राखेपमा पुनः सिलवाल
काठमाडौं— सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।
तत्कालिन एमाले निकट मदन भण्डारी स्र्पोट्स एकेडेमीका संस्थापन अध्यक्षसमेत रहेका सिलवाललाईे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव नियुक्त गरेको हो ।
खेलकुद मन्त्रालयले सिलवालसहित महिला राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिवल संघका पूर्व उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।
राष्टिय खेलकुद विकास ऐनअनुसार एक महिलासहित कम्तिमा तीनजना सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
सिलवाल राखेपका निर्वमान सदस्य सचिव पनि हुन् ।
ऐन लागू भएपछि सिलवालसहितका राखेप पदाधिकारी पद मुक्त भएका थिए ।
त्यसपछि नयाँ व्यवस्थाअनुसार नियुक्ति प्रक्रिया थालिएको थियो ।
मन्त्रालयले सात दिनको सूचना दिएर इच्छुकलाई निवेदन दिन आह्वान गरेको थियो ।
२७ जनाले आवेदन दिएको मा २ जना अयोग्य भएका थिए ।
राखेपको सदस्य सचिव पहिलोपटक मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले सन् २०२२ मा नेपालमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना भएको बताएका छन् ।
उनले यसबारे विस्तृत रूपमा भने केही बताएनन् ।
युवा तथा खेलकुद मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात राखेपमा पदभार ग्रहण गरेर सञ्चारकर्मीसंग कुराकानी गर्दै सिलवालले अबको दुई वर्षमा नेपालले ठूलो प्रतियोगता आयोजना गर्ने बताएका हुन् ।
उनले भने– ‘अबको चार वर्ष मेरो सामु धेरै चुनौती छन् र मलाई धेरै काम गर्नु छ । यही कामको आधारमा मेरो मूल्यांकन पनि गर्नु होला । अबको दुई वर्षमा नेपालले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ र यसबारे गृहकार्य पनि सुरु भइसकेको छ ।’
उनले आफ्नो प्राथमिक क्षेत्र भौतिक पूर्वाधार निर्माण र खेल गतिविधि सुचारू गर्नुतर्फ रहेको पनि बताए ।
उनले भने—‘खेलकुद विकासका लागि भौतिक पूर्वाधार अनिवार्य हुन्छ र मेरो कार्यक्रम यसतर्फ हुनेछ । यस्तै नेपालमा धेरै खेलकुद संघ छन् र तिनको काम अनुसार पुरस्कार अथवा कारवाही पनि गरिनेछ । सबैलाई समान रूपमा व्यवहार गरिनेछ ।’
खेलकुदमन्त्री भन्छन्–असहजतामा ऐन कार्यान्वन
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भइसकेपछि त्यसको कार्यान्वयन गर्ने सवालमा असहज र कठिनाइ सामना गर्नुपरेको बताएका छन् ।
करिव २९ वर्ष पुरानो खेलकुद विकास ऐन २०४८ खारेज भएसँगै जारी नयाँ ऐन कार्यान्वयन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड विघटनको निर्णय हुँदा उत्पन्न विवादप्रति संकेत गर्दै मन्त्री विश्वकर्माले निकै कठिनाइ र असहज परिस्थिति सामना गर्नुपरेको औंल्याएका हुन् ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित राखेप उपाध्यक्ष र सदस्यसचिवको नियुक्तिपत्र हस्तान्तरण र शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री विश्वकर्माले कठिन परिस्थितिका बावजुद ऐन कार्यान्वयनको विकल्प नभएको स्पष्ट पारेका हुन् ।
संघीय संसद्को दुवै सदनबाट पारित नयाँ ऐन गत असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । ऐन प्रमाणीकरण भएको एक हप्तामा कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्ने थियो र युवा तथा खेलकुद मन्त्रालय जतिसक्दो चाँडो ऐन कार्यान्वयन गराउने उद्देश्यले गत असार १७ गते राखेप र सात प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र काटेको थियो । त्यससँगै तत्कालीन सदस्यचिव रमेशकुमार सिलवालले पुरानो ऐनले नै पनि आफ्नो बोर्डको निरन्तरता स्पष्ट रूपमा सम्बोधन गरेको दाबी गरेका थिए ।
तथापि सिलवालले पछि वर्तमान बोर्डबारे मन्त्रालयले प्रस्ट नपारेसम्म राखेप जानुको औचित्य नहुने उल्लेख गर्दा विवाद न्यूनीकरणतर्पm अघि बढ्यो । मन्त्रालयले पनि नयाँ ऐनअनुसार नै छिट्टै खेल नेतृत्वको छनोट प्रक्रिया बढायो र पूर्णता पनि दियो । यद्यपि, यस क्रममा आफूले धेरै कठिनाइ र असहज परिस्थिति सामना गर्नुपरेको मन्त्री विश्वकर्माले अनुभव सुनाएका हुन् ।
सीपीएल खेल्न गए सन्दीप
नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेस्ट इन्डिजतर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका थिए । क्रिकेट खेल्नका लागि सन्दीप जुलाई ३० का दिन त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपले त्यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गरेका थिए । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् । सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरमा अनुबन्ध गरेका थिए । क्यारेबियन जानका लागि सन्दीपले लामो समयदेखि त्यसको व्यवस्था गर्न प्रयास गरिरहेका थिए । शिवाकोटीले यो काम सम्भव पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । त्यसका लागि सन्दीपले कोरोनाको पीसीआर परीक्षण समेत गरेका थिए, जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
युभेन्ट्सलाई उपाधि
क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट खेलको मद्दतमा जुलाई २६ का दिन साम्पदोरियामाथि २–० को जित निकाल्दा युभेन्ट्स लगातार नवौं पटक इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि उचालेको युभेन्ट्सलाई पोर्चुगलका स्ट्राइकर रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । ६६औं मिनेटमा फेड्रिको बेर्नानडेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए पछिको खेलमा अन्य गोल हुन सकेन र युभेन्ट्स उपाधिको हकदार भएको थियो । ८९औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोलाई फाबियो डिपाओलीले पेनाल्टी क्षेत्रमा खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले अवसर खेर फालेका थिए । स्पष्ट जित निकालेको माउरिसियो सारीको टोली युभेन्ट्सले दोस्रो स्थानको इन्टरलाई ७ अंकले पछि पार्दै उपाधि रक्षा गरेको हो । युभेन्ट्सले लगातार नवौं उपाधि जित्दा सारीको प्रशिक्षणमा युभेन्ट्सले जितेको पहिलो उपाधि हो । यसअघि एन्टोनियो कोन्टेले लगातार तीन पटक उपाधि दिलाएका थिए भने कोन्टे अगाडि मासिमिलियानो एलेग्रीले युभेन्ट्सलाई लगातार पाँच पटक उपाधि दिलाएका थिए । साम्पदोरियाविरुद्धको खेलमा कुनै गल्ती नगरी जित निकाले युभेन्ट्स कोरोना महामारीपछि उत्तिकै लयमा देखिएको छ ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...