कारागारमा ग्याङ फाइट हुँदा ५७ को निधन
ब्राजिलको एक कारागारमा जुलाई २९ का दिन दुई समूहबीच ग्याङ फाइट हुँदा ५७ जनाको मृत्यु भएको छ । पारा प्रान्तमा रहेको अल्टामिरा जेलमा भएको उक्त घटनामा १६ जना कैदीको घाँटी काटिएको र ४१ जनाको आगलागीका कारण निस्सासिएर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । स्थानिय समय अनुसार बिहान ७ बजेको नास्ता खाने समयमा कमान्डो भर्मेल्हो र कमान्डो क्लेस ए भन्ने दुई समूहबीच झडप भएको प्रान्तीय जेलर प्रमुख जरबास भासकोनसेलसले बताएका छन् । कमान्डो क्लेस ए समूहका केही व्यक्तिहरुले कमान्डो भर्मेल्हो समूहका व्यक्तिहरु राखिएको कोठामा आगो लगाइदिएपछि झडप भएको प्रान्त सरकारले जनाएको छ । करिव ५ घन्टापछि झडप नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । बन्दीको कब्जामा परेका दुई जेलअधिकारीहरु पनि मुक्त भएका छन् । उक्त जेलमा क्षमताभन्दा बढी कैदीहरु रहेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलमा विश्वकै तेस्रो धेरै कैदीहरु छन् । त्यहाँ करिव ७ लाख ४ हजार कैदीहरु छन् । कैदीहरु धैरै भएका कारण ब्राजिलका जेलहरुमा भीडभाड हुने र झडप भइरहन्छन् । गत मेमा पनि विभिन्न कारागारमा झडप हुँदा ४० जना कैदी मारिएका थिए ।
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...