पोखरामा प्रथम प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

पोखरा- नेपाल फुल कन्ट्याक्ट कराते महासंको मुख्य आयोजना र युनाइटेड नेप्लिज क्योकुशिन एड्भान्समेन्टको सह आयोजनामा पोखरामा सम्पन्न भएको प्रथम प्रसिडेन्ट फुलकन्ट्याक्ट कराते प्रतियोगितामा २०१९ पोखरामा सम्पन्न भएको छ ।

राष्टिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको इतिहासमा पहिला पटक सर्वाधिक नगद पुरस्कार राखिएको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख रुपैयाँ पुरस्कार राखिएको थियो ।

प्रथम नेपाल क्यूकिसन कराते च्याम्पिएनसिप पुरुष तर्फको उपाधी कास्कीका रुपक नेपालीले जित्न सफल भए । फाइनल बाउटमा रुपकले १ मिनेट पनि खर्चिनु परेन । फाइनलका लागि मैदानमा उत्रिएका कञ्चनपुरका सोनी सिंह सुनारले रुपकसंग आत्मसर्मपण गर्दै खेल त्यागेका थिए । उपाधी संगै रुपकले नगद १ लाख रुपैयाँ हात पारेका छन भने दोश्रो हुने सोनीले नगद ५० हजार प्राप्त गरे ।

यसै गरि महिला तर्फको उपाधी कैलालीकी मञ्जु बिकले हात पारेकी ीछन् । उनले समेत नगद एक लाख हात पारिन् । अन्तिम प्रतिष्पर्धात्मक फाइनल बाउटमा मञ्जुले काठमाडौंकी निशा बोहरालाई पराजित गरेकी हुन् । दोश्रो भएकी निशाले नगद ५० हजार प्राप्त गरिन् ।

रोमाञ्चक खेल प्रदर्शन गर्दै नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघका खेलाडी काभ्रेका सन्देश मानन्धरले ललितपुरका खेलाडी विनयसिंहलाई पराजित गदै तेस्रो स्थान हासिल गरे । उनले नगद २५ हजार प्राप्त गरे भने महिला तर्फ मकावानपुरकी नविना घलानले सिन्धुपाल्चोककी पूर्णिमा श्रेष्ठलाई पराजित गर्दै तेश्रो भइन । उनले नगद २५ हजार प्राप्त गरिन ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघका अध्यक्ष तथा ब्रान्च चिफ अशोक कुमार श्रेष्ठद्वारा उद्घोषण गरिएको उक्त प्रतयोगिताम विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बहादुर बस्नेत लगाएतले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल फुल् कन्ट्याक्ट कराते महासंघको आयोजना र यूनाइटेड नेपलिज क्यूकिशन एडभान्समेन्टको सह प्रायोजनमा भएको कार्यक्रममा महिला ५० केजी खुल्ला तौल तर्फ २३ र पुरुष ५५ केजी खुल्ला तौल तर्फ २२ जना गरि कुल ४५ जना खेलाडीको सहभागिता रहेको थियो ।