आठौं राष्ट्रिय खेलकुदमा आर्मीको वर्चस्व

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६

नेपालगञ्ज– कार्यवाहक राष्ट्रपति नन्दकिशोर पुनले आगामी नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरेसँगै अप्रिल २४ का दिन आठौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा समापन भएको छ । विभिन्न वाचा र अड्चनका बावजुद वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणमा गण्डकी प्रदेशमा भेट्ने वाचासहित सम्पन्न भएको हो ।

सहभागी टोलीको मार्च पास र नेपाली सेनाको नृत्य गरी सामान्य तरिकाबाट समापन समारोहको अन्त्य गरिएको थियो । समापन समारोहमा कार्यवाहक राष्ट्रपति पुनले यस पटक भएका कमीकमजोरीबाट पाठ सिक्दै गण्डकी प्रदेशमा भव्यताका र समयमै सम्पन्न गर्न सन्देश दिँदा सरोकारवालालाई एकताबद्ध भएर त्यसका लागि लाग्न सुझाएका थिए । यस पटक केही कमजोरीहरू भएको औल्याउँदै कार्यवाहक राष्ट्रपति पुुनले गण्डकी प्रदेशमा आयोजना गर्नका निमित्त छिट्टै कार्य अगाडि बढाउन खेलकुदलाई निकायलाई निर्देशन दिएका थिए ।

त्यससँगै राष्ट्रपति पुनले नवौं संस्करण २०७७ सालमा गर्नका लागि गण्डकी प्रदेशका अध्यक्ष सम्पन्न श्रेष्ठलाई झन्डा हस्तान्तरण गरेका थिए । सोही अवसरमा राखेपका बोर्ड सदस्य अस्मिता गुरुङलगायतको टोलीले आगामी वि.सं.२०७७ साल फागुन २० देखि २७ सम्म नवौं संस्करण गर्ने वाचासहित संयुक्त रूपमा झन्डा फहाराएका थिए ।

सोही अवसरमा समापन समारोहको अध्यक्षता गरेका राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले यस पटक भएका गल्ती नवौं संस्करण नदोहोरिने वाचासहित गण्डकी प्रदेशमा समयमै नवौं संस्करण हुने दाबी गरेका थिए । उनले नवौंका लागि आवश्यक धेरै पूर्वाधार अहिले नै बनिसकेकाले गण्डकी प्रदेशमा समयमै आयोजना हुने बताएका हुन् ।

आयोजक प्रदेश–५ का अध्यक्ष भीम ओलीले ३३ वर्षसम्म दुई वर्षको अन्तरालमा हुन नसकेको राष्ट्रिय खेलकुद आफ्नो क्षेत्रमा समयमै भएकोमा खुसी व्यक्त गर्दै कयौं पूर्वाधारले यस क्षेत्र सजिएको उल्लेख गरे। यसअघि बुधबार नै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकीलाई दिने निर्णय गरेको थियो ।

युवा तथा खेलकुदमन्त्रीको अनुपस्थितिमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले नवौं खेलकुदको आयोजनाका गण्डकी प्रदेशलाई दिएको थियो । प्रदेश–१ (साबिकको पूर्वाञ्चल) मा सातौं समापनकै अवसरमा नै आठौं प्रदेश–५ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुरूप नवौं संस्करण गण्डकीमा गर्ने राखेपले बाध्यकारी निर्णय गरेको थियो ।

त्यसैले दुई दर्जन सदस्यीयको बोर्ड बैठकमा ६–७ जना सदस्य मात्र सामेल भएका थिए । त्यो निर्णयसँगै गण्डकी प्रदेशमा नवौं संस्करण हुने भएको छ । यसअघि पोखरामा दोस्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना गरेको थियो । त्यसअघि अन्तिम दिन (अप्रिल २४) त्रिभुवन आर्मी क्लबले पुरुष फुटबलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै आठौंमा १ सय ४०औं स्वर्ण पदक जितेपछि यस संस्करणको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो ।

प्रतियोगिताको अन्तिम दिन ४ खेलको प्रतिस्पर्धा सकिएसंगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको हो । आठौंमा पनि विभागीय टोलीले वर्चस्व कायम रहँदा शीर्ष तीन स्थान विभागले हात पा¥यो । त्रिभुवन आर्मी क्लबले १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक टिम च्याम्पियनको उपाधि उचाल्यो । नेपाल पुलिस क्लबले ६२ स्वर्ण, ४७ रजत र ४६ कांस्य गरी कुल १५५ पदकसहित दोस्रो र एपिएफ क्लबले तेस्रो स्थान प्राप्त गर्दा ५३ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कुल २०१ पदक पदक जित्यो ।

 

विभागित टोलीको वर्चस्व

ठूलो खेल महोत्सवको प्रमुख आकर्षण हुन्छ— एथलेटिक्स । अझ भनौं, एथलेटिक्सजस्ता खेलले नै ठूला खेल महोत्सवलाई रोमाञ्चक तुल्याउँछ । ती प्रतियोगिता चाहे, ओलम्पिक्स हुन् वा एसियाड । हाम्रो आफ्नै राष्ट्रिय खेलकुद पनि यसबाट अपवाद हुने कुरा भएन । आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सका खेल दाङमा भएका थिए र त्यसमा वर्चस्व रह्यो, आर्मीको । आर्मी एथलेटिक्समा टिम च्याम्पियन सावित भयो । आर्मीले कुल २१ स्वर्ण पदक जितेर शीर्ष स्थान हात पा¥यो । त्यसपछिका दुई स्थान पनि विभागीय टोलीकै पक्षमा रह्यो । एपीएफ ८ स्वर्णसहित दोस्रो र पुलिस ३ स्वर्णसहित तेस्रो भए । एथलेटिक्सकै लागि भनेर बेलझुन्डीमा सिन्थेटिक ट्रायक ओछ्याइएको थियो र यो नै उक्त क्षेत्रका लागि राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । काठमाडौं बाहिर यो नै पहिलो यस्तो सुविधा हो र यसले स्थानीय खेलाडीहरूलाई ठूलो फाइदा पुग्ने तय छ । चन्द्रकला लामगादे यसपटकको प्रतियोगितामा एथलेटिक्सतर्फ सबैभन्दा सफल सावित भए । चन्द्रकलाले कीर्तिमानसहित दुई स्वर्ण पदक जितिन् । उनले महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमान रचिन् । त्यसअघि बनेको कीर्तिमान पनि उनकै नाममा थियो । त्यो कीर्तिमान चन्द्रकलाले सटपुटमा बनाएकी थिइन् । उनले विगत केही वर्षयता सटपुटमा चार पटक र ज्याभलिन थ्रोमा तीन पटक आफ्नो कीर्तिमानमा सुधार ल्याइसकेकी छिन् । चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् ।

 

भारोत्तोलन

भारोत्तोलनमा पनि आर्मीकै वर्चस्व रह्यो । बाँकेमा भएको प्रतियोगितामा आर्मीले पुरुषतर्फ र पुलिसले महिलातर्फ सर्वाधिक पदक जिते, तर समग्रमा अगाडि रह्यो, आर्मी । आर्मीले कुल १० वटा स्वर्ण जितेको थियो भने पुलिसको नाममा रह्यो, ९ वटा स्वर्ण । उक्त प्रतिस्पर्धामा व्यक्तिगत प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी पनि चयन गरिएको थियो । त्यसमा पुरुषतर्पm उत्कृष्ठ चुनिए, अनुभवी खेलाडी कमलबहादुर अधिकारी । महिलातर्फ भने देवीकुमारी चौधरी उत्कृष्ट घोषित भइन् ।

 

ब्याडमिन्टन

नेपाली ब्याडमिन्टनमा एपीएफले आप्mनो वर्चस्व जमाउन थालेको धेरै वर्ष भैसकेको छ र यो क्रम आठौं राष्ट्रिय खेलकुदमा पनि देखियो । यसपटक ब्याडमिन्टनका खेल दाङमा सञ्चालन गरिएका थिए, जहाँ यो खेल आपैंmमा लोकप्रिय छ । कोर्टतिर भने एपीएफ ४ स्वर्णसहित पहिलो स्थानमा रह्यो । आर्मी पनि धेरै पछाडि रहेन, उसले ३ वटा स्वर्ण जित्यो । पुरुष एकलको उपाधि दीपेश धामीको नाममा रह्यो । महिलातर्फ यस्तै उपलब्धि रसिला महर्जनले चुमिन् ।

 

हक्की

कुनै समय हक्की नेपालमा खुबै लोकप्रिय थियो । पछि यसले आफ्नो लोकप्रियता गुमायो र लगभग शून्यको स्थितिमा झरेको थियो । अहिले फेरि नेपाली हक्की अघि बढ्ने प्रयासमा छ र यस क्रममा सञ्चालित राष्ट्रिय हक्कीमा च्याम्पियन भयो– आर्मी । पुरुषको फाइनलमा आर्मीले पुलिसलाई सजिलै ४–१ ले हरायो । पुलिसले यही प्रतियोगिताका लागि भनेर टिम तयार पारेको थियो ।

 

कपर्दी

आप्mनै विशेषताले भरिएको खेल हो– कपर्दी । यसमा केही समययता आर्मीको वर्चस्व रहँदै आएको छ र फेरि एकपटक त्यही इतिहास दोहोरिएको छ, बर्दियामा । कपर्दीको पुरुष फाइनलमा आर्मी विजयी रह्यो । आर्मीले फाइनलमा प्रदेश नम्बर ५ लाई पराजित गरेको थियो । महिलातर्फ पनि आर्मी नै पहिलो भयो जसको फाइनलमा उसले फरक टिमलाई पराजित गरेको थियो र दोस्रोमा चित्त बुझाउने टिम थियो– पुलिस ।

 

बुद्धिचाल

ठाकुरद्वारा नगरपालिकाको गैंडा क्याम्पमा सञ्चालन गरिएको थियो, बुद्धिचालका खेल । त्यसमा महिलातर्फ विजयी भइन्– आर्मीकी सुजना लोहनी । उनले ९ मा ९ अंक ल्याइन । एक प्रकारले प्रतियोगितामा उनको एकछत्र राज रह्यो । लोहनीले निकै सहजतापूर्वक स्वर्ण पदकसम्मको यात्रा तय गरेकी थिइन् । पुरुषतर्फ भने पुलिसका पुरुषोत्तम चौलागार्इं पहिलो भए । उनले चर्चित खेलाडी मनिष महाललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य तुल्याए ।

 

बास्केटबल

बास्केटबलका खेलको आतिथ्य घोराहीले गरेको थियो । यसमा पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिस पहिलो स्थानमा रहे । आर्मीले पुरुषतर्फ स्वर्ण पदकका लागि प्रदेश– ३ लाई पराजित गरेको थियो र स्कोर रह्यो– ७६–५८ । महिलातर्फ भने पुलिसले पनि प्रदेश–३ लाई नै पन्छाएको थियो र स्कोर थियो– ७४–५४ । गण्डकी टिम एकप्रकारले दुर्भाग्यशाली रह्यो । गण्डकी प्रदेश दुवै स्पर्धामा फाइनल पुग्न त सफल भयो, तर पहिलो भने हुन सकेन् ।

 

कुस्ती

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत कुस्तीका खेल कपिलवस्तुमा सञ्चालन भएका थिए र त्यसको सबैभन्दा ठूलो विशेषता रह्यो, विभागीय टोलीको वर्चस्व नहुनु, जुन अरू खेलमा देखिँदै आएको छ । कुस्तीको राष्ट्रिय प्रतियोगितामा प्रदेश–२ ले पुरुषतर्फ ६ स्वर्णसहित शीर्ष स्थान हात पा¥यो । महिलातर्फ भने प्रदेश–७ हाबी रह्यो जसले ६ स्वर्ण जित्यो । यस पटकको राष्ट्रिय खेलकुदमा कुस्ती नै त्यस्तो खेल रह्यो, जहाँ विभागीय टोलीले आप्mनो बलियो उपस्थिति देखाउन सकेको छैन ।