श्रेष्ठ र भण्डारीको नयाँ गीत युटुब मार्फत रिलिज

थन्डरस्ट्रोम अडियो भिडियो,अष्ट्रेलियाले सार्वजनिक गरेको
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५

गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारीको नयाँ गीत हाल युटुब मार्फत रिलीज भएको छ, जसमा शब्द,संगीत तथा एरेन्ज किरण भण्डारीको रहेको छ । यस गीतको भिडियो अन्नपुर्ण फिल्मसको निर्देशनमा तयार पारिएको हो भने यसमा अनुराग ठकुरी र श्रेया कार्कीकाे अभिनय देख्न सकिन्छ । ईलाम लगायत नेपालको पुर्वी भेगको सुन्दर दृश्य छाॅयाकंन गरिएको यो रोमान्टिक भिडियो प्रेम-दिवस सप्ताह अर्थात भेलेन्टाइन- विकको मौका पारेर रिलिज गरिएको हो । डान्सिङ मूड र प्रेमी प्रेमिका बीचको हल्का नोकझोक लाई उतारिएको यस गीतलाई रिजन ९ स्टुडिओ सातदोबाटोमा रेकर्ड गरिएको हो भने थन्डरस्ट्रोम अडियो भिडियो,अष्ट्रेलिया ले सार्वजनिक गरेको हाे ।