अमेरिकाको कुण्ठा एयरपोर्टमा छताछुल्ल ।

-- बिश्वामित्र खनाल / प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

अमेरिकामा रहेका केही नेपालीहरूले नेपालका राजनीतिक दलका नेताहरू तथा उच्च पदस्थ राजनीतिज्ञहरूको अपमान तथा वेइज्जत गर्ने गरेका रहेछन् – नेपाल कम्यूनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले हालै श्रीमती सीता दाहालको अमेरीकामा उपचार गरि नेपाल फर्कदा त्रिभुवन विमानस्थलमा पत्रकारहरूलाई दिनु भएको अन्तर्वाताको एक अंश हो यो । नेपाली जनताका लागि १० वर्षे जनयुद्ध तथा वृहत शान्ति सम्झौता र सो मार्फत संसदीय पद्दतिद्वारा सरकारमा पुगेका नेताहरूलाई किन विदेशमा रहेका नेपालीहरूवाट अपमानित हुन प¥यो ? यो एउटा खोजको विषय हो ।

त्यसैगरि, नेपाली जनताका वृहत्तर हितका लागि वर्षौ जेलनेल भोगेका, प्रवासिएका नेपाली नेता गणहरू माथि विदेशिएका नेपालीहरू मात्रै नभएर, आफ्ना पुराना मित्रहरूवाट पनि असुरक्षित भए भन्दै अलाप गर्दै हिडिरहेकाछन् । जनताको मतद्वारा पटक–पटक निर्वाचित जन–प्रतिनिधिहरू आफुलाई सुरक्षा खतरा रहेको भन्दै सुरक्षाको ठूलो दस्ता लिएर हिड्दैछन् । आखिर किन यस्तो भयो त ?

जनतावाट निर्वाचित जनप्रतिनिधिहरू ठूलो सुरक्षाका घेरामा रहेर जनतावाट डराएर हिडेका नेताहरू अलोकप्रिय भइरहँदा एक दशक अगाडि आफैद्धारा पुर्नस्थापित संसदले गद्दीच्यूत गरेका राजा ज्ञानेन्द्रले भने मध्य तथा पूर्वि तराइमा जनताको बीचमा आफु सुरक्षित छु भन्ने सन्देश दिदै हिडिरहेका छन् । काठमाडौंमा आफ्नो सुरक्षामा खतरा उत्पन्न भयो भनेर जनताबाट निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड रोइलो गाउँदै आफ्ना शिष्य विप्लव माओवादीलाई प्रतिवन्ध लगाउन लगाएका छन् । यसैबीच नेपाल सरकारले प्रचण्डको सुरक्षाका लागि सुरक्षाकर्र्मीको संख्या वढाएर ५९ पुर्याइएको छ, भने पूर्वराजाको नेपाली सेनाको सुरक्षा खोसेर सशस्त्र प्रहरीको जिम्मा लगाएकोछ ।

यी माथिका केही घटनाक्रमहरूले पनि नेपालमा राजनीतिक दलप्रति आमजनताको विश्वास घट्दै गइरहेको र सो क्रममा राजनीतिक दलका नेताहरू पनि अत्तालिएको पुष्टि हुन्छ ।

हिन्दु सनातन धर्ममा राजाको एक झलक पाउँदा मात्रै पनि अहोभाग्य ठानिने देशमा आज तिनै ‘राजा जनताको भिडमा निष्फिक्री हिँडिरहेका छन् । जनताबाटै निर्वाचित भएका प्रचण्ड आज खुलेआम हिँड्न पनि डराउनु पर्ने अवस्थामा पुगेका छन् । जनताकै छोरी, निर्वाचित नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारी हिँड्ने बाटोमा त अरु ‘प्रजा निषेधित सरह छन् । जनताले राष्ट्रपतिको सवारी माथि अवज्ञा गर्न थालिसके भने पूर्व राजाको दर्शन पाउन जनमानस रहरले घण्टौंसम्म लामवद्ध छन् । आखिर किन भयो यस्तो ?

मुलुकका कार्यकारी प्रमुख तथा उच्च ओहदाका व्यक्तिहरूको चाल, चलन र व्यवहारले उनीहरूको व्यक्तित्व मात्र नभएर सिङ्गो प्रतिनिधित्व गर्ने संस्थाको मर्यादा कायम हुने गर्दछ । उदाहरणको लागि, बेलायत, नर्वे, स्विट्जरल्याण्ड, बेल्जियम लगायत युरोपका देशमा राजसंस्था अझै छ । त्यहाँका राजकुमारहरूले सडकमा साइकल चलाईरहेको देख्न पाइन्छ । क्यानडा, अष्ट्रेलियाका प्रधानमन्त्री र मन्त्रीहरूले मेट्रोमा यात्रा गरेको, जनतासँग सेल्फीलिँदै गरेको दृश्यहरू देख्न पाइन्छ । यस्ता व्यवहारले ती व्यक्तिको मात्रै नभएर सो संस्थाको प्रतिष्ठा समेत उच्च पारेकोछ ।

नेपालमा निर्वाचनको समयमा जनताको घर दैलोमा पुग्ने, गाई दुहुने, खेतमा धान काट्ने, जनतासँगै बसेर खाना खानेहरूले सिंहदरबारको साँचो पाउने बित्तिकै उनीहरू अलौकिक हुन पुग्छन् । उनीहरूका बोली ‘महावाणी, उनीहरू हिँडेको ‘सवारी, उनीहरूको पिकनिक पनि ‘औपचारिक भ्रमण हुन पुग्छ भने स्वदेशी अस्पताल मै हुने उपचारका लागि विदेश शयर गर्न मस्त रहन्छन् । हिजो जनयुद्ध र प्रतिवन्धित समयमा गोल्डस्टार जुत्ता लगाएर पाइन्टको गोजीमा दाँत माज्ने ब्रस बोकेर हिँडेकाहरूलार्ई आज पुराना श्री ३ का खलकसँग वैवाहिक सम्बन्ध गाँस्न पाउँदा आफूलार्ई अरु रैती भन्दा उन्नत ठानिरहेका छन् । सिंहदरबारको प्रवेशले नवधनाढ्यको उपमा पाएकाहरू आज आफ्ना नातेदारको उपचार गराउन सिंगापुर, थाइल्याण्ड, अमेरिकामा चाहर्ने गरेकाछन् । मुलुकको विकट भेगमा सिटामोल नपाएर जनता मरेका छन् । हिजो युद्धमा होमिदा शोकलार्ई शक्तिमा बदल्ने बानी रुपान्तरित भएर आएका वर्गहरूमा अहिले ‘शौखलार्ई शौकतमा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यता विकास भएकोछ ।

त्यसैको प्रतिफल आज पूर्वराजा ज्ञानेन्द्र जनताको बीचमा आफ्नो शान सौकतका साथ पूर्वपश्चिम हिडिरहेकाछन् भने जनताका नेता हुँ भन्नेहरू सुरक्षाकर्र्मीको घेरामा बसेर ‘मलार्ई मारेर के पाउँछौं ? गणतन्त्र जोगिन्छ? भन्दै आफ्ना सहकर्मीहरूलार्ई प्रतिवन्ध लगाउँदै आतंककारीको विल्ला भिराउदै छन् ।

अमेरिका विश्वको एउटा त्यस्तो शक्तिशाली देश हो जहाँ संसारले विकास, समृद्धि, अवसर तथा सम्भावनाहरूको अवलोकन तथा उपयोग आफ्नो वौद्धिक क्षमता अनुसार गर्न पाँउछ । कमरेड प्रचण्डले पनि साम्राज्यवादी तथा विस्तावादी अमेरिकामा आफ्नी सतिदेवीको प्राण पखेरुको जीवनको आशा देख्नु भयो र गुहार माग्न पुग्नुभयो । जिन्दगीभर सत्तोसराप गर्नुभएको भूमिमा पाइला टेक्नु भयो । उहाँले सोच्नु भएको थियो कि कुवाको भ्यागुतोलार्ई सदैव लेउले छोप्छ र भ्यागुतोको चिराँउठो स्वरको साक्षि पनि सदैव त्यो लेउ नै वन्छ । तर, अमेरिकामा त्यसो भएन नत त्यहाँ उनको चिराँउठो स्वरको पछि कुनै नेपाली विना तुक संग दौडियो नत कसैले नै उनको स्वागतमा नेपालको एअरपोर्टमा जस्तो भक्तिभाव प्रर्दशन ग¥यो । अमेरिकामा स्वाभिमानमा वाँचेका नेपाली समुदाय उनले भेटे, जसवाट उनी झसंग भए तर्सिन पुगे ।

प्रचण्डका विरुद्ध अमेरिकी अदालतमा परेको उजुरीका कारण उनी भूमिगतरुपमा अमेरीकामा एअरपोर्टवाट निक्लिए भनेर पत्रकार सम्मेलनमा उनले स्पष्टोक्ति दिए । जुनकुराको तुक नै छैन । उनी र उनी लगाएतका राजनीतिकर्मीहरू जनमानसमा स्खलित हुँदै गएको कुरा प्रचण्डले अमेरीका भ्रमण पछि थाहा पाएछन् । त्यसैको चित्कार उनले अमेरीकाका नेपालीहरूलाई पोखे, आफ्नो गल्ति देखेनन् । ती सवै चित्कारहरू एअरपोर्टको पत्रकार सम्मेलनमा देखियो धन्य छ तिम्रा वुद्धि, प्रचण्ड ।