तपाईंको नयाँ २०७३ कस्तो होस् भन्ने चाहानु हुन्छ ?

-- / प्रकाशित मिति : आइतवार, चैत्र २८, २०७२

वर्ष २०७२ नेपाल तथा नेपालीका लागि शुभ रहेन । वर्षको प्रारम्भमै गएको महाभूकम्प तथा त्यसपछिको भारतको अघोषित नाकाबन्दीका कारण वषृ २०७२ मा नेपालीको मुहारमा खुशी देख्न गाह्रो पर्‍यो । यतिबेला सम्पूर्ण नेपाली पुरानो वर्षको दु:ख र पीडालाई बिर्सेर नयाँ वर्ष २०७३ लाई स्वागत गर्न तयार भएका छन् । यही अप्रिल १३ तारिखदेखि नेपाली नयाँ वर्ष प्रारम्भ हुँदैछ । यही अवसरमा केन्द्रित रहेर द नेपाली टाइम्स अष्ट्ेरलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीहरूलाई उनीहरू वर्ष २०७३ कस्तो होस् भन्ने चाहान्छन् भन्ने जिज्ञासा राखेका छन् ।

 

Devika Bandanaदेविका बन्दना, गायिका

७२ साल मेरो देश नेपालको लागि धेरै नै दुखद रह्यो । प्रँरम्भमा भूकम्प, त्यसपछिको नाकाबन्दीले साधारण जीवन जीउन समेत कठिन गरायो । त्यसैले यो नयाँ वर्ष २०७३ ले सबै नेपालीको घर र जीवनमा सुनौलो बिहानी लिएर आओस् । देश सामान्य अवस्थातिर उन्मुख होस् र सारा नेपालीको मुहारमा उज्यालो देख्न पाउँ, यत्तिमात्र छ मेरो चाहना । सबै कुरा ठिक भएपछि मेरो लागि पनि अवश्य राम्रो हुनेछ ।

 

Smrity Pokharelस्मृति पोखरेल, गायिका/मोडल

सम्पूर्ण नेपालीको मुहारमा हासो देख्न पाउँ, आउने साल अझै खुशीको साथ बितोस् । यही नै मेरो २०७३ सालको शुभकामना छ । जय गीत, जय संगीत ।

 

Amit Pokharelअमित पोखरेल, अभिनेता

मेरो लगायत हामी नेपाली दाजभाइ–दिदीबहिनी तथा सम्पूर्ण नेपालीको उज्वल भविष्य र शान्ति छाओस् हाम्रो नेपाली जन्मभूमिमा ।

 

Basanta Niraulaवसन्त निरौला, निर्देशक

हामी नेपालीलाई खुशी मिलोस् । नाकाबन्दी र भूकम्पले दु:ख नदिओस् भन्ने चाहान्छु ।

 

Baburam Dhakalबाबुराम ढकाल, निर्देशक

वर्ष २०७३ मा भूकम्पले दु:ख नदिओस् भन्ने कामना गर्दछु । प्राकृतिक विपत्तिरहित वर्षको कामना गरेको छु । यति भयो भने बाँकि काम म आफैंले राम्ररी गर्न सक्छु ।

 

ParshuRam Rijalपरसुराम रिजाल, संगीतकर्मी

प्राकृति विपत्तिले फेरी दु:ख नदिओस् । देशका नेताहरूमा सकारात्मक सोच बढोस् र छिमेकीको नाकाबन्दीको मारमा पुन: पर्न नपरोस् । नयाँ वर्ष २०७३ ले देशमा सम्मानजनक बाँच्न पाउने नेपाली स्वतन्त्रताको विकास गराओस् ।

 

Kamal Kiranकमल किरण, गायक

२०७३ साल भूकम्परहित बनोस् । गलत, भ्रष्टाचारी नेताको हातमा भन्दा पनि देशको भलो गर्ने नेताको हातमा सरकार होस् अनि सम्पूर्ण समस्या समाधान होस् । २०७२ सालमा जस्तो कष्ट भोग्नु नपरोस हामी नेपालीले ।

 

Mahesh Pradhan_1महेश प्रधान, फोटोग्राफर

नयाँ वर्षले नयाँ उत्साह र उमंग ल्याओस्, ७२ साल जस्ता नहोस् । सबै जनताले काम गरेर खाने वातावरण बनोस् । सबै जनता खुशी हुन् भन्ने चाहान्छु ।

 

Pabitra Acharyaपवित्रा आचार्य, नायिका

वर्ष २०७३ मा आफ्नो कार्य क्षेत्रमा सक्रिय हुन् पाइयोस् । राजनीतिक अथवा प्राकृतिक कारणले कुनै पनि नेपाली समस्यामा पर्न नपरोस् भन्ने कामना गर्दछु ।