थ्रीडी प्रिन्टेड मुटु
इजरायली वैज्ञानिकहरूले थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनी सहितको मुटु निर्माणमा सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञानको क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रूपमा लिइएको छ । यसअघि वैज्ञानिकहरूले मानव शरीरको कोषहरू मात्र बनाएका थिए । त्यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरूबाट निर्माण गरिनु हो । धमनीसहितको मुटु विकास गरिएको यो पहिलो घटना हो । इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले तयार पारेको यो मुटु अहिले नै पूर्ण रुपमा काम गर्न भने सक्षम छैन । यद्यपि पहिलो पटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका छन् । थ्रीडी प्रिन्टेड यो मुटुको आकार भने खरायोको जत्रो मात्र छ । यद्यपि अनुसन्धानकर्ताहरू चाँडै नै मानवका लागि प्रयोग गर्न सकिने मुटु पनि तयार गर्न सकिनेमा विश्वस्त छन् । वास्तवमा यो पुस्ताको थ्रीडी प्रिन्ट रिजोलुसनमा मात्र सीमित छ । यस्तो स्थितिमा अत्यन्त मसिना रक्त धमनी बनाउन कठिन सावित हुनेछ । यो कठिनाइबाट पार पाएपछि नै मानवका लागि निर्माण सम्भव हुनेछ ।
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...