घरेलु हिंसा बिरुद्द चेतनामुलक कार्यक्रम हुदै 

-- The NTA / प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७३
Print
एनआरएनए अस्ट्रेलियाको पारिबारिक र घरेलु हिंसा बुरुद्द नेपाली समुदायमा चेतना जगाउने उदेश्यले गठित समितिले पारिबारिक एबम घरेलु हिंसा बिरुद्द चेतनामुलक कार्यक्रम गर्दैछ ।  यस अभियानकी संयोजक एबम कार्यक्रम संयोजक जानकी पौडेलका अनुसार यस जानकारी मुलक एबम चेतनामुलक कार्यक्रममा पारिबारिक एबम घरेलु हिंसा सँग सम्बद्द बिबिध बिषयहरुमा छलफल र अन्तरक्रिया गरिनेछ ।  समितिले गत मार्च महिनामा नेपाली समुदायमा गरेको सर्बेको परिणाम र जानकारी, सहभागीहरुलाई व्हाइट रिबन हस्तान्तरण, बिबिध फोरम निर्माण र सहभागीहरुबाट आएका या उठेका सबालहरुमा छलफल कार्यक्रमको प्रमुख आकर्षणहरु रहनेछन् ।
कार्यक्रम संयोजक जानकी पौडेलका अनुसार अन्य आप्रबासी समुदाय जस्तै हाम्रो समुदायमा पनि देखिएको, बाहिर आउन नसकेका कयौ घरेलु हिंसाका घटनाहरुलाई बन्द गर्न “से नो ” (SAY NO)अभियानमा एक्यबद्दता जाहेर गर्न पनि नेपाली समुदायका सबै दाजु-भाई दिदी-बैनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
यस सम्बन्धि थप जानकारीका लागि कार्यक्रम संयोजक जानकी पौडेललाई 0422 837 072  वा paudel_2006@hotmail.com मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कार्यक्रमको बिबरण यस प्रकार छ ।
Day: Saturday 14 May 2016 
Time: Sharp1:00PM (Afternoon)
Venue: The Holroyd Centre, 17 Miller St Merrylands, NSW 2160 (close to Merrylands train station)
Registration opens: 12:30PM (Your arrival)
Entry: Free
Dress code: Formal 
FDV LOGO art