उत्तरदायी, पारदर्शी र स्मार्ट एनआरएनए

-- डा. हेमराज शर्मा / प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

 

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको हो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको छ । स्थापना भएको १६ वर्षको अवधिमा ८१ देशमा औपचारिक सञ्जालको विस्तार गरेर बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ । गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता, आप्रवासी कामदारहरुसँग जोडिएका ऐन कानून आदिमार्फत गैरआवासीय नेपालीहरुका हकहितको सम्बोधन भएका छन् । यस्ता कानुनी व्यवस्थाले हामीमा मातृभूमीप्रतिको दायित्व झन् थपिएको छ ।
सन् २००३ मा संघको स्थापनाको समय भन्दा हामी अहिले एउटा छुट्टै ‘इरा’मा आइ पुगेका छौँ । यस अवधिमा धेरै प्रविधिले फड्को मारेको छ । देशको राजनीति स्थिति र अन्तर्राष्ट्रिय आर्थिक धरातलमा व्यापक परिवर्तन आएको छ । बाहिर बस्ने नेपालीहरुको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनुका साथै उनीहरुको आर्थिक तथा पेसागत अवस्था सवल बन्दै गएको छ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु (विदेशमा जन्मे हुर्केको पुस्ता) को संख्या क्रमशः बढ्दो छ । संघका संस्थापकहरु यतिखेर संघको सकृय नेतृत्वमा हुनु हुन्न । बदलिएको यस परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको रोडम्याप तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको छ । यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वासका साथ संघको आगामी कार्यकाल (सन् २०१९ देखि २०२१) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसि)को महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
म लगातार १४ वर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रहेर यस अभियानमा निरन्तर लागिरहेको यहाँहरुलाई अवगत नै छ । गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, आईसिसि प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार छु । विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल यस समितिको संयोजकको भूमिका निर्वाह गरिसकेको छु । यस समितिमा रहेर संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका कोर्नेदेखि संघका अधिकांश नियमावलीहरु निर्माण गर्ने सवालमा नेतृत्वदायी भूमिका खेलेको छु । यो बीचमा सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन गर्ने अवसर पनि मिल्यो । कार्यकारी पदमा नरहँदा पनि संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्वपूर्ण बैठक गोष्ठीमा भाग लिँदै आएको छु । हालसम्मका पाँच वटै अध्यक्षहरु (उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्ट) को विभिन्न समितिमा रही प्रत्यक्ष सम्पर्कमा रहेर केही न केही भूमिकामा काम गरेको छु । गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकारलगायतका आप्रवासी हकहितका विषयमा राष्ट्रिय मिडियाहरुमा कलम चलाउँदै संघको वास्तविकता सुसुचित गराउँदै आएको छु ।
संघको ऐतिहासिक दस्ताबेजको संकलन, प्रकाशन, तथा संघ र यसका अभियानसम्बन्धी लेख तथा रचना प्रकाशन गरी जनमानसमा पुर्याएको छु । संघभित्रका यी अनुभव साथै मैले बेलायतको एक प्रतिष्ठित विश्वविद्यालय, जापान सरकारको राष्ट्रिय प्रयोगशालामा अध्यापन र अनुसन्धानबाट आर्जन गरेको अनुभवबाट पनि गैरआवासीय नेपाली संघ लाभान्वित हुनेछ भन्ने विश्वास लिएको छु । यसर्थ म महासचिवमा निर्वाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिक वर्गको प्रतिनिधित्व हुनुका साथै संघमा यो वर्गको सहभागितालाई उत्साहित गर्नेछ । जसले गर्दा ज्ञान, सीप र प्रविधि नेपालमा भित्र्याउने संघको योजनामा टेवा मिल्ने विश्वास लिएको छु ।
विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने मित्रहरुलाई म पद र प्रतिष्ठाका लागि भन्दा संघलाई ठोस् योगदान दिने उद्देश्यले गैरआवासीय नेपाली संघमा सक्रिय हँुदै आएको तथ्य अवगतै छ । तर, कार्यकारी पदमा बसेर संघलाई अझ बढी योगदान दिन सकिन्छ भन्ने महसुस गरेर महासचिव पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । म स्पष्ट दृष्टिकोण, कार्ययोजना र प्रतिबद्धताका साथ आएको छु । संघ बलियो भयो भने मात्र मातृभूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ संघलाई संस्थागत रुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । मेरो उम्मेदवारीसंगै निम्न सात निर्देशक सिद्दान्त (मन्त्र)लाई आत्मसात् गर्दै महासचिवको हैसियतमा काम गर्ने प्रतिबद्दता जाहेर गर्दछु ।
१) सबैको एनआरएनए (ल्च्ल्ब् ायच बिि)ः अहिले संघमा अत्यन्त न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध छन् । यसमा पनि महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता अत्यन्त न्यून वा शून्य छ । आम गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचना आवश्यक रहेकोले परिवर्तन गरिनेछ ।
१.१) भिजन २०२० एण्ड बियोण्डको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानव कल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गरिनेछ । विभागको नेतृत्व ६ जना उपाध्यक्षहरुले गर्नेछन् । सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुने गरी विधानमा परिवर्तन गरिनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु आफ्नो दक्षता अनुसारको विभागको सदस्य रहनेछन् । हालका समितिहरुले यी विभागहरु अन्तरगत कार्य गर्नेछन् । विभागहरुको कार्यसम्पादन गर्न सचिवालयमा आवश्यक कर्मचारी छुट्याइनेछ ।
१.२) दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीप्यता कायम गर्न हरेक राष्ट्रिय परिषदमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ । नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्नसिप (ष्लतभचलकजष्उ) गर्न सक्ने व्यवस्था मिलाइनेछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन प्रेरित गरिनेछ ।
१.३) वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे एक श्वेतपत्र तयार गरिनेछ । यसका लागि यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ । प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर छुट्टाउन विधानमा व्यवस्था गरिनेछ ।
१.४) प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा क्ष्लष्तष्ब िएगदष्अि इााभचष्लन (क्ष्एइ) मार्फत थोरै आम्दानी हुने नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।
१.५) संघको उद्देश्य र कार्यक्रमहरुबारे आम गैरआवासीय नेपालीहरुलाई सुसूचित गरिनेछ । यसका लागि सामाजिक सञ्जाल, विद्युतीय सन्चार माध्यम, विभिन्न प्रशिक्षण सामाग्री (डकुमेन्ट्री, न्यूजलेटर आदि) को प्रयोग गर्नुका साथै विदेशस्थित नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिनेछ । संघले अहिले सञ्चालन गरेको ःझदभचकजष्उ दभलभाष्त कार्यक्रमलाई व्यापक बनाइनेछ ।
२) सबल र जीवन्त एनआरएनए (क्तचयलन बलम खष्दचबलत ल्च्ल्ब्)ः गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको नमूना संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गरिनेछ ।
२.१) संघको काठमाडौँस्थित सचिवालयलाई अझ बढी व्यवस्थित गरिनेछ । कर्मचारीहरुको दक्षतालाई अभिवृद्धी गर्नुका साथै सचिवालयलाई प्रविधियुक्त बनाईनेछ ।
२.२) नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रभावकारी संवाद र सहकार्य गर्न एक विशेष संयन्त्र तयार गरिने छ ।
२.३) नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय गर्न पुलको रुपमा काम गरिनेछ । गैरआवासीय नेपालीहरुलाई आफू बसेको देशका स्थानीय समुदायसँग ष्लतभनचबतष्यल गर्न तथा स्थानीय सरकारसँग सहकार्य गर्न राष्ट्रिय समन्वय परिषद (एनसिसि)हरुको क्षमता वृद्धि गरिनेछ ।
२.४) एनसिसिहरुको स्वायत्ततालाई आत्मसात् गर्दै संघमा अनुशासन कायम गर्न विधि, विधान र नियमावलीलाई अक्षरस पालना गरिने छ ।
२.५) आइसिसि र यो सँग आवद्ध निकायहरु (एनसिसि, समिति, टाक्सफोर्स, क्षेत्रीय संयोजक) बिच प्रवाभकारी संवाद र समन्वय गरिनेछ ।
२.६) संघसँग आवद्द पदाधिकारीहरुलाई प्रशिक्षणको व्यवस्था गरिनेछ ।

३) स्मार्ट एनआरएनए (क्mबचत ल्च्ल्ब्)ः गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाइनेछ ।
३.१) संघका सम्पूर्ण गतिविधिलाई समावेश गरी एउटा ‘एनआरएनए एप्स’को विकास गरिनेछ ।
३.२) संघका प्रत्येक सदस्यलाई ’बारकोड’ सहितको एक डिजिटल परिचयपत्रको व्यवस्था गरिनेछ, ताकि हरेक सदस्यले परिचयपत्र आफु अनुकूल हुने डिभाइसमा डाउनलोड गर्न र उपयोग गर्न सकून् । यस्तो डिजिटल परिचयपत्रको व्यवस्थाले भौतिक परिचयपत्र छाप्ने र वितरण गर्ने लाखौं रुपैयाँको बचत हुनेछ । सो परिचय पत्रमा स्थायी सदस्यता नम्बर कायम गरिने छ ।
३.३) संघका सम्पूर्ण सदस्यको इलेक्ट्रोनिक डाटाबेस तयार गरिनेछ । डाटावेसको माध्यमबाट ईलेक्ट्रोनिक प्रविधीलाई प्रयोग गरी संघ र पञ्जीकृत सदस्यहरुबीच सिधा संवादको व्यवस्था गरिने छ । संघले हाल प्रयोग गर्दै आएको एमआईएस सिष्टमलाई सरल र सुरक्षित बनाइने छ । सदस्यहरुको व्यक्तिगत विवरण र कागजात एनसिसिको मातहतमा जनरल डाटा प्रोटेक्सन रेगुलेसनको पालना गर्दै सुरक्षित राखिनेछ ।
३.४) आइसिसिका बैठक सञ्चालन, मिटिङ माईनटको रेकर्ड, मतदान, उपस्थितिको रेकर्ड राख्न एउटा छुट्टै ईप्रोग्राम तयार गरिनेछ ।
३.५) भविष्यमा अनलाइन भोटिङको व्यवस्था गर्न ब्लकचेन (दयिअपअजबष्ल), ईलेक्सन रनर (भभिअतष्यल चगललभच) जस्ता भरपर्दा प्रविधि वा सेवा प्रदायकको प्रयोगबारे अध्ययन गरिनेछ ।
३.६) संघसँग सम्वन्धित दस्ताबेजहरुलाई ईलेक्ट्रोनिक रुपमा परिणत गरी सहज उपलव्ध हुने व्यवस्था गरिनेछ ।
३.७) एनसिसि तथा आइसिसिका पदाधिकारीहरुले कार्य सम्पादन गर्दा संघको आधिकारिक ईमेल प्रयोग गर्न निर्देशित एवं व्यवस्थित गरिने छ ।
४) परिणाममुखी एनआरएनए (च्भकगति(यचष्भलतभम ल्च्ल्ब्)ः गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने छ ।
४.१) संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक तरिकाले निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गरिनेछ । आइसिसि र एनसिसिका गतिविधि यिनै कार्ययोजनामा केन्द्रित हुनेछन् ।
४.२) परियोजना छनोटसम्बन्धी नीति बनाइने छ । एनआरएनएको क्षमताले भ्याउने मात्र योजनाहरु छनोट गरिनेछ । योजनाको छनोट, पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाइनेछ ।
४.३) हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा आधारित केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना गरिनेछ । यस्ता कार्यक्रमहरुलाई प्रभावकारी र मितव्ययी बनाइने छ ।
४.४) नेपालमा सञ्चालन गरिने ‘एक एनसिसि एक परियोजना’ जस्ता कार्यक्रममा एनसिसिहरुबीच सहकार्य गर्ने वातावरण तयार गरिनेछ । नेपालभित्र गरिने परियोजनाहरु नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा परिचालन गरिनेछ ।
४.५) संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरु काठमाडौं बाहिर बिस्तार गरिनेछ ।

५) दीगो एनआरएनए (क्गकतबष्लबदभि ल्च्ल्ब्)ः सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतहरुको खोजी गरिनेछ ।
५.१) भिजनः २०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्न सचिवालयमा छुट्टै कर्माचारी छुट्टयाइने छ । एनआरएनए फाउण्डेसन सञ्चालनसम्बन्धी विनियम तयार गरिनेछ । यस फाउण्डेसनमार्फत संसारभरि रहेका गैरआवासीय नेपालीले आफ्नो इच्छा अनुसारको रकम सहयोग गर्न सक्ने छन् भने समाज कल्याणका सबै कार्यक्रम एनआरएनए फाउण्डेसनमार्फत गरिनेछ ।
५.२) गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्युनतम् प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने व्यवस्था गरिनेछ ।
५.३) संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरुसमक्ष (इलेक्ट्रोनिक डेटाबेस प्रयोग गरेर) आफ्नो उत्पादनको विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिइनेछ ।
५.४) कल्याणकारी र अध्ययन तथा अनुसन्धान परियोजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट आर्थिक सहयोग लिन विज्ञहरुको एक समिति गठन गरिनेछ ।

६) ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए (ल्च्ल्ब् ायच कपष्िि, पलयधभिमनभ बलम ष्ललयखबतष्यल)ः गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गरिनेछ ।
६.१) अहिले सञ्चालनमा रहेका ल्च्ल्ब् ब्अबमझथ, ल्भउब िएयष्अिथ ँयचगm, ल्च्ल् क्अष्भलअभ ँयगलमबतष्यल, क्पष्िि प्लयधभिमनभ बलम क्ष्ललयखबतष्यल ऋयmmष्ततभभ र प्राविधिक समितिबीच समन्वय गर्नका लागि यी सबै निकायहरुलाई एउटै विभाग अन्तर्गत ल्याइनेछ ।
६.२) ज्ञकत ल्च्ल् न्यिदब िप्लयधभिमनभ ऋयलखभलतष्यल ले सिफारिस गरेका सुझावहरुको कार्यान्वयन गराउन पहल गर्ने तथा यस्तो सम्मेलनलाई निरन्तरता एवं आवश्यकता अनसार विस्तार दिइने छ । नेपाल सरकार, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली विश्वविद्यालयहरु, साथै नेपालभित्र र बाहिर रहेका पेसागत संस्थाहरुसँग सहकार्य गर्दै यस सम्मेलनको क्षेत्रलाई अझ बढी व्यापक बनाइनेछ । सम्मेलनलाई ज्ञान, सीप र प्रविधिको आदान(प्रदान गर्ने थलोका रुपमा विकसित गरिनेछ । यस्ता कार्यक्रमहरुमार्फत नेपालमा ज्ञान र सीपमा आधारित अर्थतन्त्र (पलयधभिमनभ(दबकभम भअयलयmथ) को विकासको लागि गैरआवासीय नेपालीहरुलाई उत्प्रेरित गरिनेछ ।
६.३) नेपाल सरकारको नीति तथा योजना निर्माणतहमा गैरआवासीय नेपालीहरुलाई प्रतिनिधित्व गराउन लबिङ गरिनेछ ।
६.४) नेपाल सरकारले सुरु गरेको द्यचबष्ल न्बष्ल ऋभलतचभ तयार गर्न सहकार्य गरी बढी भन्दा बढी गैरआवासीय नेपाली दक्ष र विज्ञको विवरण तयार गर्न सहयोग गरिनेछ ।
७) उत्तरदायी र पारदर्शी एनआरएनए (ब्अअयगलतबदभि बलम तचबलकउबचभलत ल्च्ल्ब्)ः गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गरिने, निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने साथै आर्थिक पारदर्शिताका कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गरिनेछ ।
७.१) आम गैरआवासीय नेपाली र एनसिसिका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिनेछ । एनआरएनए र आम गैरआवासीय नेपालीबीच सिधासम्पर्क गर्नका लागि विधुतिय माध्यमबाट ‘गैरआवासीय नेपालीसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार) बारे पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिनेछ ।
७.२) पदाधिकारी संघका सदस्यप्रति उत्तरदायी रहने, र उच्चआचरण कायम राख्नुपर्ने साथै संघलाई बिशुद्ध गैर(राजनीतिक सामाजिक संस्थाको रुपमा कायम राख्ने वैधानिक व्यवस्था गरिनेछ । एनसिसि र आइसिसिका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाईने छ ।
७.३) एनआरएनएका महत्वपूर्ण सूचना प्रवाह गर्न एकल आधिकारिक संयन्त्र प्रयोगमा ल्याईनेछ । संघका दीर्घकालिन असर गर्ने र अन्य महत्वपूर्ण निर्णयहरु गर्दा विधानसम्मत संघका सदस्यहरु, एनसिसि र आइसिसिका पदाधिकारीहरुसँग परामर्श गरिनेछ ।
७.४) एनआरएनको आर्थिक विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।
यी प्रतिवद्धताहरु मेरो व्यक्तिगत अनुभवको आधारमा प्रस्ताव गरेको हुँ । यी अपूर्ण हुन सक्छन् । तपाईहरुका उपयुक्त सल्लाह र सुझावहरुलाई पनि आत्मसात गर्दै मेरो कार्ययोजनामा राख्नेछु । अन्तमा, विगतमा विधिविधान र संघको हितलाई केन्द्रमा राखेर निर्णय गर्दा कहिलेकाँही अग्रज र साथीहरुको चित्त दुखेको भए क्षमा दिनु हुनेछ भन्ने विश्वास गर्दै आफ्नो अमूल्य मत दिई महासचिव पदमा मेरो उम्मेदवारीलाई समर्थन र सहयोग गर्नु हुन सबै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई सविनय अनुरोध गर्दछु ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव पदका उम्मेदवार डा. शर्माको निर्वाचन प्रतिवद्धतापत्र