रहेनन् पूर्व गोलरक्षक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १२, २०७७

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा जनवरी १० का दिन दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिनु भयो । शेर्पाका अनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको संक्रमण समेत भएको थियो । शाहीको दैलेखमै अन्तिम संस्कार गरिएको छ । लोकबहादुर शाही आधुनिक नेपाली फुटबलको स्तरीय गोलकिपर मानिन्छन् । सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोल पोष्ट सम्हालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् । २०५२ साल असोजमा भएको एन्फा निर्वाचनमा गणेश थापा अध्यक्ष हुादा लोकबहादुर शाही महासचिवमा निर्वाचित भएका थिए । उनी लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहे ।