नेपाललाई महिला बक्सिङमा स्वर्ण, पुरुष क्रिकेटमा कास्य

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६

काठमाडौँ-  १३‍औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा नेपालले स्वर्ण जितेको छ । महिला ५६ केजीमा नेपालकी मिनु गुरुङले अंकको आधारमा भारतकी शिक्षालाई हराउँदै स्वर्ण जित्न सफल भइन् ।

आजै भएको पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । माल्दिभ्सलाई ९ विकेटको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ३२ रन बनाए ।

माल्दिभ्सका लागि मोहमद रिजवान साफिनले नटआउट १९ रन र मोहमद रिजावानले १७ रन जोडे। बलिङमा नेपालका ललितनारायण राजवंशीले ३ विकेट र सुसन भारीले २ विकेट लिए। ९५ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे।