ट्रेन्डसेटर्सको प्रोफाइल पिक्चर योजना सार्वजनिक

-- / प्रकाशित मिति : आइतवार, बैशाख २६, २०७३

Trend Shetters

काठमाडौं— सौन्दर्य सेवाका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको सुन्धारा सिटिसीमलस्थित ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी स्टुडियोले नयाँ वर्षको प्रारम्भसँगै उपभोक्ता हितका विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । ट्रेन्डसेटर्सले अन्तर्राष्ट्रियस्तरका सौन्दर्यविदसँगको अपोइन्टमेन्टका साथमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट सौन्दर्य प्रशाधक उत्पादनबाट सेवा प्रदान गरिरहेको छ ।
नयाँ वर्षको प्रारम्भसँगै उपभोक्तामैत्री स्कीम तथा प्याकेजहरु पनि ट्रेन्डसेटर्सले प्रारम्भ गरेको छ । ‘फेसबुक अथवा ट्विटरको प्रोफाइल पिक्चर चेन्ज गरौं, प्रशस्त उपहार जितौं’ भन्ने अभियान अन्तर्गत विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
http://bit.do/trendsetters लिंकमा गएर प्रोफाइल पिक्चर चेन्ज गर्ने मध्येबाट छनोटमा पर्न सफल ५० जना विजेताले ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी स्टुडियोको नगद १ हजार २ सय रुपैयाँ (१,२०० रुपैयाँ) नगद भौचर हासिल गर्नेछन् । उपभोक्ताले उक्त रकम बराबरको सर्भिस उपहारको रुपमा प्राप्त गर्नेछन् । यो अभियानमा सहभागिता जनाउने फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुमध्ये २ जनालाई स्मार्ट फोनको व्यवस्था गरिएको छ । त्यस्तै बम्पर उपहारको रुपमा थप तीनजनालाई स्मार्ट फोन प्रदान गरिनेछ । साथै छनौटमा पर्न सफल २० जनालाई चर्चित सेलिब्रेटीका साथ डिनरमा सहभागी गराइनेछ ।

ट्रेन्डसेटर्सले आफ्ना उपभोक्तालाई सुलभ मुल्यमा सेवा प्रदान गर्नलाई विशेष प्याकेज पनि सार्वजनिक गरेको छ । सौन्दर्यप्रति सचेत महिलाहरुका निम्ती १ सय ९९ रुपैयाँ देखि ३ हजार ४ सय ९९ रुपैयाँसम्मका प्याकेज तथा पुरुषहरुका निम्ती ९९ रुपैयाँ देखि ३ हजार ४ सय ९९ रुपैयाँसम्मका प्याकेजहरुको व्यवस्था गरिएको छ । उपभोक्ताले अन्य समयमा सेवा लिँदा आउने शुल्कभन्दा यो प्याकेजमा ५० प्रतिशत हाराहारी छुट प्रदान गरेको छ ।
यसैबीच एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई फुर्सदको समयमा सौन्दर्य सम्बन्धी ज्ञान प्रदान गर्नलाई ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी एकेडेमी एन्ड रिसर्च सेन्टरले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । यो वर्ष एसएलसी परीक्षामा सहभागी भएको प्रवेशपत्रका आउने विद्यार्थीमध्येबाट १ छात्र तथा १ छात्रालाई पुर्ण छात्रवृत्ति दिइने बताइएको छ । एसएलसी दिएका अन्य विद्यार्थीलाई तालिमका लागि ५० प्रतिशत छुट प्रदान गरिएको छ । यस्तै यो कार्यक्रम अन्तर्गत एसएलसी दिएका विद्यार्थीलाई सौन्दर्य सेवामा समेत ५० प्रतिशत छुट प्रदान गरिएको छ ।