भारतीय लडाकू विमानले बालाकोटमा रहेको आतंकवादी शिविरमा बम खसालेको दाबी
काठमाडौं, १४ फागुन – भारतले भारत–पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ । भारतका विदेशसचिव विजय गोखलेले मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश–ए–मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको बताएका छन् ।
यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेको तर पाकिस्तानी पक्षले प्रतिकार गरेपछि ती विमानहरू भागेको दाबी पाकिस्तानी सेनाले गरेको थियो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरका अनुसार भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे । त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन ।
भारतीय विदेशसचिव गोखलले गुप्तचरी सूचनाका आधारमा सो कारबाही गरिएको दाबी गरेका छन् । फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीलाई लक्ष्य गरी जैश–ए–मोहम्मदले एउटा आत्मघाती आक्रमण गरेको थियो । आक्रमणमा परी ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतीय वायुसेनाले स्रोतलाई भारतीय वायुसेनाका विमानहरू नियन्त्रणरेखापारि गएका र केही स्थानमा आक्रमण भएको स्वीकारेका छन् ।
भारतीय वायु सेनाको जहाजले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमिमा बम खसालेपछि भारत–पाकिस्तान सम्बन्धमा थप तनाव थपिएको छ ।
भारतले पाकिस्तानी भूमिमा रहेर आतंकवादी गतिविधि गरिरहेको र १४ फेब्रुअरीमा ४० जना सुरक्षाकर्मीको ज्यान जाने गरी पुलवामामा आत्मघाती हमला गर्ने जैस(ए(मोहम्मदको तालिम केन्द्रमा बम खसालेको बताएको छ । उक्त समूहले फेरि पनि भारतमा आक्रमण गर्ने सूचना आएकाले यो आक्रमण गरिएको भारतीय विदेश मन्त्रालयको दाबी छ ।
उता, पाकिस्तानले भने भारतीय वायु सेनाले ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किनेक्रममा बम खसेको दावी गरेको छ ।
पाकिस्तानी विदेश मन्त्री साह मोहम्मद कुरेशीले यस्तो घटना भारतले गर्न सक्ने आँकलन आफूहरूले पहिला नै गरेको बताएका छन्।
‘हामीले दुनियाँलाई भनिरहेका थियौं, भारतले यस्तो गर्न सक्छ । आज उनीहरूले त्यो गरेका छन्,’ विदेश मन्त्री कुरेशीको भनाई छ । उनले भने, ‘पाकिस्तानमाथि खतराको बादल मडारिरहेको छ । पाकिस्तान जीवन्त र बलियो छ । हामी जिम्मेवार राष्ट्र हौं । हामीलाई हाम्रो हितको रक्षा कसरी गर्ने थाहा छ ।’
उनले भारतले आक्रामकता देखाएको उल्लेख गर्दै त्यसको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताए । जवाफ फर्काउने अधिकार हामीलाई छ उनले भने ।
‘पाकिस्तानलाई आफ्नो रक्षाका लागि जवाफ फर्काउने अधिकार छ। हामी जवाफदेही र रणनैतिक तरिकाले जवाफ दिनेछौं,’ विदेश मन्त्री कुरेशीले भने।
भारतले वायुसेवाको आक्रमणमा परी सैयौं आतंककारी मारिएको दाबी गरेको छ । तर रोयटर्स र बिसिसीले घटनास्थलका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एक जना घाइते भएको जनाएका छन् ।
भारतले पाकिस्तानको आतंककारी समूह जैस–ए–मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ ।
आक्रमणपछि पत्रकारसम्मेलन गर्दै भारतीय विदेश सचिव विजय गोखले भने ‘आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे। यो दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमा बम खसालिएको हो,’ गोखलेले भने, ‘आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका छन्। तर यसमा कोही पनि आमनागरिक परेका छैनन् किनकी यो तालिम केन्द्र बाक्लो जंगलबीच थियो।’
उनले पाकिस्तान सरकारको जानकारीबिना जैस ए मोहम्मदले आफ्ना गतिविधि गर्न नसक्ने तर्क गर्दै पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाले यो आक्रमण गर्नु परेको बताए ।
गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा अघिबढिरहेको छ।
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...