नेपाली मार्शल आर्ट्स प्रशिक्षकलाई स्विट्जरल्याण्डमा अन्तर्राष्ट्रिय गोल्ड अवार्ड
काठमाडौं- अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरल्याण्डद्वारा नेपालका फुल कन्ट्याक्ट विधाको नेपाल क्योकुशिन-सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठलाई ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेशनल वक्र्स अफ मार्शल आर्ट्स(२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत भएका छन् ।
सिहान श्रेष्ठलाई विश्व भरीका मार्सल आर्ट्स क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरुलाई विशिष्ट तहकोे अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो ।
मार्शल आर्ट्सको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको यति ठुलो तथा सम्मानित अवार्ड नेपालले प्राप्त गरेको यो पहिलो पटक हो ।
मार्शल आर्ट्सको क्षेत्रमा अनवरत रुपमा २५ वर्ष भन्दा बढी सेवा गरेको, जापानको तर्फबाट नेपाल प्रमुख भई कार्य गरेको, कम्तिमा ६ डान ब्ल्याक बेल्ट प्राप्त भएको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते सेमिनारहरुमा सहभागी भई अनुभव बटुलेकोे, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रशिक्षक तथा रेफ्रिको अनुभव लिएको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको तथा विभिन्न पुरस्कारहरु प्राप्त गरी ख्याती कमाएको मापडण्ड पुरा भएपछि श्रेष्ठ उक्त अवार्डद्वारा पुरस्कृत भएका हुन् ।
उक्त अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघका अध्यक्ष डा।सोके हेइन्ज कोहनेन तथा अन्तर्राष्ट्रिय संयोजक पीएचडी हान्सी हर्वट इ। फोस्टरद्वारा सिहान अशोक कुमार श्रेष्ठलाई गोल्ड अवार्डको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा विश्वका चर्चित ग्राण्ड मास्टरहरु वल्र्ड प्रोफेसनल किक बक्सिङ्ग च्याम्पियन विल वालेस सुपर फुट, विल वालेस सामुयल कोक, ड्रयागन लेडी हलिवुड स्टार सिन्थिया रोथ्रोक, वल्र्ड प्रोफेसनल किकबक्सिङ्ग च्याम्पियन द लेडी ल्याङ्ग मिस डायसी तथा तथा पावर लिफ्टिङ्ग मिस आगाटा डाउडीङ्गको विशेष उपस्थिती रहेको थियो ।
विश्व भरीका मार्सल आर्ट्स क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरुलाई विशिष्ट तहकोे अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९ स्विटजरल्याण्डमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अमेरिका, युरोप, एसिया लगायतका ३६ वटा राष्ट्रबाट प्रतिनिधीहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रममा महासंघद्वारा मार्शल आर्ट्सको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विभिन्न देशका १८ जना विशिष्ट व्यक्तित्वहरुलाई विशिष्ट अवार्डहरुको लागि मनोनयन गरिएको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...