एनआरएन विश्व सम्मेलन र मेरो अनुभव
प्रत्येक दुई वर्षमा गैर आवासीय नेपालीहरुको छाता संगठन जो विश्वको ८० भन्दा बढी देशमा छरिएर रहेको छ जसलाई राष्ट्रिय समन्वय समिति भनिन्छ तिनीहरुको विश्व सम्मेलन नेपालमा हुने गर्छ । सन् २००३ मा सुरु भएको यो सम्मेलनको हालै नवौं विश्व सम्मेलन अक्टोवर १४ देखि १६ सम्म काठमाडौंमा सम्पन्न भएको छ । धेरैले यसलाई प्रबाशीहरु को कुम्भ मेलाको रुपमा पनि चित्रण गर्ने गर्दछन् । मैले पनि २००७ देखि नै काठमाडौंमा सम्पन्न हुदै आइरहेका यी सम्मेलनहरु मा भाग लिने मौका पाइरहेको छु ।
भर्खरै सम्पन्न भएको विश्व सम्मेलनमा म यसपटक फेरी नयाँ उर्जाको साथ भाग लिन र दसैं पनि बाबु-आमासँग मनाउन भनेर गएको थिएँ । आशा थियो यो सम्मेलनमा व्यापक विषय जस्तै गैर आवसीय नेपालीको संयुक्त लगानी, गैर आवासीय नागरिकता, विधान सम्बन्धि छलफल, दोस्रो पुस्ताका नेपाली जो विदेशमा जन्मिएका छन् लगायत अन्य विविध विषयमा बहस हुनेछ र सम्मेलनबाट ठोस केही कुरा निर्णय भएर पारित हुनेछ । तर सम्मेलनमा नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्प्रर्धा र त्यो पनि अस्वस्थ प्रतिस्प्रर्धा बाहेक केही देख्न पाइएन । नेपालका मिडियाहरुमा पनि एनआरएनएका नकरात्मक कुराहरुले भरिएका देखिन्थे । मिडियाहरुले नेपालीहरु विश्वको जुनसुकै देशमा गएपनि आखिरी यिनीहरु सुध्रेको छैनन् भन्ने निर्क्यौल निकाले । जसले म जस्ता हजारौ सहभागीहरु लाई दुखित मात्र बनाएन यो सम्मेलनमा नै किन भाग लिइरहेको छु जस्तो सम्म बनायो ।
त्यति मात्र भएन केही गैर आवासीय नेपालीहरुलाई अनुशासन तोडेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको कुरा पनि बाहिर आयो । गैर आवासीय नेपालीको संस्था जस्मा स्पष्ट रुपमा राजनीतिक पार्टीबाट टाढा रहने भनेर यसको आचार संहितामा लेखिएको छ तर व्यवहारमा त्यो देखिएन । राजनीतिक पार्टीका नेताहरु हायत होटलको कोठाहरुमा आफ्ना पक्षका समर्थकहरुलाई खुल्लम खुला लवी गरिरहेको देखियो । लाग्यो हामी सबै ती राजनीतिक पार्टीका कार्यकर्ताहरु आफ्नो नेताको आदेशलाई सिरोपर गरी समर्थन जुटाउन व्यस्त छौं र हाम्रा व्यवहारले राजनीतिक पार्टीहरुले हामीलाई सम्मान दिन छोडेको छ । जव म २०११ सालमा यो संस्थाको क्षेत्रीय उप–संयोजकमा विजय भएको थिए, त्यतिखेर नेपालका राष्ट्रिय पार्टीहरुले सारा प्रतिनिधिहरुलाई सम्मान गरेको थियो, आफ्ना कुरा राख्न निमन्त्रण गरेको थियो र लाग्थ्यो वास्तवमा गैर आवासीय नेपालीको खाँचो छ देशमा । देशको मुहार परिवर्तन गर्न राजनीतिक पार्टीहरुले हामीलाई आमन्त्रण गरेको छ र हामीले पनि अबश्य आफ्नो मातृभूमिलाई केही गर्नै पर्नेछ भन्ने भावनाले हामी ओतप्रोत भएका थियौं । त्यतिबेला नेपालका संचार माध्यमहरुले पनि आफ्नो पहिलो पेजमा नै संस्थाको विश्व सम्मेलनको बारेमा व्यापक चर्चा गर्ने गर्दथ्यो ।
त्यही एनआरएनए जहाँ विश्व सम्मेलनको बेला नेपालीहरुले विश्वमा गएर आफ्ना विभिन्न क्षेत्रमा उत्कृष्ट पुग्न सकेका नेपालीहरु भेट्न पाइन्थ्यो जसबाट हामीहरु अझ बढी प्रोत्साहन हुन्थ्यौं । चाहे त्यो हार्वर युनिभरर्सिटीको किन नहोस वा नासामा उच्च तहमा काम गरिरहेको बैज्ञानिक नै किन नहोस्, धेरै भन्दा धेरैको उपस्थिति देख्न पाइन्थ्यो र आफूलाई गर्व लाग्थ्यो । तर आज आएर हामीले नवौं विश्व सम्मेलन गर्दा त्यस्ता बैद्धिक व्यक्तिहरु टाढीएको पाइएको छ ती व्यक्तिहरु विरलै देख्न पाइन्छ जसले स्पष्ट रुपमा संकेत गरेको छ कि गैर आवासीय नेपाली संस्था वा अन्तराष्ट्रिय समन्वय समितिले उनीहरुलाई समावेस गर्न सकिरहेको छैन र आफ्नो उद्देश्यबाट टाढा गइरहेको छ ।
एउटा रोचक कुरो यो सम्मेलनमा के अनुभव गर्न पाइयो भने सममेलनको दोस्रो दिन म ट्याक्सी पर्खिरहेको थिएँ । म बस्ने होटलबाट हायत जान ट्याक्सीमा चढेपछि ट्याक्सी ड्राइभरलाई मैले हायत जानु छ भनेपछि उसले आज त चुनाव छ होइन तपाईँहरुको भनेर सोध्यो । मलाई त अचम्म लागेर कसरी थाह पाउनु भयो भनेर सोध्न नपाउँदै ट्याक्सी ड्राइभरले उसलाईपनि प्रतिनिधिको लागि कुरा आएको थियो र मेरो केही साथीहरु जो ट्याक्सी ड्राइभर छन् उनीहरु चाहीँ प्रतिनिधि बने तर काम विशेषले म गइन भने । मलाई त विश्वास गर्नै गाह्रो भयो कसरी ट्याक्सी ड्राइभर पनि प्रतिनिधि बने भनेर । जव उसलाई मैले सोधें कसरी तपाईँ बन्नु हुन्छ त प्रतिनिधि भन्दा सन् २०१२ आजभन्दा ७ वर्ष अगाडि कुबेतमा काम गरेर फर्केकोले वहाँलाई प्रतिनिधि बन्न अवसर आएको भन्नु भयो र यो कुरा मैले केही मेरा साथीहरुलाई सम्मेलनमा अवगत गराउँदा निकै हाँसो भएको थियो । अव यसैबाट अनुमान लगाउन सकिन्छ कि हामी कहाँ कता गइरहेका छौं र कसको स्वार्थको लागि हिडिरहेका छौं ।
त्यति मात्र होइन सम्मेलन सके पछि आफ्ना नातागोता कहाँ भेट्न जाँदा जहाँ गएपनि नसुध्रिने एनआरएन भनेर व्यङ्गय गरेको अनुभव मैले गरें । सायद म मात्र होइन धेरैलाई त्तयस्पातो महशुस र हिनताबोध भएको होला । पहिलो दिनको उद्घाटन् सम्माननीय राष्ट्रपतिबाट गरेपछि तालिका अनुसार सम्माननीय प्रधानमन्त्री केपी ओलीबाट समापन गर्ने कार्यक्रम भएतापनि समारोह विधिबत रुपमा सम्पन्न नै भएन । प्रधानमन्त्री ज्यू आउने तालिका भए पनि गैर आवासीय नेपालीको गतिविधि देखेर सायद आउनु भएन र कार्यक्रम समापन विना विश्व सम्मेलन सकियो । जुन आफैमा अपत्लायारिलो मजाक थियो ।
एनआरएनए र विकल्प
जब गैर आवासीय नेपालीहरुको संस्था स्थापना भयो त्यसको एउटा उद्देश्य दोस्रो पुस्ताका नेपालीहरु पनि समाबेस गर्ने भन्ने थियो र वास्तवमा हामी नेपाली मूलका विदेशी नागरिकता लिएर बसेका गैर आवासीय नेपालीहरु हामी मात्र नभएर हाम्रा छोराछोरीहरु लाई नेपालसँग नजिकाउने थियो । तर दोस्रो पुस्ताको उपस्थिति नै थिएन, न त दोस्रो पुस्ताका नेपालीहरु यो सम्मेलन प्रति जागरुक थिए । एनआरएनएको फोहोरी राजनीति र संस्थालाई प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्ने जमातहरु सँग अवस्य दोस्रो पुस्ताका नेपालीहरु धुलमिल गर्न सक्ने छैनन्, न हामीहरु आफ्नो छोराछोरीलाई एनआरएनएमा आउ भन्न सक्छौं ।
गैर आवासीय नेपाली संस्थामा मूलतः नेपाली नागरिकता नै लिएका नेपाल र सार्क बाहिर बस्ने नेपालीहरु र नेपाली मूलका विदेशी नागरिकहरु समाबेस छन् । यिनीहरुका आफ्ना-आफ्ना समस्या छन् जस्तो कि खाडी र अफ्रिकामा काम गर्ने नेपाली नागरिकहरु जहाँ श्रम शोषण देखि, सकुशल देश फिर्ति लागायतका अनेक कुराहरु तिनका मुख्य समस्यामा पर्छन् । अर्को तर्फ नेपाली मूलका विदेशीहरु जस्तो अष्ट्रेलिया, अमेरिका, यूके, हङ्गकङ्ग, न्यूजिल्याण्ड देखि केही युरोप मुलुकहरुका नेपाली मूलका विदेशी प्रतिनिधि गरेको छ । यी सबैको आ-आफ्ना मुद्धाहरु छन् । अर्को तर्फ नेपाली मूलका विदेशीहरु कतिपय आफ्नै देशमा त्यहाँको मूल राजनीतिसँग पनि आवद्ध भएका छन् । हालै अष्ट्रेलियाको संघीय राजनीतिमा यहाँको सत्तारुढ लिवरल पार्टीले नेपाली मूलका अष्टेलियन नागरिकलाई संसदको टिकट दिएका । त्यसैगरी केही समय अगाडि अमेरिकामा त्यहाँको राष्ट्रपतिका सल्लाहाकारको रुपमा नेपाली मूलका संगीता प्रधानलाई नियुक्त गरेको मिडियामा सुनेका थियौं । यही अनुसार हामी अघि बढ्दै जाँदा धेरै नेपाली मूलका विदेशी नागरिकका ख्यातीका बारेमा हामी सुन्ने गछौं र अबको १० वर्षमा अबश्य पनि दोस्रो पुस्ताको नेपालीहरु ले पहिलो पुस्ताले बनाएको जगमा गर्व गर्नेछन् । हालै सम्पन्न विश्व सम्मेलनमा एकजना दोस्रो पुस्ता जो अष्ट्रेलियाबाट आएका थिए, वहाँले बडो चित्त बुझ्दो प्रश्न गर्नु भयो कि उसको उमेरका कोही पनि देख्न पाइएन र चुनावका प्रतिनिधिहरु भोट दिनु छ तर कुनै एजेण्डा नभएको गुनासो गरेका थिए । वास्तवमा त्यो प्रश्न बडो गम्भीर थियो, जवाफ कसैसँग थिएन ।
अन्त्यमा, मलाई लाग्छ अब नेपाली मूलका विदेशी नागरिक र दोस्रो पुस्तालाई समाबेस गर्न एउटा नयाँ संस्थाको खाचो छ । जस्मा खाली नेपाली मूलका नागरिक मात्र सदस्यता हुने गरी संस्थाको सुरुवात हुन पर्ने हो कि भन्ने बहस सुरु गर्न पर्ने जरुरी देखिएको छ । जसले हामी सबैले महसुस गरेको कुरालाई समाबेस गर्न सकोस् । त्यस्तो संस्था जसको नेतृत्वको लागि चुनाव पनि नेपाल बाहिर होस् र नेपालका राजनीतिक पार्टीबाट एकदमै टाढा रहोस् ताकि कुनै नेताहरुले खेलाउन नपाओस् । हामीले १६ वर्ष बिताएको संस्था जुन रुपमा हामीले देख्यौ त्यो हामीले कल्पना गरेको आहिलेको एनआरएनए हुदै होइन । त्यसैले अब हामीले समय नष्ट नगरी एउटा शसक्त विकल्पको रुपमा बहस गर्दै अगाडि जानु पर्ने स्थितीहाम्रो आगाडी आएको छ ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...