ब्ल्याक होलको तस्बिर सार्वजनिक
अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक गरेका छन् । इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) परियोजनामा सामेल वैज्ञानिकहरूले विश्वभरका ६ वटा दूरबिन उपयोग गर्दै उक्त तस्बिर लिएका हुन् । यसलाई अन्तरिक्ष विज्ञानमै ठूलो उपलब्धि मानिएको छ । यसअघि फिल्म, तस्बिर आदिमा देखाइने ब्ल्याक होलको तस्बिर काल्पनिक थियो । आकाशगंगा ‘एम ८७’ मा ५ करोड ५० लाख प्रकाशवर्ष टाढा रहेको यो ‘ब्ल्याक होल’ को तस्बिरमा ग्यास र प्लाज्माको सुन्तला रङको प्रकाश निस्किरहेको देखिएको छ । ब्ल्याक होलको तस्बिर खिच्न अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युटको अगुवाइमा खगोल वैज्ञानिकहरूले विश्वभर फैलिएको रेडियो टेलिस्कोपको एउटा नेटवर्क बनाएका थिए । यसैलाई इभेन्ट होराइजन टेलिस्कोप परियोजना भनिन्छ । ब्ल्याक होल धेरै शक्तिशाली गुरुत्वाकर्षण क्षेत्र भएको खगोलीय शक्ति हो । तान्ने क्षमताका कारण यसको नजिक गएका केही पनि बाँच्न सक्दैनन् । ब्ल्याक होलको चारैतिर एउटा सीमा हुन्छ । त्यो सीमालाई इभेन्ट होराइजन भनिन्छ । त्यसमा वस्तु झर्न त सक्छ तर फिर्ता आउन सक्दैन । त्यसैले यसलाई ब्ल्याक होल भनिएको हो । यसले आफू माथि पर्ने सबै प्रकाशलाई अवशोषित गरेर त्यसको सट्टामा केही परावर्तित गर्दैन ।
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...