नेपाल साग फुटबलको फाइनलमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६

काठमाडौँ- नेपाल १३‍‍ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपाल फाइनलमा पुगेको हो ।

सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो। अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो ।

नेपालको जितका लागि सुनिल बलले खेलको १०‍ औ मिनेटमा गोल गरेका थिए ।

उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए ।