नयाँबर्षमा अष्ट्रेलियन प्रधानमन्त्रीद्धारा शुभकामना सन्देश, नेपाली समुदायको प्रशंसा

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, बैशाख १, २०७६

सिड्नी– नेपाली नयाँ बर्ष २०७६ आइतबारदेखि प्रारम्भ भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुले आ–आफ्नै तरिकाले नयाँबर्षको स्वागत गरेका छन् । यहि नयाँ बर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले समृद्ध अष्ट्रेलिया निर्माणमा नेपाली समुदायको योगदानको उच्च प्रशंसा गरेका छन् ।

आइतबार जारी शुभकामना सन्देशमा उनले भनेका छन्, ‘बहुसाँस्कृतिक र समृद्ध राष्ट्र निर्माणमा हामीले एक–आपसमा प्रतिबद्धता जाहेर गरेका छौँ । शान्ति र स्थायित्व नै हाम्रो विकासको मूख्य आधार हो । मलाई लाग्छ, यसमा नेपाली समुदायको भुमिका महत्वपूर्ण छ, उहाँहरुलाई म धन्यबाद पनि चाहान्छु ।’ त्यस्तै, विपक्षी दलका नेता विल सर्टनले पनि एक सन्देश जारी गर्दै अष्टे«लियामा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।