मातातीर्थ औशीका दिन ‘आमा’ सार्वजनिक 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, बैशाख २४, २०७३
aama jitendra malla
मन जलाई, सगरमा गयौ बिलाई !
भन मलाई, कहाँ खोजौ अब तिमीलाई !!
आमा…………
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!
आमा…………
माथिका हरफहरु सिड्नीलाई कर्मभूमि बनाएर गजल, गित र शब्द सृजनामा सक्रिय जितेन्द्र मल्लका हुन् । “आमा” बोलको उक्त गितको म्युजिक भिडियो आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औशीको अवसरमा परेर आज सार्बजनिक भएको छ ।  निक्कै मन छुने र भाबुक खालका शब्दले भरिएको यो गित मल्लले आफ्नी र संसारका सबै आमाहरु प्रति समर्प्रित गरेको छन् ।  गायक शान्तिम कोइरालाको कर्ण प्रिय आवाज र कल्याण सिंहको संगीतले भरिएको यो गित युट्युबमार्फत हेर्न र सुन्न सकिन्छ ।

यस अगाडी नै धेरै मन छुने गजल रचना गरिसकेका मल्लको “के भयो र एउटा साथ छुट्यो छुट्न दिएँ मन भन्नु सिसा न हो फुट्यो फुट्न दिएँ ” र “कल्पनामा आँफै भित्र मात्तिएकी फूल तिमी ” बोलका गित श्रोताले निक्कै मन पराएका गित र गजलहरु हुन् । जुन युट्युबमार्फत धेरै श्रोताहरुले हेरी सकेका र सुनी सकेका छन् ।  मल्लका संयुक्त गजल संग्रह “चार प्रहर ” २०६९ र संयुक्त  कविता संग्रह “अन्जुलिमा  अभियन्ता” २०६३ प्रकाशित भईसकेका छन् ।