जनअपेक्षा र नेपाली कांग्रेसको भूमिका
गणतन्त्र प्राप्ति पछि नेपालमा मुख्यतः दुई दलीय व्यवस्था छ –एउटा समाजवादबाट साम्यवाद भन्दै साम्यवादी पूजिँवाद तर्फ उन्नमुख कम्युनिष्ट पार्टी र अर्को समाजवादवाट पूँजिवाद तर्फ उन्नमुख कांग्रेस पार्टी । दुईवर्ष अघि सम्पन्न स्थानीय प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन परिणामले साना तथा क्षेत्रिय दलहरूको भूमिका न्यून हुन पुग्यो, काँग्रेस प्रतिपक्षमा रह्यो भने कम्युनिष्ट पार्टीले तीनै तहको निर्वाचनमा प्रचण्ड वहुमत प्राप्त गर्यो । जनताका अपेक्षा काँग्रेस र क्षेत्रिय दलहरू संग भन्दा कम्यूूनिष्टसंग वढि देखियो । काँग्रेस अहिले केन्द्रीय सत्तामा छैन र सातै प्रदेशमा पनि विपक्षमा छ, केही स्थानीय निकायहरूमा मात्रै काँग्रेसको उपस्थिती छ, यस्तो अवस्थामा जनाताले कांग्रेसबाट खासै अपेक्षा पनि गरेका थिएनन् ।
कांग्रेस मुलुकको पुरानो पार्टी मात्रै नभएर २००७ साल देखि हालसम्म भएका परिर्वतनहरूको नेतृत्व गरेको पार्टी हो, जसकाकारण जनताले काँग्रेसवाट प्रतिपक्ष मै रहेर पनि धेरै आशा गरेका थिए । संसदमा काँग्रेस प्रतिपक्षका रूपमा सशक्त बनोस्, सत्ताधारी कम्युनिष्ट पार्टीको निरंकुशता, अपारदर्शिता र गैरजवाफदेहितालाई संसदमा कडारुपमा प्रस्तुत होस्, काँग्रेसले उठाएका विषयवस्तुहरूले काँग्रेस भविष्यमा कम्युनिष्टको विकल्प मात्रै नभएर मुलुकको मुख्य संचालक पनि वनोस् भन्ने कामना यसका समर्थक र शुभेच्छुकहरूमा रहेको छ ।
कांग्रेसको वर्तमान नेतृत्वको क्षमता र यसका नेतृत्वकर्ताहरूको भूमिकाले सत्तारुढ कम्युनिष्ट पार्टीबाट आजित आमनेपालीलाई काँग्रेसले राहत दिन सक्छ भन्ने अवस्था छैन । कांग्रेस पार्टी आफ्नो आन्तरिक गुटगत राजनीतिक भागबन्डामा यसरी फसेको छ कि राष्ट्रिय राजनीतिबाट यसका नेताहरू क्रमशः हराउदै जाने स्थितिमा पुगेका छन् । काँग्रेसमा भर्खरै पुर्नगठित नेवि संघ र केन्द्रीय विभागहरूको गठनका लागि चालिएका कदमले यही तथ्यलाई पुष्टि गर्दछ ।
काँग्रेस आफ्नो वैचारिक मुल्य मान्यतालाई तिलाञ्जली दिएर कम्यूनिष्टको विचारको पदचापमा हिडेकोछ । विपि कोइरालाका विचारलाई काँग्रेसले नारामा मात्रै सीमित गर्यो, आफ्नो मार्ग दर्शन भनेर रट्यो तर, त्यसलाई व्यवहारमा लागू गराउन चाहेन वा सकेन । यसैगरि, १३ औं महाधिवेशन पछिको काँग्रेसको सांगठनिक संरचना आफ्नो विधिविधान तथा नीति नियमानुुसार चल्न पर्नेमा चलेन, आन्तरिक भागवण्डामा नीति प्रधान नभइ नेता प्रधान भइ चल्यो ।
जनताले अहिले काँग्रेसवाट प्रभावकारी प्रतिपक्षीय भूमिका, संगठनात्मक चुस्तता, र सैद्धान्तिक स्पष्टता खोजेकोछ । काँग्रेसले संसदमा अहिले खेलेको प्रतिपक्षको भूमिका न्यून छ अर्थात छदै–छैन भन्दा पनि हुन्छ । काँग्रेस नेतृत्व सत्ता–पक्षसंग वार्गेनिङ्गमा चलेकोछ । काँग्रेस नेतृत्व राजनीतिक नियुक्तिको भागवण्डामा सरकारसंग वार्गेन गरेर केही थान नियुक्त लिएर रमाइरहेकोछ । सत्ता–पक्षका काम कारवाहिका वारेमा प्रतिपक्ष चर्को रुपमा प्रस्तुत भए काँग्रेस नेतृत्वलाई पनि पुराना मुद्दाहरूमा तान्ने वा सोही प्रकरणमा काँग्रेस नेतृत्वलाइ धम्काउने, वद्नाम गराउने काम भइ सत्तापक्षवाट भइरहेकोछ । ललिता निवास जग्गा प्रकरण, वाइडवडी, यति समुह यस्ता केही उदारणहरू मात्र हुन् ।
काँग्रेसमा भागवण्डा तथा गुटगत खेलले काँग्रेस संसदमा प्रभावकारी प्रतिपक्षीको भूमिकामा रहन सकेको छैन भने आफनो संगठनात्मक चुस्तता, र सैद्धान्तिक स्पष्टताका साथ कदम अघि वढ्न पनि सकेको छैन । तर्सथ, पार्टीमा भागवण्डा तथा गुटगत खेलको अन्त्य हुनु जरुरी छ । प्रजातन्त्रमा वाद–विवाद र संवाद जरुरी हुन्छ, यसले नै सफल र सुदृढ प्रजातान्त्रिक चरित्रको सन्देश प्रवाह गदर्छ । सिद्धान्ततः काँग्रेस वाद–विवाद र संवाद रुचाउने पार्टी हो तर, कांग्रेस केन्द्रमा वाद–विवाद र संवादको कमी छ, वाद–विवाद र संवादलाइ घनिभूत वनाउनु जरुरी छ, नेतृत्वले तेरो वा मेरो भन्ने घेराबाट माथि उठेर विधि र कार्यकर्ताको भावनालाई संयोजन गर्न सक्नुपर्छ, आन्तरिक समस्याको समाधान नै गुट–उपगुटको अन्त्य हो । जस्ले आन्तरिक एकतालाई नै वल पु¥याउँछ ।
यसैगरि, काँग्रेसले आफ्नो प्रजातान्त्रिक मूल्य र मान्यतालाई सैद्धान्तिक रुपमा स्पष्टताका साथ अडिग भएर अगाडि वढाउनु पर्ने हुन्छ । मुलुकको समृद्धि, उन्नती तथा विकासका लागि प्रजातन्त्रको मूलभूत मान्यता र सिद्धान्तहरूलाई आत्मसाथ गर्दै काँग्रेस अगाडि वढ्नुपर्छ । काँग्रेसले संसदीय शासन पद्दतीलाई अंगाले पछि यसका मूल्य मान्यतालाई आत्मसाथ गर्दै अघि वढ्नुपर्छ । प्रजातन्त्रको व्याख्या, व्यवस्थापनले नै लोकतन्त्रको सैद्धान्तिक पक्षलाई मजवुद वनाउने हो । विपिका अनुयायी एवं कांगे्रसका चिन्तक प्रदिप गिरीले –पार्टीमा वौद्धिक वर्गहरूसंगको सम्वन्धमा खाडल रहेको वताउदै काँग्रेसले प्रजातान्त्रिक चिन्तकहरूसँगको व्यापक परामर्श गर्दै आफुलाई समायानुकुल वनाउन पर्ने खाँचो रहेको एक कार्यक्रममा वताउनुभएको थियो । नेता गिरीले – कांग्रेसको लक्ष्य समाजवाद त हो तर यो कस्तो खालको समाजवाद तर्फ उन्नमुख हो भन्दै । प्रतिप्रश्न पनि गर्नु भएको थियो । प्रजातान्त्रिक समाजवादलाई आधुनिक प्रविधि र भौतिकवादको विकासले समाजवादी शैली, सोचलाई पनि प्रभावित पारेको छ । सामाजिक उन्नति, समृद्धि र सुख भनेर मात्रै समाजवादी दर्शन पर्याप्त हँुदैन । समाजवादको समय सापेक्ष व्याख्या, प्रयोग र उपलब्धिको खाका तयार पार्नु पर्दछ ।
काँग्रेसमा अहिले प्रतिपक्षीय भूमिका, संगठन र सिद्धान्तका विषयमा आन्तरिक वहस आवस्यक छ तर, काँग्रेस नेतृत्वको हालको गतिविधिले के देखाउछ भने काँग्रेस सिद्धान्त, संगठन र प्रतिपक्षीय भूमिकामा च्यूत हुँदै गइरहेकोछ । आगामी १४र्औ अधिवैशनवाट यसको स्पष्ट खाका आउने अपेक्षा जनस्तरको रहेको छ ।
हालको केन्द्रीय नेतृत्वले अवलम्वन गरेका नीतिको कारण, कांग्रेस फुट्न पनि सक्तैन, र जुट्न पनि सक्तैन भन्ने देखाएकोछ । यो सत्य पनि हो, कांग्रेस जुट्न पनि सक्तैन र फुट्न पनि सक्तैन, कांग्रेसमा जुट्न र फुट्न नसक्ने अवस्था विगतदेखि चलिआएको तीतो यर्थाथ पनि हो तर, आगामी १४औँ महाधिवेशनपछि पनि यो अवस्थाले निरन्तर पाउने संकेतहरू देखिन थालेकोछ । तर्सथ, काँँग्रेस नेतृत्वले मात्रै नभइ आम कार्यकताले पनि आगामी अधिवेनवाट जुझारु चुस्त नेतृत्व चयन गर्नु पर्दछ ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...