वाक फर वेल्फेर कस्ताे हाेस् भन्ने चाहन्छन् विद्यार्थीहरु

-- जेब्रा क्रसिङ्ग अप्रिल अंक / प्रकाशित मिति : बुधबार, बैशाख १, २०७३

जन्मभूमिबाट हामी हजारौं किलोमिटर टाढा छाैं। पहिलो पुस्ताका हामी मध्ये धेरै यहाँ विद्यार्थीको रुपमा आएका हौं । कुनै बेला विद्यार्थीको रुपमै अष्ट्रेलिया आएका शेष घले आहिले दोश्रो कार्यकालका लागि डायोस्पोराका नेपालीको सबै भन्दा ठूलो संस्था एनआरएनएको अन्तराष्ट्रिय अध्यक्ष भै सकेका छन् । त्यो भन्दा पनि उनि अष्ट्रेलिया कै धनाढ्यहरूमा आफ्नो नाम दर्ज गराई सकेका छन् । यो यहाँ आउने नयाँ पुराना विद्यार्थीहरूका लागि सबै भन्दा ठूलो उदाहरणर प्रेरणाको श्रोत हो । त्यसैले पनि यो अवसरको भूमिमा अनगन्ति अबसर छन्, तैपनि विद्यार्थी काल एक कठिन समय हो यो समयमा एनआरएनए जस्तो संस्थाले विद्यार्थीहरूको लागि अभिभाबकको भूमिका खेल्न सकेन भनेर गुनासो सुनिरहने क्रम मै एउटा सुखद समाचार आएको छ, त्यो हो विद्यार्थी कल्याणकारी कोष । हालै एनआरएनए अष्ट्रेलियाले विद्यार्थीहरूमा पर्ने विविध समस्या र त्यस्ता समस्यामा अन्य सर–सल्लाहा सहित आर्थिक रुपबाट पनि सहयोग गर्ने उदेश्यले एक लाख डलरको विद्यार्थी कल्याणकरी कोषको अबधारण अगाडी सारेको छ । जसको फन्ड रेजका लागि विविध कार्यक्रमहरू छिट्टै सार्बजनिक हुने एनआरएनए अष्ट्रेलियाले जनाएको छ । यहि सेरोफेरोमा सेरोफेरोमा द नेपाली टाइम्स अष्ट्रेलियाको डिजिटल जेब्रा क्रसिड्डको अप्रिल अंकका लागि हाम्रा पाठक समक्ष विद्यार्थी कल्याणकारी कोषको लागि हाल सिड्निमा वाक फर वेल्फेर सम्पन्न भएको छ । अबको केहि हप्तामा मेलबर्न, ब्रिसबेन, एडिलेड, पर्थ लगायतका शाहरहरूमा पनि फण्ड राइजिङका यी कार्यक्रमहरू हुँदैछन् । यही सेरोफेरोमा ‘तपाई आफै बिद्यार्थी भएको नाताले यो फण्ड कस्ता खालका कार्यक्रम र कस्ता खालका समस्यामा केन्द्रित होस् भन्ने तपाईंको चाहाना या सुझाब छ ?’

सुमन के सी, ब्रिसबेन

बिद्यार्थी कल्याणकारी कोषको लागि कार्यक्रमले बिद्यार्थीहरूको हित र लाभको लागि, एक लाख अष्ट्रेलियन डलर जम्मा गर्ने लक्ष्य रहेछ । अब यसरी जम्मा भएको कोषले बिद्यार्थीहरूको मुख्य समस्याहरूलाई छोएन भने त्यो कोष कल्याणकारी हुन सक्दैन । यसले विद्यार्थीहरूको मुख्य समस्याहरू पत्ता लगाउनु पर्दछ । विद्यार्थीलाई ठूलै रोग लागेमा, त्यो कोषबाट सहयोग हुन्छ भन्ने कुरा राम्रो हो । बिद्यार्थी कल्याणकारी कोष भनेर जम्मा भएको रकम, विद्यार्थीहरूका समस्याहरूमा केन्द्रित होस् भन्ने चाहना हो । कुनै रोग, केही अप्रिया दुर्घटना आदि इत्यादी त सबैलाई पर्न सक्छ, र परेको बेला सहयोग जुटेकै छ, बरु त्यस्ता साझा समस्याहरू पर्दा सहयोगलाई अली व्यस्थित बनाउन अर्को कार्यक्रम संबोधन होस् । तर यस पटकको यो बिद्यार्थी कल्याणकारी कोष, बिद्यार्थीहरूको समस्याहरूलाई जुध्नको लागि होस् । नेपालबाट प्राय: विभिन्न विषयमा पढ्न आएका विद्यार्थीहरू आफ्नो पढाइ पूरा गरेर पिआर समेत पाइसकेका छन् । तर केही यस्ता विद्यार्थीहरूपनि छन् जो फि तिर्न नसकेर विषय र कलेज चेञ्ज गर्दै हिडेका पनि छन् यसबाट के कुरा स्पष्ट हुन्छ भने फि पनि एउटा समस्या हो । यस्ता कुरालाई पनि मनन गर्दै, बिद्यार्थी कल्याणकारी कोषबाट निश्चित छात्रवृतिको पनि व्यबस्था होस् । विद्यार्थीको अवस्था र पढाईको अवस्थालाई विचार गरेर कसकोलागि कस्तो सहयोग आवस्यक छ त्यसलाई त्यस्तो सहयोग गर्न सकेको खण्डमा यस कल्याणकरी कोष साँच्चिकै कल्याणकारी हुनेछ ।

आचल बराल सिड्नी

यो कोषका बारेमा सुन्दा निक्कै खुसी लाग्यो । म जस्तो नब आगन्तुक विद्यार्थीको लागि यहाँ सुरुका दिन एकदमै चुनौती पूर्ण त छँदै छ त्यसको अलबा एकदमै अन्योलपूर्ण छ । धेरै जसो नेपाली विद्यार्थीहरू मध्यम र निम्न मध्यम परिवारबाटै आएका हुन्छन् त्यसैले यहाँ आए पश्चात केहि सहज र सहुलियत हुने कलेजको फि, पार्ट टाइम काम सबैको चाहना हुन्छ । यी दुवै कुरामा यहाँ विद्यार्थीलाई अन्योल छ काम एप्लाई गर्दा रेजुम लगाएतका कुराहरू राम्रो संग तयारी नहुनु र कामको प्रकृती र अन्तरबार्ताको कठिनाइ एकातिर भने एउटै कुरा सोध्दा पनि नेपाली माइग्रेसन एजेन्ट र कन्सल्टेन्सीबाट फरक जबाफ अर्को कन्फुजन को कुरा हो । त्यसैले यस्ता कुराहरूमा अलिकति जानकारी मूलक कार्यक्रमहरू गर्न सके नयाँ विद्यार्थीहरूलाई निकै राम्रो हुने थियो । अर्कोतिर यहाँका नेपाली कन्सल्टेन्सीहरू को काम गर्ने तरिका विद्यार्थी मैत्री भन्दा एकदमै ब्यापारी हुने धेरै साथीहरूको गुनासो छ त्यसैले एनआरएनए जस्तो संस्थाले तिनीहरूका क्रियाकलापमा अलकति भए पनि निगरानी राखिदिए फाइदा हामी सबै विद्यार्थीलाई हुने थियो ।

 

विजय सापकोटा, सिड्नी

विद्यार्थी कल्याणकारी कोष विद्यार्थीहरूकै संग्लग्तामा विद्यार्थीहरू कै हक हितका लागि खोलिएको एउटा संस्था हो । बिशेषत: अष्ट्रेलिया भरि छरिएर रहेका नेपाली विद्यार्थीहरूका समस्याहरू के के हुन् चुनौतीहरू के के हुन् उनीहरूको अवस्था कस्तो छ यी सबै कुराहरूको खोज गरि त्यस्ता समस्या चुनौती समाधान गर्नका लागि यो संस्थाको अबधारणा हाम्रो सामु आहिले छ । यसमा धेरै भन्दा धेरै विद्यार्थिहरूको संग्लान्ग्नता म जस्तो बिद्यार्थी लाई खुसी लाग्नु स्वभाभिक हो । यसरी बन्दै गरेको कोषले निम्न कुराहरूमा केन्द्रित हुन सके बहुसंख्यक विद्यार्थीहरू लाई हित हुन्थ्यो कि जस्तो लाग्छ । नेपाली विद्यार्थीहरूका के कस्ता समस्या छन् तिनको खोज गर्ने र त्यस्ता मस्याहरूलाई समाधानको लागि पहल गर्ने ।

नेपाली विद्यार्थीहरूलाई अकस्मात आइपर्ने स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सहयोग गर्ने । विविध खालका कानुनी झमेला विद्यार्थी भिषा सम्बन्धी समस्या आएमा त्यसको समाधान र सहयोगको लागि ठोस कदम चाल्ने ।

समय समयमा बिभिन्न रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गरेर विद्यार्थीहरूलाई त्यसमा सग्लंग गराएर उनीहरूलाई मार्ग प्रदर्शन गर्ने । विभिन्न कला संस्कृति सम्बन्धी कर्यक्रम गर्ने र नेपाली विद्यार्थीमा भएका विविध प्रतिभाहरूलाई उजागर गर्न मद्दत पुर्याउने ।

 

अनुप खनाल, मेलबर्न

उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया आउने विद्यार्थीहरूको संख्या दिन प्रतिदिन बढ्दै छ विद्यार्थीहरूको चाप सँगै बढ्दै गएको हाम्रो समस्या र पीडामा मलमको काम गर्दै आइरहेको एनआरएनएले यस पटक विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै छ्र । गएका दिनमा हामी माझ घटेका दु:खद घटना हामीलाई अवगतनै छ, डिप्रेसनमा परि गलत कदम उठाउनेदेखि लिएर हस्पिटलको बेडसम्ममा हामी पुगेका छौ । मलाई लाग्छ यो अभियानले पक्कै पनि आउँदो भविष्यमा हामी जस्ता विद्यार्थीहरूलाई निकै मद्दत पुऱ्याउछ । त्यसैले सबै विद्यार्थी साथीहरूलाई यो हाम्रो लागि हो हाम्रो तर्फबाट पनि यो कोष स्थापनार्थ वल्क फर वेलफेरमा सहभगी बनौ ।

 

बैकुण्ठ सिग्देल, सिड्नी

एनआरएनएले सुरु गरेको यो कार्यक्रमको म अत्यन्त प्रसंशा गर्न चाहन्छु । यो आफैमा एउटा अभूतपूर्ब प्रयास हो । अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरूको वास्तविक समस्यालाई बस्तुगत मूल्यांकन गरी समस्या समाधानको मार्गनिर्देशन गराउने जस्तो पबित्र उद्देश्यका साथ सिड्नीदेखि सुरु भएको लहरलाई बाँकी सहरमा पनि सफलता मिलोस भन्ने कामना पनि गर्न चाहन्छु । म एउटा विद्यार्थी भएको नाताले जुन उद्देश्यका साथ कार्यक्रम सुरुभएको छ, यसको उद्देश्य प्राप्तिकालागि केही सुझाब दिन चाहन्छु । बास्तवमा कुनै विद्यार्थी अष्ट्रेलियामा आउने प्रयाससँगै सफलता चुम्ने मनोबलले प्रेरित भएरै आएको हुन्छ । उनीहरूको मनोबल कमजोर हुने समय भनेको मात्र त्यो हो जतिबेला आफ्नै स्वास्थ्यले साथ दिदैन र उ आफन्तको सहयोग खोज्दछ । एनआरएनए प्रत्येक नेपाली विद्यार्थीको अभिभाबक यो कमजोर अवस्थाको सहारा बन्न सक्यो भनेमात्र यस कार्यक्रमको उद्देस्य प्राप्ति हुने छ, एउटा ठोस समिति बनाइयोस जुन विद्यार्थीको सिधा सम्पर्कमा रहोस र विद्यार्थीको अवस्था मुल्यांड्ढन गरि आर्थिक समितिलाई सिफारिस गरोस् । यसले कोषको पारदर्शीता र गम्भीरता दुवै झल्किने छ ।

 

सबिता डि सि, ब्रिसबेन

विद्यार्थी कल्याणकारी कोष शब्द कति सुन्दर छ अझ यसको कार्यान्वयन सफल हुन सकेमा सुनमा सुँगन्ध जस्तो हुने छ । म जस्ता बिद्यार्थी भिषामा अष्ट्ेरलिया आएर यहाँको बैज्ञानिक शिक्षा आर्जन गर्न र यहाँको महँगो ट्यूसन फिको कारणले जीविकोपार्जन गर्न शुरूका दिनमा कठिन हुने गर्दछ तर क्रमैसँग समाधान गर्न सकिन्छ । विविध समस्यालाई सामना गर्दै शिक्षा आर्जन र जीविको पार्जन गर्ने पथमा सफल भइ रहेको अवस्थामा स्वास्थ्य र अन्य विविध कारणबाट विद्यार्थी समस्यामा पर्ने गरेका थुप्रै घटनाहरू घटेको पाइएको छ । यस अवस्थामा एक नेपालीले अर्को नेपाली परोपकारी संस्थाका माध्यमबाट सहयोग गर्नु महान कार्य हो । यो वास्तवमा एक जनाको प्रयासमा असम्भव छ त्यसकारण सबै ब्रिसवेनमा बस्ने नेपालीले आफूले आफ्नै समाजका लागि गर्न लागेको एउटा पूण्य कार्य ठानी तन मन र गक्ष (तोकियको शुल्क) तिरी वाक फर वेल्फेर नारालाई सफल पार्न आफ्नो तर्फबाट सहभागी बनि नेपालीहरूलाई जति सक्दो सहभागिता गराएर अष्ट्ेरलियाको सिड्नी, मेलवर्न जस्ता शहरमा सफलतासाथ सम्पन्न भएकोमा उत्साहित बनि ब्रिसवेनमा पनि अझ बृहत रूपमा सफल बनाउन बिभिन्न सामाजिक संजालका माध्यमबाट ब्यापक बनाई उल्लेख्य सहभागिता गराउनु पर्दछ । यसरी सबैको सहभागिताबाट उठ्ने परोपकारी कोषलाई पारदर्शी र नियमनसँगत रूपमा बिद्यार्थीहरू आइपर्ने आकस्मिक दु:ख पीडा जुन विद्यार्थीको एक्लो प्रयास असम्भव हुन्छ । त्यस्तोमा समुदायका लब्ध प्रतिष्ठित र सामाजिक ब्याक्तित्वको मण्डलीको एउटा निकाय बनाएर कस्तो समस्यालाई महत्व दिने र कतिसम्म सहयोग गर्न सक्ने भनि एउटा सर्वमान्य निकाय बनाइ पिडितको आहतमा मलम लगाउन सके यसको सही उद्देश्य प्राप्ति मान्न सकिन्छ ।

 

प्रमिता शर्मा, विद्यार्थी मक्वाएरी यूनिवर्सिटी सिड्नी

विद्यार्थी कल्याणकारी कोषको लागि गरीएको वाक कर वेयलफेयर कार्यक्रमले म लगायत सम्पूर्ण विद्यार्थीहरूलाई निकै ऊत्प्रेरणा र हौसला प्रदान गरेको छ । यस्तो कल्याणकारी कामका लागि संकलन गरिएको फण्ड दूरुपयोग नहोस् । यी फण्डहरू विद्यार्थीहरूलाई different information regarding immigration, student rules and regulation, career development, internship opportunities लगायतका बिषएमा जानकारी गराउने कूराहरू भएका बिभिन्न website   तथा student guide book को publish गर्नका साथै Student motivation  हुने programme हरू पनि समय समयमा सञ्चालन गर्न प्रयोग गरीयोस् । बिभिन्न सामाजिक कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी गराउनमा मद्दत पुगोस् । Carrier counseling खालको कार्यक्रमहरू,  professional job मा entry गर्ने तरीकाहरू बताउने र professional personality development कसरी गर्ने भन्ने बिभिन्न उपायहरूको बारेमा जानकारी गराऊने खालको कार्यक्रम संचालन गर्नमा सदुपयोग गरीयोस् ।

 

मोम बिश्वकर्मा, सिड्नी

विद्यार्थी कल्याणकारी कोषको लागि गैर आवासिय नेपाली संस्थाले हालै सिड्नीमा सम्पन्न गरेको वाक फर वेयलफेयर तथा अन्य शहरमा समेत हुन गैरहेको यो कार्यक्रम अत्यन्त सरहानीय र उत्साहप्रद छ । यस्ता कार्यक्रम गरी आम नेपाली विद्यार्थीको हक हितको संरक्षण गर्ने कार्य प्रशंसनिय हुंदा हुंदै पनि यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ वा कस्ता समस्यामा केन्ति हुनु पर्दछ भन्ने कुरा महत्वपूर्ण हो । पहिलो कुरा, यो कोष वितरण प्रणाली तयार गर्नुपर्दछ । सो प्रणाली तयार गर्दा विद्यार्थीहरूका कस्ता खालका समस्याहरू प्रमुख रहेका छन् भन्ने कुरालाई ध्यानमा राख्नुपर्दछ । सामान्यतया, नयां विद्यार्थीहरू जो अष्ट्रेलियामा अध्ययनका लागि आउंछन् उनीहरूलाई शुरुका दिनमा सेटल हुन निकै कठिन हुने गरेको छ । यदि यस कल्याणकारी कोषको साथसाथै हटलाईन सेवा समेत उपलब्ध भए नयां विद्यार्थीहरूले आर्थिक तथा अन्य सहयोग प्राप्त गर्न सक्ने छन् । सबै विद्यार्थीहरूलाई यो सेवा आवश्यक नहुन पनि सक्छ । जो विद्यार्थीका आफन्त तथा साथीभाई हुंदैनन् वा सहयोग गर्ने कोही पनि नभएको सन्दर्भमा उनिहरूको सेटलमेन्ट तथा काममा समेत लगाईदिने व्यवस्थाका लागि केही सहयोग उपलब्ध गराउन सकिन्छ । त्यस्तैगरी, भिसा सकिन लागेका, कामबाट निकालिएका, विश्वविद्यालको चर्काे शुल्क तिर्न नसकी अप्ठयारोमा परेका, गम्भीर विरामी परि उपचार खर्च जुटाउन नसकेका तथा आपतकालिन समस्याहरू जस्तै मृत्यु तथा मानसिक रोगबाट ग्रसित विद्यार्थीहरूका लागि पनि यस कोषले उपयुक्त र प्रभावकारी ढंगले सहयोग पुरयाउन सक्दछ । दोश्रो कुरा, कोषको प्रभाकारी कार्यन्वयनका लागि नातापाता र चिनजानका आधारमा वितरण गर्ने भन्दा पनि जो कोहीले समस्या दर्शाएर निवेदन हालेमा सो विद्यार्थीको समस्या हो वा होइन भन्ने चेक जांच गरी सहयोग उपलव्ध गराउनु पर्दछ । त्यस्का लागि एक हटलाईन वा इमेल सेवा उपलब्ध गराउनु पर्ने हुन्छ । ती सम्पर्क माध्यमलाई बढि भन्दा बढि प्रचार प्रसार गरी सबैलाई जानकारी दिन सक्नुपर्दछ ता की आवश्यक परेका विद्यार्थीहरूले तुरुन्त सेवा प्राप्त गर्न सक्ने छन् ।

 

सरोज कार्की, सिड्नी

आफ्नो घर परिवारबाट टाढिएर नयाँ सपना अनि सुनौला भबिष्य बोकेर हिँडेका थुप्रै विद्यार्थीहरू अष्ट्रेलियामा सघर्ष गर्दै आइरहेका छन् । यही विद्यार्थीे जीवनकालमा उनीहरूले निकै दु:ख कष्टलाई झेल्दै अघि बढीरहेका हुन्छन् । कतिले दु:खको घडिलाई सजिलै पार गर्छन् भने कति विद्यार्थीेले कुनै पनि विकल्प भेटिरहेका हुँदैनन् । यो दु:खको घडीलाई सहज बनाउन हालै विद्यार्थीे कल्याणकारी कोष खडा गरिएको छ र सिड्नी वाक फर वेयलफेर सम्पन्न भएको छ जुन एउटा प्रशंसनीय कार्यको थालनी भएको छ । मलाई लाग्छ यो कोषमा जम्मा भएको रकम कुनै विद्यार्थीेको स्वास्थ्यलाई लिएर खर्च गर्नु उत्तम ठान्दछु । हामीले खबरहरू सुन्दै आईरहेका छौँ कि अष्ट्रेलियामा उपचारका क्रममा पैसाको अभावले ज्यान गुमाएका खबरहरू धेरै छन् । त्येसैले मेरो प्राथामिकता भनेको बिद्यार्थीको स्वास्थ्यलाई नै जानेछ ।

 

गणेश गौतम, सिड्नी

सर्बप्रथम त एनआरएनलाई वाक फर वेयलफेयरमा अभिभाबकीय भूमिका खेलेकोमा बिशेष धन्यबाद दिन चाहन्छु । जुन अत्यन्त सह्र्रािनय छ । एउटा विद्यार्थीको नाताले म मात्रै होइन सम्पूर्ण बिद्यार्थी जगतबाटै भर्खरै सम्पन्न यस कार्यक्रमबाट भविष्यमा भबितब्य रुपमा आईपर्ने समस्याको लागि सक्दो सहयोग सद्भावको आशा एबम अपेक्षा गरिएको छ ।

बर्तमान अवस्थामा अष्ट्रेलियामा रहेका विद्यार्थीले निकै ठूला आर्थिक र सामाजिक समस्या र चुनौतिको सामना गरिरहेको देखिन्छ, जसमा यस कार्यक्रमले मुख्यत टेवा पुर्याउन पर्ने देखिन्छ । समस्याहरू यति धेरै छन् कि कुनै कार्यक्रममा ५०/७० जना भेला भएर ५००० भन्दा बढीका समस्या नबुझी समाधान निकाल्न सकिदैन । यसका लागि सर्बप्रथम एनआरएनले सम्पूर्ण विद्यार्थीलाई समेट्नको लागि जुनसुकै र जस्तोसुकै कदम पनि चाल्न पछि हट्नु हुदैन । सम्पूर्ण विद्यार्थीको ७० प्रतिशत बिद्यार्थी यस कल्याणकारी कोषमा आबद्ध नभईञ्जेल समस्या खोतल्नु भन्दा जतिसक्दो विद्यार्थीलाई समेट्ने कुरामा एनआरएन लगायत सम्पूर्णको ध्यान जाओस् ।

 

सन्तोष पोखरेल, विद्यार्थी

म लगायत प्राय: धेरै विद्यार्थीको विदेशमा बसेर पठ्ने अनुभव पहिलो हुनसक्छ । यो समय रमाइलो, झन्झटीलो वा धेरै नै गाह्रो भएको हुनसक्छ । धेरै विद्यार्थीमा विदेशी हुनु अगावैको मीठो कल्पनाले धेरैलाई विदेशी माटोमा धकेली रहेको हुन्छ । अन्तत ऊ विदेश गएरै छोड्छ । त्यसपछि उसको विद्यार्थी भएर राम्ररी पठन पाठन सिध्याउने सपनामा अनेकौ वाधा अड्चनहरू आई पर्छ । धैरै पटक भोको पेट, अनिन्द्रा लगायत कहिले काहि मृत्यको नजिक पनि पुगिसकेको हुन्छ । स्वास्थ्य समस्या, कानुनी समस्या, घरायसी समस्या, आर्थिक समस्या आदिले उसलाई सताइरहेको हुन्छ । त्यसैलाई आधार मानेर यदि NRNA को Walk for Welfare केन्द्रित भएर हरेक semester को पहिलो हप्ता सबै विद्यार्थीलाई समेट्ने गरी हरेक suburb वा भिक्टोरीया स्टेटको केन्द्रमा कार्यक्रम गरेर विद्यार्थीलाई अष्ट्रेलिया आए पछि के के कुराहरूमा ध्यान दिनुपर्छ र कस्ता कस्ता समस्या आउछन् र त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने र समस्यामा परेका विद्यार्थीहरूलाई समाधान गरे यो फण्ड वास्तवमा विद्यार्थीकै हक हितमा केन्द्रिकृत रहेछ भन्ने मेरो ब्यक्तिगत धारणा हुनेछ ।

 

सविता निरौला, विद्यार्थी

कयौं कन्सल्टेसीले आफ्ना फाइदाका लागि दिएका गलत सुझाव र सल्लाहमा धेरै विद्यार्थीले कानुनी ब्यवधान भोगेका छन् । त्यसलाई आधार मानेर कानुनी उपचार दिन सक्ने online portel कानुनी सल्लाह दिने व्यक्ति जसलाई विद्यार्थीले आफूलाई अप्ठ्यारो परेको बेला जुन सुकै बेलामा निशुल्क कानुनी उपचार पाउने गरी भिक्टोरायामा विद्यार्थी सम्पर्क कार्ययल खोलिनु पर्छ जस्तो लाग्छ । अष्ट्रेलियामा आएका विद्यार्थी मध्ये आपत विपत परेका, रोग लागेका, जेहेन्दार तथा आर्थिक स्थित कमजोर भएर पढाई अधुरो हुने स्थितिमा पुगेका अथवा अकालमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्नेमा NRNA  को Walk for Welfare  केन्द्रित होस् ।