ग्लोबल एनआरएन गतिबिधि
रोमानियामा ५ सय नेपाली संक्रमित
युरोपेली मुलुक रोमानियामा करिव ५ सय जना नेपाली कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् । रोमानियाका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि उनीहरू आफ्नै घरमा बस्न बाध्य भएका हुन् । रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएका छन् । रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले तोताल अटो सर्भिस कम्पनीमा कार्यरत ४२ नेपालीमध्ये सबैमा भाइरसको संक्रमण पुष्टि भएको बताए । तीबाहेक सुसी रेस्टुरेन्ट, भवन निर्माणलगायत क्षेत्रमा काम गर्ने नेपालीमा कोभिड–१९ देखिएको पोखरेलले जनाएका छन् ।
नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभा
चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् । दुई दशकदेखि चीनको पल्लो शान्सीको सिआनस्थित चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्चमा कार्यरत डा.राजीवकुमार झालाई शान्सी प्रान्तीय वैदेशिक विशेषज्ञ मामिला ब्यूरोले यस्तो प्रतिभामा छनोट गरेको हो । यसअघि उनलाई सन् २०१५ मा १०० विदेशी प्रतिभा (ट्यालेन्ट) मा छनोट गरिएको थियो । त्यस यता उनले चीनको राष्ट्रिय स्तरको ग्रान्ट (आर्थिक सहायता) पाएर काम गरेका थिए भने क्यान्सर रोग सम्बन्धित रिसर्च पेपरहरू प्रकाशित गरेका थिए । पछिल्लो पटक उनले कोरोना भाइरस सम्बन्धी अनुसन्धान प्रकाशित गरेका थिए । ब्यूरोले कामको मूल्यांकन गरेर यस्ता विदेशीहरूलाई चीनमा सेवा गर्नका लागि सुविधा दिने गरेको छ । डा. झाले भने— ‘एउटा स्तर निर्धारण भयो । अब नेपालको राजनीतिक प्रणाली, पर्यटन, अर्थ व्यवस्था इत्यादि जे जस्ता विषयमा लेक्चरका लागि बोलाइन्छ, यसबाट नेपालको हितमा कुराहरू राख्न सकिन्छ ।’ सिआन सहरले आफ्नो प्रक्रिया पार भएपछि विदेशी प्रतिभालाई यस्तो खालको सूचीमा राखेर आवश्यक सहुलियत सुविधा दिने गर्दछ । विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले विदेशी विद्वानहरूलाई स्वेदशको उत्थानमा टेवा पुर्याउन विदेशी प्रतिभाहरू भित्र्याउँदै गएको छ । यस्ता प्रतिभाहरूलाई चीनको पीआर मानिने १० वर्षे भिसा सुविधा उपलब्ध गराउनुका साथै चाइनिज एकेडेमी अफ साइन्स वा युनिभर्सिटीका नामी विशेषज्ञ बराबरको महत्व र सुविधा दिने गर्दछ । यसैबीच शान्सी प्रान्तीय उपगभर्नर फाङ् क्वाङ ह्वाले डा. झाको रिसर्च सेन्टरको अवलोकन गरेका छन् । भ्रमणका क्रममा उनले रिसर्च सेन्टरलाई बेल्ट एण्ड रोड इनिसियटिभका माध्यमबाट उपयोग गर्न सकिने प्रस्ताव राखेका छन् । नेपालको अवस्थाप्रति जानकार उनले शान्सीमा महामारी नियन्त्रणमा जे जस्ता कदमहरू चालिएका थिए, त्यसै प्रकारले नेपालको महामारी रोकथाममा पाइला चाल्नुपर्ने सुझाव दिए । उनले भने— ‘नियन्त्रणको कदम नचाल्ने हो भने स्थिति झन्–झन् भयावह हुनसक्छ ।’
पूर्वगोर्खालाई बेलायतको प्रतिष्ठित पदक
परोपकारी कार्यमा क्रियाशील भूतपूर्व ब्रिटिस गोर्खाले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक पाउने भएका छन् । सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङलाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ पदक दिइने घोषणा गरिएको हो । बेलायती राजदरबार बकिङहम प्यालेसमा आयोजना हुने विशेष समारोहमा महारानीले गुरुङलाई पदक प्रदान गर्नेछिन् । परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने पदक शुक्रबार घोषणा गरिएको थियो । पुरस्कार पाउने खबरबाट आफू निकै उत्साहित भएको गुरुङले बताए । ‘साथीहरू र सोसल मिडियाबाट पो छनोट भएको खबर थाहा पाएँ,’ उनले भने– ‘यसले परोपकारी कार्यमा लाग्न अझ प्रेरित गरेको छ ।’ २० वर्ष ब्रिटिस आर्मीमा सेवा गरेर विगत १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका गुरुङ आफूलाई मानिसहरूले ‘किङ अफ दि च्यारिटी वर्कर’ भन्दा गर्व लागेको बताउँछन् । उनले बेलायत तथा नेपालमा कैयौं उदाहरणीय परोपकारी कार्य गरेका छन् । २६ रोपनी जग्गा किनेर सन् २०१३ मा पोखरामा सहारा एकेडेमी निर्माण गर्दा उनी आर्थिक संयोजक थिए । एकेडेमीमा अहिले २४ जना विपन्न बालबालिकालाई गाँस, बास, स्वास्थ्य, खेलजस्ता सुविधा प्रदान भइरहेको छ । महाभूकम्पका बेला सिन्धुपाल्चोकको हाइबुङ उच्च माध्यमिक विद्यालय र गोरखाको गणेश प्राविमा करिब ६० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गर्न पनि उनको प्रमुख भूमिका थियो । स्याङ्जाको ओरस्टे मड्किनामा करिब १२ रोपनी जग्गामा करिब ५ करोडको लगानीमा निर्माणाधीन स्वास्थ्य केन्द्रको उनी मुख्य संयोजक हुन् । उनले ओरस्टेस्थित आफ्नो घरमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर नेपाली ढाँचासहित पहिलो सांस्कृतिक संग्रहालय बनाएका छन् । संग्रहालयमा विद्यार्थीलाई नि:शुल्क प्रवेश छ । गाउँमा फुटसल निर्माणदेखि कोल्मा हाइस्कुलमा सन् २००९ मै वायरलेस इन्टरनेट जोड्ने श्रेय उनैलाई जान्छ । कोल्मा बहाकोट समाज यूकेका संस्थापक अध्यक्ष उनले बेलायतको स्थानीय काउन्सिलसंग निकट रहेर यहाँ पनि कैयौं परोपकारी कार्य गर्दै आएका छन् ।
ईपीएस नियम केही सहज हुने
दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियम केही सहज बनाउने भएको छ । कोरियाको श्रम मन्त्रलयले हालै नियम संशोधनका लागि संसद्मा पठाएको छ । नियम पारित भएपछि कोरियामा रहेका पाँच लाख भन्दा बढी ईपीएस भिसामा काम गरिरहेका विदेशी लाभान्वित हुने छन् । कोरियामा हालसम्म कम्पनीको कारण बाहेक कामदारले कम्पनी परिवर्तन गरेमा ४ वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि कोरिया आउन चाहे भाषा परीक्षा दिन पर्ने नियम छ । नयाँ नियम अनुसार कार्यस्थल परिवर्तन गरेको कामदारले पहिले गरेकै जस्तो काम गरेमा भाषा परिक्षा नदिइ नै कमिटेड कामदारको रुपमा कोरिया फर्कन पाउने छन् तर नयाँ कम्पनीमा १ वर्ष भन्दा बढी काम गरेको हुनु पर्नेछ । त्यसैगरी कमिटेड कामदारले ३ महिनापछि मात्रै कोरिया आउन पाउने हालको व्यवस्था परिवर्तन गरेर १ महिनामा पछि नै पहिलेको कम्पनीमा आउन पाउने छन् । कामदारले कम्पनीमा यौन दुव्र्यवहारमा परि कार्यस्थल परिवर्तन गरेको भए नयाँ कम्पनीमा १ वर्ष काम नगरे पनि सम्बन्धित निकायको सिफारिसमा पुन: कमिटेड कामदारको रुपमा आउन पाउने भएका छन् । यसअघिको ईपीएसको नियम राम्रो नभएको भन्दै कोरियाली मजदुर युनियन (केसीटीयू) र विदेशी कामदारहरुको लागि काम गर्ने प्रवासी मजदुर संगठन (एमटीयू)ले विरोध गर्दै आएका छन् । दुवै संस्थाले सरकारको कदम सकारात्मक भए पनि अझै धेरै सुधार हुन पर्ने प्रतिक्रिया दिएको छ ।
एनआरएनएद्वारा स्वास्थ्य सामग्री सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिव एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्याएको भन्दै मन्त्री रावतले भने– ‘यो पूण्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’ एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्बन्धी सामग्री सहयोग गरेको जानकारी गराए । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समस्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयााका ती स्वास्थ्य सम्बन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे । गैरआवासीय नेपाली संघले कोभिड–१९ को महामारी सुरु भएदेखि दुई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
तास्मानियाका नेपालीद्वारा आविष्कार केन्द्रलाई सहयोग
अस्ट्रेलियाको तास्मानिया राज्यस्थित डेभनपोर्टमा बस्ने नेपालीहरुले नेपालका युवा वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७६ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दशैंको अवसरमा डेभनपोर्टमा बसोबास गर्ने नेपालीहरुद्वारा आयोजित ‘मिट एण्ट ग्रिट’ कार्यक्रममा सहभागीहरुबाट सहयोगस्वरुप उठेको रकम महावीर पुनलाई हस्तान्तरण गरेको डेभनपोर्टका समाजसेवी देव सापकोटाले जानकारी दिएका छन् । यो रकमले नेपालका युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गरी नेपाल र नेपालीको आर्थिक विकासमा योगदान दिने हेतुले स्थापना गरिएको आविष्कार केन्द्रलाई थप सहयोग हुने विश्वास सापकोटाको छ । ‘सीप र क्षमता हुँदा–हुँदै हाम्रो पुस्ताले नेपालमा केही अवसर पाएन, अब आउने पुस्ताले केन्द्रको माध्यमबाट आफ्नो सीप आफ्नै देशमा सदुपयोग गरी देशको आर्थिक उन्नतिमा सहयोग हुने सोंचले हामीले केन्द्रलाई आर्थिक सहयोग गरेका हौं,’ उनले भने । तास्मानिया राज्यको उत्तरपश्चिम भूभागमा पर्ने डेभनपोर्ट अष्ट्रेलियाकै अति विकट क्षेत्र मानिन्छ । तर, पछिल्लो समयमा उक्त क्षेत्रमा भने नेपालीहरुको उपस्थिति बढ्दै गएको छ ।
काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको शुभसाइत नेपालको...
काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ...
काठमाडौं– प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन अर्थात आज असोज १...
काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४...
काठमाडौं- सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको...
काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको शुभसाइत नेपालको...
1xbet Apk: Téléchargez Ain Installez L’app 1xbet Gratuitement En Septembre 2024 Football: Paris...
Verde Casino Recenzja We Opinie Czerwiec 2024 Verde Casino Recenzja 2024 Bonus 5000...
Site Oficial De Apostas Esportivas E Cassino Simply No Brasil “Mr Jack Bet...
Casas de Apostas Cassino: Como Escolher a Melhor Opção Online Casas de Apostas...