हुवावेविरुद्ध मुद्दा
अमेरिकाको न्याय मन्त्रालयले चिनिया“ दूरसञ्चार कम्पनी हुवावे र कम्पनीका प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्जूविरुद्ध मुद्दा दायर गरेको छ । विश्वको दोस्रो ठूलो मोबाइल निर्माता कम्पनी हुवावेले बैंक ठगी, प्रविधि चोरी र न्याय सम्पादनमा बाधा उत्पन्न गरेको दावीसहित अमेरिकामा मुद्दा दायर गरिएको हो । यद्यपि हुवावे कम्पनीले उक्त मुद्दा अस्वीकार गरेको छ । उसले आफ्ना प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्जूमाथि दायर आपराधिक मुद्दाको समेत अस्वीकार गरेको छ । मुद्दाका कारण अमेरिका र चीनबीच जारी विवाद थप चर्कने आंकलन गरिएको छ । यद्यपि, चीन सरकारले हालसम्म यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । हुवावे कम्पनीले जनवरी २९ मा एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकामा दायर मुद्दाबारे थाहा पाएर कम्पनी निराश भएको’ उल्लेख गरेको छ । कम्पनीले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै ‘दाबी गरिएजस्तो कुनै कुरा उल्लंघन नगरेको र मेङ्गले कुनै गलत कार्य गरेको थाहा नभएको’ जनाएको छ । गत डिसेम्बर १ क्यानडाको भ्यानकुभरमा पक्राउ परेकी मेङ्ग हुवावे कम्पनीका संस्थापककी छोरीसमेत हुन् । क्यानडाले अमेरिकी सरकारको अनुरोधमा भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको थियो । उनीमाथि अमेरिकाद्वारा इरानमा जारी प्रतिबन्ध उल्लंघन गरेको आरोप पनि लगाइएको छ । इरानसंग व्यापार गर्न हुवावे र दुई सहायक कम्पनी हुवावे डिभाइस यूएसए र स्काइकम टेकसंगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व बैंकलाई गलत सूचना दिएको अभियोग हुवावेमाथि लगाइएको छ ।
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...