ओमानले नेपाललाई दियो १ सय ९८ रनको लक्ष्य

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ २२, २०७६

काठमाडौँ-  आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा १ सय ९७ रन बनाएको छ । नेपालको तर्फबाट बलिङमा करण केसीले ४ विकेट र सुशन भारीले ३ विकेट लिएका छन् ।

यस्तै, ओमानको तर्फबाट मोहम्मद नदीमले सर्वाधिक ६८ रन बनाए ।