लक डाउन -बाध्यता र अवसरको संगम
हामी नेपाली, बिक्रम संबत २०७७ को नयाँ वर्षको संघारमा छौं। बर्षहरू आउँछन् जान्छन् । भित्तामा झुन्डिएका क्यालेन्डरहरू फेरिन्छन्। सधैं जसो यो नयाँ वर्षको पूर्व सन्ध्यामा उमंग छैन मान्छेमा । कारण एउटै छ कोरोनाको त्रास । कोभिड-१९ नामक ज्यानमा जिबाणु चीनको हुवान प्रान्तबाट सुरु भई संसारका २०० भन्दा बढी मुलुकमा फैलिसकेको छ भने तीन लाखको हाराहारीमा सन्चो भएर घर फर्किए पनि मृतकको संख्या झन्डै एक लाख (पन्चानब्बे हजार प्लस) पुग्न लागिसक्यो जबकी संक्रमितको आँकडा सोह्र लाख ज्यादा छ । दैनिक रूपमा संक्रमित र मृतकको संख्या बढ्दै जानु दु:खद हो ।
‘उपचार भन्दा रोकथामनैं उत्तम’ भन्ने सोचले नेपालले पनि विश्वले लगाएको लक डाउन अर्थात् बन्दाबन्दी अर्थात् घर बसाईको अनुसरण गर्दै तीन हप्ता पहिले नेपाल लक डाउनको घोषण गर्यो । यो बीचमा जम्माजम्मी गरेर नौ वटा कोरोना संक्रमणको केस पुष्टि भएकाछन् भने कुल परीक्षणको संख्या तीन हजार पनि नपुग्नुले हाम्रो परिक्षण प्रणालीमै प्रश्न नउठाईएका हैनन् । अब लक डाउनको परिप्रेक्ष्यमा यो बाध्यता मात्र हो या त अवसर पनि भन्ने बारेमा केही चर्चा गरौं ।
बाध्यता !
एकाध ड्युटी गर्नेहरू (डाक्टर, नर्स, स्वयंसेवक, सुरक्षा निकायका कर्मचारी र प्रतिनिधिहरू) बाहेक अधिकांस मान्छे पिजडाको चरी झै घर बन्दिमा छन् यतिबेला। चरी बरू खुल्ला आकाशमा स्वस्फूर्त डुल्न पाउछे तर मान्छेले पाउदैन त्यो । अर्थात यस्लाई यसरी भनौं हिजो पशुपंक्षीलाई आफ्नो अधिनमा थुनेर स्वस्फूर्त बाहिरी दुनियाँ डुल्ने मान्छे आफ्ना गल्ती र कमजोरीको फल भोग्दैछ यतिबेला । सयलाई सोध्ने हो भने नब्बे भन्दा बढीले चुपचाप यस्लाई बाध्यतानैं भन्ने छन् कारण झन्डै महिनौंदेखि घरबन्दी(घरजाम)मा छन् उनीहरू ।
दैनिक कामकाजीको काम ठप्प भै रोकिंदा (घरबाटै हुने यदाकदा काम बाहेक) कस्तो भएको होला कर्मचारीलाई । कामै नगरी रल्लिने जमात चोकको चिया पसल अनि भट्टी र भुलिरहेका होलान् साईंलीहरूलाई । बृद्ध बृद्धाको मन्दिरमा गएर खैचडीमा नाँच्ने रहर थाँतीमै छ । घरबन्दीले दिनानुदिन सकस थप्दै गरेको सुनाउछन् गृहिणी महिलाहरू । ज्याला मजदुरी गर्नेको मजबुरी बुझी साध्य छैन । सरकारले बाँढेको राहतको प्रसाद तिन्का चिसो चुलोसम्म पुग्नेमा बाँढ्नेहरूनैं विश्वस्त नरहेको अवस्था छ । पढ्न जानबाट वन्चित बालबालिकाको पीडा सुनिसाध्य छैन । यिनै प्रतिनिधि घटनालाई मात्र लिने हाे भने पनि लक डाउनलाई बाध्यता नभनेर कस्ले के भन्ने ? प्रश्न आफैतिर सोझिन्छ ।
अवसर !
नब्बे भन्दा बढीले लक डाउन बाध्यता सिवाय केही भनी रहदा झन्डै दस प्रतिशतको हाराहारीमा यस्ता बर्ग र तप्काका मानिसहरू पनि छन् जस्ले यस्लाई बाध्यता भन्दा अवसरको रूपमा अर्थ्याउन र पुष्टि गर्न रुचाउँछन् । सधैभरी कामै कामको चपेटामा परेका कर्मचारीहरू जस्ले यति लामो घर विदाको अनुभव गर्न पाए । साँझ विहान आक्कल झुक्कल देखिने र भेटिने परिवारका सदस्य ( विशेष गरि बालबालिका अनि बुढा बा आमा)हरू सँगै बस्ने, कुरा सेयर गर्ने, नयाँ नयाँ खानाका रेसिपी बनाएर खाने र खुवाउने (अनावश्यक रूपमा अरूलाई देखाउनेहरू लाई छोडेर) कृयटिभ आर्ट्स, ड्रयिङ, स्टोरी राइटिङ, काव्य सिर्जना (गीत,गजल,कविता,खन्ड काव्य, छोटा मुक्तक, हाइकु, तान्का आदि)मा आफुलाई व्यस्त राख्नेहरूको दिन बितेको पत्तै हुन्न र त उनीहरू अवसर ठान्दछन् ।
कुरा यिनै हुन् । मोहि जति बाक्लो भए पनि दोर्याएर घ्यू निस्कदैन । कुरोको चुरो यत्ती हो लक डाउन थप अझै जति दिन भए पनि मान्छेलाई सुरक्षित राख्ने सवालमा यस्लाई धेरै बाध्यता र थोरै अवसरको रुपमा लिई सोही बमोजिम यस्को पूर्ण पालनामा जोड दिन चाहान्छु ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...