सुपरहीरो बन्दै कट्रीना कैफ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस ५, २०७७

सुपरहीरो फिल्महरुको प्रचलन हलिउडमा त निकै पुरानो मानिन्छ । हलिउडमा हरेक मेगा बजेट फिल्ममा कुनै न कुनै सुपरहीरोलाई देखाउने गरिन्छ । तर, जब कुरा बलिउडको आउाछ, सुपरहीरोको दृष्टिकोणले केवल क्रिश नै एक त्यस्तो चरित्र मानिन्छ । यद्यपि, अब त्यो ट्रेण्डलाई परिवर्तन गर्ने तयारीमा जुटेका छन् फिल्म निर्देशक अली अब्बास जफरले, जसले थुप्रै सुपरहीरो फिल्म बनाउने घोषणा गरेका छन् । लामो समयदेखि अली भारतमा सुपरहीरोमा आधारित फिल्म बनाउन चाहन्थे । यतिबेला उनी आफ्नो पहिलो त्यस्तै फिल्मको तयारीमा जुटेका छन् । भनिन्छ, पहिलो फिल्ममा अलीले अभिनेत्री कट्रीना कैफलाई लिएका छन् । उक्त फिल्ममा कट्रीना एउटा सुपरहीरोको भूमिकामा देखिने छिन् । आश्चर्यको कुरा के छ भने उक्त फिल्ममा कुनै पनि पुरुष कलाकार हुने छैनन् । कट्रीनाको अपोजिटमा समेत कुनै पुरुष कलाकार हुने छैनन् । उक्त फिल्म केवल कट्रीनाको कााधमै टिकिरहने छ । यसबारेमा स्वयं अली अब्बास जफरले एउटा अन्तर्वार्ताको क्रममा खुलासा गरेका हुन् । उनका अनुसार उनले बनाउने फिल्ममा पुरुष अभिनेताको आवश्यकता पर्ने छैन । कट्रीना कैफ जस्ती उत्कृष्ट अभिनेत्रीका लागि कुनै पुरुष स्टारको आवश्यकता नै पर्ने छैन । उनले यही विश्वासका आधारमा यति ठूलो फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । भनिन्छ, अली अब्बास जफरले त सम्पूर्ण सुपरहीरो यूनिभर्स नै बनाउने तयारी गरेका छन् । उनी भन्छन्—‘अहिले कट्रीनासंग फिल्म बनाइरहेको छु । त्यसपछि मिस्टर इन्डियालाई लिएर फिल्म बनाइने छ । तेस्रो सुपरहीरो हाम्रा पुराणहरुबाट लिइनेछ भने चौथो भारतीय आर्मीमा आधारित हुनेछ ।’ निर्देशकको उक्त महत्वाकांक्षी योजनाले सम्पूर्ण प्रशंसकहरु निकै उत्साहित भएका छन् । यदि निर्देशकको योजना अनुसार फिल्महरु बने भने बलिउडमा एउटा नयाा ट्रेण्डको थालनी हुनेछ ।