सरकारले कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने
काठमाडौं– सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ।
कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरूबाट समेत भिसा रोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरूको नाम संकलन भइरहेको बताए। तत्काल हवाई उडानहरू कटौती नगर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।
बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई भनेको छ। क्वारेन्टान सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरूको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।
त्यसैगरी, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षाका उपकरणको आपूर्ति गर्न पनि समितिले भनेको छ। मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षा स्थगित नगर्ने निर्णय गरिएको बताए।
आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाबाट स्वास्थ्यकर्मीलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ। यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरू जम्मा हुने कामहरु नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठनले विश्वभरी नै महामारी घोषणा गरेपछिको अवस्थाको समीक्षा गर्दै बैठकले नेपालमा जोखिमको अवस्था र छिमेकी मुलुकको अवस्था तथा अपनाउनुपर्ने सतर्कताका बारेमा पनि छलफल गरेको छ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...