म्याग्दी जलजला परिवार अष्ट्रेलियामा फेरि भण्डारी

सिड्नीः म्याग्दी जलजला परिवार अष्ट्रेलियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिबमा माधव सुवेदी, सहसचिबमा रिम भण्डारी, कोषाध्यक्षमा गँगा फगामी, र सहकोषाध्यक्षमा सुवास भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रमोद खत्री, किसान पुन, सुरेश मल्ल, मोहन पुन, दिपेश गुरुङ्ग, बृद्धिमान मल्ल, दलबहादुर खत्री, प्रकाश केसी छन् । एक जना महिला सदस्य पछि थप गरिने नवनिर्वाचित सचिब माधब सुवेदीले जानकारी दिए । यसअघि, भण्डारीकै अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोकाले सिड्नीमा खेलकुद र विभिन्न सामाजिक अभियानमा जलजला परिवारले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
बन्दसत्रले उपाध्यक्षमा दीपेन्द्र भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिब सुवेदीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित गरेको थियो । सन् २०१२ मा पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाका अष्ट्रेलिया बस्ने म्याग्देलीहरुले यो संस्था स्थापना गरेका थिए । त्यसयता संस्थाले म्याग्दीसँगै अष्टे«लियामा धवलागिरि गाउँपालिका अतिरिक्त समस्यामा परेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सामाजिक अभियान मार्फत सहयोग गर्दै आएको छ । सिड्नीमा भलिबलको क्रेज बढ्दै जाँदा म्याग्दी जलजला परिवारले हरेक प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिब सुवेदीले जानकारी दिए । संस्थाले महावीर पुनले सञ्चालन गर्दै आएको राष्ट्रिय आविस्कार केन्द्रलाई समेत सहयोग गरेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थाको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सामाजिक कार्य र खेलकुद प्राथामिकतामा राखिएको बताए । नवनिर्वाचित पदाधिकारीलाई मोना अष्ट्रेलियाका अध्यक्ष रोकाले शुभकामनासँगै सपथ ग्रहण गराएका थिए ।

काठमाडौं– गायक राज के गोस्वामीले बुद्ध जयन्तीको अवसर पारेर आफ्नो पृथक शैलीको...

काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम...

काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

सिड्नी– खेल जगतका लागि एउटा दुखद खबर छ । अस्ट्रेलियाका दिग्गज क्रिकेटर...

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको...

काठमाडौं– गायक राज के गोस्वामीले बुद्ध जयन्तीको अवसर पारेर आफ्नो पृथक शैलीको...

काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम...

काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

सिड्नी– खेल जगतका लागि एउटा दुखद खबर छ । अस्ट्रेलियाका दिग्गज क्रिकेटर...

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको...