बिदेशमा पढ्न जाने सन्तानलाई निरन्तर पैसा माग्नु भनेको मानसिक यातना दिए जस्तै हो

-- बियन पल / प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

दुई दशक अगाडिसम्म बिदेशमा काम गर्न जाने चलन   उग्र थियो र अझै झारी छ। प्रबाश जानुलाई प्रतिष्ठाको बिषय ठानिन्थ्यो  र सकेसम्म प्रत्येक घरबाट होड नै चल्यो,हुनेले खेतबारी बेचेर अनि नहुनेले साहुको एक  बर्षमा डबल दिने सर्तमा त कोहिले श्रीमतीको गरगहना बेचेर नि बिदेश गए।
हाम्रो देशको सुरक्षा प्रणाली र एअरपोर्टको अवस्था सबैलाई पूर्ण ज्ञान छ,खुल्ला सिमा र कुनै आधिकारिक तथ्याङ्क  नभएकोले कति जना बिदेशमा छन र कति फिर्ता  आए कुनै डाटा छैन शायद कमाउन जानेहरु आँफै ठूलो रातो बाकसमा कती आए त्यो पनि रेकर्ड  छैन तैपनी अन्दाजी ५०-६० लाख नेपाली प्रबासमा छौं। जुन १८ देखी ५० बर्षको कर्मशिल र युबा छन्।जिन्दगीको उर्जाशिल समय आफ्नो परिवार र प्रियजनसँग टाढिएर गल्फको ५५ डिग्रिको तातो घाममा आफ्नै छिमेकी भारत र पाकिस्तानीको अन्डरमा काम गर्नु पर्दाको  अपमानले त्यहको  ५५ डिग्री भन्दा बढी शरीर  तातिएर  पनि साहुको  रिण र  खेतबारी साथै श्रीमतीको हगनाको पिरोलोले अपहेलित शरीरको  पसिना जसरी आँफै सुख्छ त्यसै  गरी मनको   ज्वाला सुकाएर  काम गर्न वाध्य छौ,केही अपबाद पनि  छ जहाँ केही नेपालीले आफ्नै योग्यता र दक्षताले राम्रै अबसर  पनि पाएका छन  जुन धेरै न्युन मात्रमा छन।
आज नेपाली संसारको कुना कुना – कुना  पुगेका छन जस्ले गर्दा घरदेशमा लाखौं दलाली कर्ताको  जिन्दगी र मेनपावरको ब्यापार फस्टाएको  छ। दु:खका  साथ भन्नु पर्छ जिबनको  उर्जाशिल समय तिनै नेपालएको पसिनाले सिचेर आज कतार दुबाई साउदी र मलायसिया सुन्दर र हरियाली देश बन्दै छ।तर हामी नेपाली कामदारको जिबन स्तर हिजो खेतबारी बेचेर त्यही बराबरको जग्गा किन्न धेरै मुस्किल छ,बाकी पुर्खौली खेतबारी पुरै बाजो हुँदै गर्दा परिवारको खाना-दाना ब्याबस्थापना गर्दै ३९ पुरा हुदो रहेछ त्यसैले ४० कटेसी नै रहेछ रमाउने।
जिन्दगीले ४० बसन्त पार गर्दै गर्दा अधिकाङ्स का सन्तान १२ सक्न लागेको हुन्छ। अहिलेको चलेको चल्ती बिदेश पढाउने र आफ्नै भोगाइले पनि सन्तानलाई राम्रो शिक्षा-दिक्षा दिन प्रेरित भएर, केहीले गच्छे अनुसार त केहीले चर्को ब्याजदरमा बैंक वा दलाली मार्फत पैसो जोहो गर्छन् दलालीलाई सभ्य भाषामा  कन्सल्टेन्ट भन्छन् यिनै कन्सल्टेन्टले उस्लाई कसरी धेरै कमिसन आउछ त्यसै गरी विद्यार्थी र परिवारजनलाई फकाउने र फुलाउने गर्छन् यस् मध्य एकाध साच्चिकै यथार्थ परक सुचना पनि प्रबाह गर्छन्।
अगाडि उल्लेख गरे जस्तै आफ्नो सन्तान बिदेश पढाउने पठाउने एउटा सामाजिक प्रतिष्ठा र विद्यार्थी बर्गमा पनि १२ कक्षा  सकेर बिदेश नै जाने मानसिकता बन्दै आएको छ। सकी नसकी बिदेश नै पढ्न जानु पर्ने मानसिकताले आज चीन, जापन  युरोप, युके, अमेरिका र अष्ट्रेलिया मुख्य गन्तब्य बनेको छ, प्रायः गरेर भारत र बङालादेशमा पढ्न जानेलाई बिदेश गएको नमानीने अचम्मको संस्कार छ समाजमा । विद्यार्थी बिदेशमा मुख्यत पढ्न नै जाने हो, देश र कलेजको  आधारमा बिभिन्न नीति र नियमहरु भित्र बाँधिएर पढ्नु पर्छ। कलेजमा कम्तिमा ८०% हाजिरी अनिबार्य नै  हुनु पर्छ त्यस पश्चात होमवर्क, रिसर्च र प्राक्टिकल ईत्यादी कती हो कती उसै पनि धेरै नै मानसिक प्रेसर हुन्छ, फेरी बैधानिक रुपमा काम हप्तामा २० घण्टा मात्र हुन्छ त्यो २० घण्टा काम पनि आनै नातेदार  वा नेपालका दलहरुको भातृ संगठन मार्फत मात्र सम्भब छ केही एकाध बाहेक। यसरी बैधानिक  रुपमा काम गरेर कमाएको पैसाले ग्रोसरी र कोठा भाडा नै नपुग हुन्छ यातायात फोन र इन्टरनेट  अनिबार्य जस्तै हाे । कतिको लतको आधारमा चुरोट रक्सी गाजा र सुई पनि लिनु पर्ने हुन्छ । कलेजको फि उस्तै महँगो हुन्छ नेपालबाट आउँदा लागेको ऋणको ब्याज बढेर परिवारको किचकिचले  हद नाघेको हुन्छ आफ्नो र आफन्तको पार्शल  डिमान्ड उस्तै बढी रहेको हुन्छ। अन्य साथीहरुको घरको तला  थपिएको कुरादेखि महँगो कार र जग्गा किनिएको कुराले आँफैलाई ग्लानी फिल गराएको हुन्छ। यसैको प्रेसरले पढाई हापेर नगदमा काम खोजी हिंड्नु पर्छ । कामको  कुनै  सिमा हुन्न भाडा माझ्ने, टोइलेट सफादेखि खाना डेलिभरी र फ्रुइटपिकिङ, कन्स्ट्र्याकसन जे पायो त्यही गर्ने हो । रहर कसैको हुँदैन सबैले सुनिएको बङालादेशमा डाक्टर काण्ड, जापान काण्ड, सिड्नी अनकल काण्ड ग्रिनकार्ड पिआर र स्थानियसँग टाशिने देखी ठगिने र प्रयोग मात्र हुने धेरै समाचार निरन्तर आईरहन्छ। यस्तै अनागिन्ती  तनाब पारिवारिक प्रेसर र कलेजको  कारण युबा अवस्थामा बिषम परिस्थितीसँग सामाना  गर्न नसकेर जापान, अष्ट्रेलिया र अमेरिका तिर नेपाली विद्यार्थी आत्माहत्य गरेका धेरै छन र अझै रोकिएको छैन।
आफ्नो सन्तानको पढाई र प्रगती चाहाने परिवारले बिदेशमा पढन पठाएको सन्तानलाई निरन्तर पैसा माग्नु र छिमेकिको अन्य सङ्ग दाँज्नु भनेको मानसिक याताना  दिनु जस्तै  हो । एकाध बाहेक सबैले कलिलो उमेर यतिबिधी तनाब ब्यबस्थापन गर्न  मुस्किल नै  पर्छ समय हुँदा नै परिवारजन ले सोच्ने हो कि?