विशाक्त लड्डुले मृत्य

-- NTA REP. / प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७३

मध्य पाकिस्तानको पन्जाब राज्यमा विषाक्त लड्डू खाँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अप्रिलको दोस्रो साता पन्जाब राज्यको मुल्तानका साजद हुसैनले आफ्नो छोरा भएको खुशीयालीमा बाँडेको लड्डू खाएका मध्ये २३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लड्डू बाँढ्ने व्यक्तिसहित उनको परिवारका ११ सदस्य पनि छन् । विषाक्त लड्डू खाएका ७७ जनालाई अस्पताल भर्ना गरि उपचार गरिएको छ । जसमध्ये ५ को अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले उक्त लड्डू बेच्ने मिठाई पसलका दुईजना धनी तथा एक कामदारलाई पक्राउ गरेको छ । प्रहरीले मिठाई पसलको छेउमै रहेको किटनासक पसलबाट भुलवश केही किटनाशक मिठाईमा परेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार लड्डूको कस्तो प्रकारको विष थियो भन्ने अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार हुसैनले छोरा भएको खुशीयालीमा साढे चार किलो लड्डू किनेका थिए । उक्त लड्डू खाने बित्तिकै ५ जनाको तत्कालै मृत्यु भएको थियो ।