पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान

-- गोपाल छन्त्याल /नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५

पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। स्वास्थ्यमा थप समस्या देखिपछि सुवेदीको चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने भएपछि अष्टे«लियामा रहेका म्याग्देलीहरुले सहयोग संकलन अभियान सूरु गरेका हुन् ।

म्याग्दी जलजला परिवारमा आबद्ध मुक्ति सुवेदी, दीपक भण्डारी लगायतको अग्रसरतामा तीनदेखि अभियान सञ्चालन गरिएको अभियान्ता सुवेदीले जानकारी दिए । ‘सबै साथीभाइहरुसँग सहयोगका लागि अपिल गरेका छौँ, सबैबाट धेरथोर सहयोग पनि आएको छ’, पत्रकार सुवेदीका नजिकको नातेदार समेत रहेका मुक्ति सुवेदीले भने, ‘उर्जाशील पत्रकारलाई बचाउन हामीले यो काम गरिरहेका छौँ ।’ उनका अनुसार, अहिलेसम्म १५ सय डलर भन्दा बढी रकम संकलन भइसकेको छ । ‘अझै हप्तादिन हामीले अभियान सञ्चालन गरेर संकलित रकम परिवारलाई पठाउनेछौँ’, उनले भने । म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् ।

सहयोगका लागि:

Name: Mukti Subedi  (Commonwealth Bank)

Bsb: 062140

AC: 10949678