सावित्रा र युकेश वर्ष खेलाडी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १९, २०७६

काठमाडौं- फुटबलकी सावित्रा भण्डारी ‘साम्बा’ प्याराग्लाइडिङका युकेश गुरुङले १६औं संस्करणको पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन् । नेपाल एकेडेमी कमलादीमा मंगलबार भएको अवार्ड कार्यक्रममा सावित्रा महिलातर्फ र युकेश पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन् ।

साम्बाले मनोनयनमा रहेकी जुडोकी मनिता श्रेष्ठ ‘प्रधान’, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र भलिबलकी सरस्वतीचौधरीलाई पछि पारेका थिए । सावित्राले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महŒवपूर्ण योगदान दिएकी थिइन् ।

यस्ता इतिहासमा पहिलोपटक भारतलाई २–१ ले हराउँदा सावित्राले दुवै गोल गर्न सफल भएकी थिइन् । यस्तै नेपाललाई पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउनमा मुख्य भूमिका निभाएकी सावित्राले

विराटनगरनमा सम्पन्न महिला साफ च्याम्प्यिनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता महिला फुटबल लिगको सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी रहेकी थिइन् । अवार्ड हात पारेसँगै सावित्राले एन्फा, महिला कमिटी, रेफ्री शुक्र तामाङ र प्रशिक्षक हरि खड्काको योगदानले यहाँसम्म आइपुगेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

पुरुषतर्फ प्याराग्लाइडिङका युकेश गरुङले क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका शुक्रबहादुर राईलाई पछि पार्दै वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्न सफल भए । युकेशले इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टका रजत पदक जितेका थिए । एसियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी, डेब्यु खेलमै सर्वाधिक स्कोर रहेका थए । स्याङजामा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपका कास्य पदक विजेता बनेका थिए । अवार्ड जितसँगै युकेशले मिहेनतले नै यो सफलता हात पारेको बताए ।

प्याराग्लाइडिङका योगेश भट्टराईले पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका छन् । योगेशले उत्कृष्ट प्रशिक्षक विधामा एथ्लेटिक्सका धनिराम चौधरी, फुटबलका हरि खडका, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पार्दै अवार्ड हात पारे । योगेश २० वर्षपछि नेपाललाई एसियाली खेलकुदमा रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक रहेका थिए ।

उनकै प्रशिक्षणमा नेपालमा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपमा नेपाली टोलीलाई कास्य पदक जिताउन सफल भएका थिए । यस्तै दक्षिण कोरियामा भएको प्रि वल्र्डकप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । गतवर्ष एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएका प्याराग्लाइडिङ टोलीले टिम अफ दि इयर टोली बनेका छन् ।

एसियाडमा पहिलोपटक समावेश भएको खेलमा पहिलो सहभागितामा नै नेपाली टोलीले रजतपदक जित्न सफल भएको थियो । त्यसैलाई आधार मान्दै मञ्चले प्याराग्लाइडिङ टोलीलाई टिम अफ दि इयर घोषणा गरेको हो । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्डबाट एआईपीएसका महासचिव तथा पाकिस्तान खेलकुद राइटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मल्लिक सम्मानित भए ।

पिपुल्स च्वाइसमा रेश्मा
भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गर्दै पिपल्स च्वाइसको अवार्ड जित्न सफल भएकी हुन् । उनले ८७ हजार मत ल्याइन् । दोस्रो स्थानमा रहेकी फुटबलकी सावित्रा भण्डारीले कुल मतको २९ प्रतिशत अर्थात् ६७ हजार मत ल्याइन् । बडिबिल्डिङका महेश्वर महर्जनले १५ प्रतिशत तथा ब्याडमिन्टनका प्रिन्स दाहालले १३ प्रतिशत तथा सन्दीप लामिछानेले ८ प्रतिमात्रै मत ल्याइन् ।