सोनाक्षी र रेनिशा भए चाइल्ड आइकन
काठमाडौं— छैठौं संस्करणको ‘चाइल्ड आइकन–२०१६’ को उपाधि सोनाक्षी श्रेष्ठ तथा रेनिशा कार्कीले जितेका छन् । शनिवार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यो प्रतियोगिताको ग्रान्ड फिनालेमा ओलम्पिया स्कूलकी सोनाक्षीले ‘चाइल्ड आइकन २०१६ जूनियर’ तथा लिटिल एञ्जल्स स्कूलकी रेनिा कार्कीले ‘चाइल्ड आइकन २०१६—सिनियर’ को उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा डिउभी स्कूलकी आरुषी जलान तथा सरस्वती बोर्डिङ स्कूलकी काजोल अधिकारी जूनियर तथा सिनियरतर्फका फस्ट रनर्स अप भए भने ओलम्पिया स्कूलकै येरुषा सिटौला तथा सोही विद्यालयकी आयुश्री सिंहले सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाए ।
प्रतियोगितामा यथार्थ श्रेष्ठ र साम्राज्ञी राउतले मोस्ट चार्मिङ, शिन्जा अधिकारी तथा शिवांगी शाहले बेस्ट क्याटवाक, आसिफ मलिक तथा रुजल राजोपाध्यायले बेस्ट पर्सनालिटी, नूर श्रेष्ठ तथा विभूति घिमिरे बेस्ट परफरमेन्स, लक्ष्य रजक तथा ओन्स गौतमले मोस्ट फोटोजेनिक, शीम्रा साम्पाङ तथा आर्या बज्राचार्यले बेस्ट डिसिप्लिन, सुभल अवाले तथा सोना भेटवालले क्याटेष्ट चाइल्ड, रेशिका तण्डकाुर तथा अमिर चन्द्र विवेकले मोस्ट कन्फिेडेन्ट, रोजा श्रेष्ठ तथा काजोल अधिकारीले बेस्ट हेयर, सिल्फ श्रेष्ठ तथा चुनौती लिम्बुले बेस्ट स्किन, जस्मिन काफ्ले तथा धनञ्जय कर्णले बेस्ट स्माइल, सैफ मलिक तथा मुस्कान वैद्यले बेस्ट फ्रेन्डशीप, एन्भी श्रेष्ठ तथा दिप्शा प्रधानले मोस्ट हेल्दी, सभर जंग खड्का तथा सूर्य विदुसी दाहालले बेस्ट सोसल सर्भिस, आर्यन अमात्य तथा स्वर्णीमा श्रीले स्मार्ट चाइल्ड विधाको एवार्ड जित्न सफल भए ।
यसैगरी सम्भव श्रेष्ठ तथा प्रवेश पौडेलले मोस्ट हेन्डसम, येरुषा सिटौला तथा प्रियंका थापाले मोस्ट ब्युटिफूल, कृतिका सिंह तथा नेहा धितालले मोस्ट पपुलर भ्युअर्स च्वाइस, रेशिका तुलाधर तथा आर्या बज्राचार्यले बेस्ट ड्ेरस, आरुषाी जलान तथा आभास श्रेष्ठले एक्टिभ किड, कृतिका सिंह तथा रिकिशा शाहीले स्टाइलिस किड, आयतिश गौतम तथा मुस्कान वैद्यले अल राउण्डर, इकिन राजथला तथा दीवा शाहले मोस्ट इनोसेन्ट, जशानी व्यञ्जनकार तथा उन्नती शाक्यले मोस्ट निट एण्ड क्लिन, मेरिशा बराल तथा श्रेया बलमे बेसट लिडरशिप, प्रत्युष मान सिन्हा तथा बासुदेव काफ्लेले मोस्ट क्रिएटिभ, स्वाधा राज तथा निरज श्रेष्ठले ह्याप्पि गो लक्की किड, सैफ मलिक तथा मुस्कान बैद्यले बेस्ट प्यारेन्ट्स, रोजा अधिकारी तथा तनुश्री बस्नेतले बेस्ट हेल्पफूल, निर्बिशा राउत तथा सिमसिम लिम्बुले क्विक किड, शाहिल घिमिरेले बेस्ट सेन्स अफ ह्युमर, कृष जैसवाल तथा शुभम शाहले पावर ब्याकको उपाधि जित्न सफल भए ।
मिडियो ल्याण्डद्वारा आयोजित यो प्रतियोगिताको कोरियोग्राफी गायिका प्रसंसा श्रेष्ठले गरेकी हुन् । प्रतियोगिताको क्रममा निशा देसार, जुना प्रसाईं, प्रसंसा श्रेष्ठ, रुपक डोटेल आदि गायक–गायिकाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शसस्त्र प्रहरीका डिआईजी शैलेन्द्र खनाल, टेलिभिजनकर्मी संगीता श्रेष्ठ, फेसन डिजाइन मुक्ता श्रेष्ठ, गायक निर्णय श्रेष्ठ, अभिनेता गजित विष्ट, सञ्चारकर्मीद्वय प्रभात रिमाल, गायिका सविना कार्की, ब्युटिसियन सीता पाठक आदि निर्णायकको रुपमा रहेका थिए ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...