पुसमा प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता
काठमाडौं- नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ ।
संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने जनाएको छ ।
नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठका अनुसार प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट करा“ते प्रतियोगितामा विभिन्न ७/७ तौल समुह गरी जम्मा १४ समूह प्रतियोगिता सञ्चालन गरिने छ ।
प्रतियोगितामा नेपाल, भारत, जापान, फिलिपिन्स, स्पेन, मोरोक्को, श्रीलंका, कम्बोडिया, बंगलादेश, चिन, उरुग्वे, ईटाली, स्विटजरलैण्ड, पाकिस्तान, ईण्डोनेशिया, बेलायत, ईरान, नेदरलैण्ड, ब्राजिल, चिली, अष्टेलिया, अल्जेरिया, आर्मेनिया, भुटान, जर्मनी, साउथ अफ्रिका, थाईल्याण्ड गरी कम्तिमा २५ देशका पुरुष तथा महिला खेलाडीहरु गरी करिव छ सय जना खेलाडीहरुलाई प्रतिस्पर्धामा सहभागिता गराइने छ ।
प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न १४ वटा गोल्ड, १४ वटा रजत तथा १४ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन । बिजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारहरु व्यवस्था गरिएको छ भने मुख्य आकर्षकको रुपमा खुल्ला तौल समूहमा खेल्ने स्वर्ण पदक विजेता पुरुष तथा महिलालाई एक लाख रुपैया“ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगिताको सम्पूर्ण कार्यक्रमहरुको व्यबस्थापन एन.एफ.एच ईभेन्ट्सले गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...