क्रिकेटमा इतिहास कायम गर्ने मौका
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।
गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ ।
घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ ।
नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।
नेपालले शृङ्खला जित्ने जित्ने आधार
युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो ।
युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ ।
यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ÷छ विकेट लिइसकेका छन् ।
यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको ।
नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।”
नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न आजको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...