नेपाल यू-१९ विश्वकपमा छनोट हुन असफल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६

काठमाडौं-  नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो ।

प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।

तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।