन्। छानविन सुरु गरेको लामो समयसम्म पनि टोलीले को सही भन्ने विषय टुँगो लगाउन सकेको छैन । यसले भित्री रुपमा लेनदेन मार्फत मुद्दा साम्य पार्ने रणनीति त हुदै छैन ? भन्ने शंसय उत्पन्न भइरहेको छ ।
छानविन टोली समक्ष बयान दिन काठमाडौँ पुगेकी राजदुत लक्कीको राजनीतिक भेटघाट पनि बाक्लिदै गएको छ । आरोप सार्वजनिक भोलीपल्टै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसबारे गहन तरिकाले अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका थिए । सोही बमोजिम तत्कालै छानविन समिति पनि बनेकै हो । तर, त्यसयता करिब महिना दिन सम्म पनि यथार्थ सार्वजनिक हुन सकेको छैन ।
कनेक्शन श्रीमानसम्म
राजदुत शेर्पाको जन्मभूमि संखुवासभा हो । ४३ वर्षीया लक्कीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । अध्ययनमा तेज उनी अष्टे«लियासँगै विभिन्न मुलुकमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी हासिल गर्ने अवसर पाइन् । विभिन्न सामाजिक संघसंस्थामा कामको अनुभब हासिल गरेकी शेर्पाले अन्तराष्ट्रिय महिला नेतृ अवार्डहरु पनि थापेकी छन् । आदीबासी जनजाति महासंघको सचिब समेत बनेकी उनी ४ बर्ष संविधानसभाको सदस्य समेत भइन् । उनी एमालेबाट संविधानसभा सदस्य चुनिए पनि राजदुतको नियुक्ति भने माओबादी प्रवेश गरेर त्यही कोटाबाट भएकी हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमै उनी राजदुत बनेकी हुन् । उनको नियुक्तिलाई लिएर तत्कालिन माओबादीभित्र निकै विबाद भएको थियो । सवारी चालक वाङ्छु शेर्पाका अनुसार, लक्कीसँगै यो प्रकरणमा उनका श्रीमान सोनामको बढी सक्रियता छ । लक्की श्रीमानले आफुलाई अमेरिका पठाईदिन्छु भन्दै सुरुमा रकम माग गरेको समेत उनले जनाएका छन् । ‘अमेरिका भिषा नलागेपछि मेरी श्रीमति राजदुत बन्दैछिन्, सोही मार्फत मिलाउँछु भनेको थियो’, बाङछुले भनेका छन् । सोनाम केहि समय अमेरिका बसेर नेपाल फर्केका हुन् ।
विवादित राजदुतहरु
प्रवासमा देशको अधिकारिक प्रतिनिधी मानिने राजदुतले विवादास्पद कर्म गर्ने श्रृङखला लक्की प्रकरण मात्र पहिलो घटना होइन् । विदेशी भूमिमा समस्यामा परेकालाई उद्दार र राहत दिनुको सट्टा उल्टै तिनै नागरिकको श्रमको शोषण गर्नेसम्मका घटना विगतमा भएका थिए । सन् २०११ मा साउदी अरेबियाका राजदुत हमिद अन्सारी मृतक नेपाली कामदारको क्षतिपूर्ति रकम दुरुपयोग गरेको अभियोगमा बर्खास्तीमा परेकी थिइन् । सडक दुघटनामा ज्यान गुमाएका झापाका रमेश सुवेदीलाई क्षतिपूर्ति स्वरुप कम्पनीले परिवारजनलाई उपलब्ध गराएको रकम राजदुत आफै झ्वाम पारेकी थिइन् । सन् १०८८ मै अमेरिकाका लागि तत्कालिन राजदुत विश्व प्रधान पुस्तक चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई पदमुक्त गरिएको थियो । सन् २०१३ मा कतारका लागि राजदुत मायाँ कुमारी शर्माले कतारलाई कुटनीति मर्यादा विपरित खुल्ला जेलको सँज्ञा दिएपछि कतार सरकारको दबाबमा उनलाई फिर्ता बोलाईएको थियो । प्रवासमा जे–जस्तो अभियोग लागेपनि विगतको नजिरले यस्ता आरोपित राजदुतहरु बर्खास्तीमा परेका छन् ।
राजदुतको गरिमा र स्वाभीमान
राजदुत नियुक्तिलाई खेलाँचीको विषय बनाईदिदां प्रवासमा नेपाली स्वाभीमानको धज्जी उडेको यथार्थ कसैबाट छिपेको छैन । राजदुत माथि यस्ता गम्भिर खालको आरोप लाग्दा सम्बन्धित देशले त्यहाँका नागरिक र देश प्रति हेर्ने दृष्टिकोण कस्तो होला ? नियुक्ति दिने तहमा बस्नेहरुले यसप्रति कहिल्यै ध्यान दिएनन् । देशको प्रतिनिधित्व गर्ने राजदुत हुनलाई कस्तो किसिमको योग्यता ? कुन तहको कुटनीतिक मर्यादा र आचरण हुनुपर्छ ? भन्ने जस्ता विषयको नजरअन्दाज बिनै राजनीतिक आस्थाका आधारमा अझ भित्री लेनदेनलाई मूख्य विषय बनाइँदा यस्ता समस्या आउने गरेका हुन् । पैशासँग पद साट्ने परिपाटीकै कारण ठाउँ–ठाउँका राजदुतहरु विवादमा तानिएका छन् ।
राजदुत नियुक्ति पूर्व संसदीय सुनुवाई गरिन्छ, तर त्यो यति कर्मकाण्डी हुन्छ, त्यसपूर्व नै उच्च तहमा सम्पूर्ण सहमति भइसकेको हुन्छ । सार्वजनिक सुनुवाईलाई त देखाउने दाँत मात्र बनाईएको हुन्छ । राजनीतिक नेतृत्वले राजदुत पदलाई आफ्नो खल्टीको पद मान्दा जनताको माथिल्लो निकाय पनि निकम्मा हुदोरहेछ भन्ने उदाहरण यहि सुनुवाईलाई हेर्दा फरक पर्दैन । राजदुत नियुक्ति पैशाको चलखेल कतिसम्म हुन्छ भन्ने कुरा एकपटक तत्कालिन फोरम लोकतान्त्रिकको सिफारिशमा ओमनका राजदुतमा नियुक्ति भएकी शर्मिला पराजुली ढकाल प्रकरणलाई हेर्दा हुन्छ । ढकालकै कारण विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक फुटको संघारमा पुगेको थियो । ढकालले अध्यक्ष गच्छेदारलाई ठुलो रकम रकम दिएको तत्कालीन समयमा फोरमकै नेताहरुले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए । राजदुत नियुक्तिलाई लेनदेनको व्यवस्था बनाउन नेताहरुले संविधानमै कुनै त्यस्तो खाश व्यवस्था गरेका छैनन्, जसले उनीहरुलाई भन्ने ठाउँ दिएको छ । संविधानको धारा २८२ मा राजदुत नियुक्तिको व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार, ‘राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदुत वा कुनै खास प्रायोजनका लागि विशेष प्रतिनिधी नियुक्ति गर्न सकिनेछ’ भन्ने उल्लेख छ । संविधान मै राजदुतको योग्यता र आचरण स्पष्ट पारिनुपर्ने परराष्ट्रविद्हरुको भनाईमा दम छ । कुटनीतिक ज्ञान र सीप, सामाजिक रुपमा सर्वस्वीकार्य, सम्बन्धित देशको कानुन, नेपाली समुदायको समस्याबारे जानकार व्यक्तिलाई नियुक्ति गर्न सकियो भने त्यसले सहि परिणाम दिन्छ नत्र राजदुतको गरिमा यसरी नै लिलामी हुदै जानेछ । देशको स्वाभीमान नाश हुदै जानेछ ।
–प्रतिक्रियाका लागिः journal.myagdi007@gmail.com (यो लेख दि नेपाली टाइम्स अष्टे«लियाको जनवरी अंकमा प्रकाशित छ । )
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...